प्रिय सुफी उपन्यासको शैलीवैज्ञानिक अध्ययन {Priya Sufi Upanyasko Shaileebaigyanik Adhyayan}

dc.contributor.authorनिरौला Niraula, सङ्गीता Sangita
dc.date.accessioned2022-05-04T09:35:30Z
dc.date.available2022-05-04T09:35:30Z
dc.date.issued2019
dc.description.abstractशोध शीर्षक :‘प्रिय सुफी’उपन्यासको शैलीवैज्ञानिक अध्ययन शोध निर्देशक :नवीनकुमार शर्मा शोधार्थी :सङ्गीता निरौला क्याम्पस विभाग :जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी, नेपाली शिक्षा विभाग शैक्षिक वर्ष : २०७२\०७४ पृष्ठ सङ्ख्या : ५६ + १३ अध्याय सङ्ख्या :पाँच समस्या कथन : चयन, विचलन, समानान्तरता,कथानक र चरित्रका आधारमा ‘प्रिय सुफी’ उपन्यासको शैलीवैज्ञानिकअध्ययन गर्नु समस्याको कथन रहेको छ । उद्देश्य :‘प्रिय सुफी’उपन्यासमा प्रस्तुत चयन, विचलन, समानान्तरता, कथानक र उपन्यासभित्र रहेका पात्रहरूको चरित्रको बारेमा शैलीवैज्ञानिक अध्ययन, विश्लेषण गर्नु रहेको छ । शोधविधि : पुस्तकालयीय अध्ययन विधि गुणात्मक विधिको प्रयोग गरिएको छ । निष्कर्ष :उपन्यासकार सुबिन भट्टराईद्वारा लेखिएको‘प्रिय सुफी’एक उत्कृष्ट उपन्यास हो ।यस उपन्यासमा प्रेममा आउन सक्ने बाधा तथा चुनौतीहरूको सामना आफैँले गर्नुपर्ने र अशक्त भएको बेला साथीहरूको सहयोग नपाए पनि जीवनमा हार खानु हुन्न भन्ने कुरालाई प्रस्तुत गरिएको छ । यस उपन्यासका पात्रहरुलाई शैलीवैज्ञानिक आधारमा व्याख्या विश्लेषण गरिएको छ । उपन्यासको कथानकको विकाक्रमलाई फ्रेटागको पिरामिड (चिनारी, सङ्घर्षविकास, चरम, सङ्घर्षह्रास र उपसंहार) का आधारमा विश्लेषण गरिएको छ । चरित्र चित्रणको शैलीवैज्ञानिक आधारहरू लिङ्ग, कार्य, प्रवृति, स्वभाव, जीवनचेतन, आबद्धता र आसन्नता रहेका छन् । उपन्यासमा प्रयुक्त भाषिक पक्षको विश्लेषण चयन, विचलन र समानान्तरताका आधारमा गरिएको छ । यसरी ‘प्रिय सुफी’ उपन्यासमा प्रेममा आउन सक्ने बाधा तथा चुनौतीहरूको सामना आफैँले गर्नुपर्ने र अशक्त भएका बेला साथीहरूको सहयोग नपाए पनि जीवनमा हार खानु हुन्न भन्ने कुरालाई प्रस्तुत गरिएको छ । जीवनमा केही गर्न नसके पनि मानिसले कोसिस गर्न कहिल्यै छाड्नु हुँदैन भन्ने सन्देश पनि दिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10073
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा सङ्कायen_US
dc.subjectप्रिय सुफी उपन्यास Priya Sufi Upanyasen_US
dc.subjectउपन्यास विश्लेषण Upanyas bishleshanen_US
dc.titleप्रिय सुफी उपन्यासको शैलीवैज्ञानिक अध्ययन {Priya Sufi Upanyasko Shaileebaigyanik Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहमुखी क्याम्पस, इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover .docx
Size:
98.52 KB
Format:
Microsoft Word XML
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
265.47 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: