आधारभूत विद्यालयमा शैक्षिक व्यवस्थापन { Aadharbhut Vidyalayma Saikshik Vyabsthapan}

dc.contributor.authorखरेल Kharel, वेदकुमार Vedkumar
dc.date.accessioned2022-04-29T10:39:35Z
dc.date.available2022-04-29T10:39:35Z
dc.date.issued2019
dc.description.abstractप्रस्तुत शोधपत्र शीर्षक आधारभूत विद्यालयमा शैक्षिक आधारभूत विद्यालयमा शैक्षिक आधारभूत विद्यालयमा शैक्षिक आधारभूत विद्यालयमा शैक्षिक व्यवस्थाप रहेको छ । यो शोधपत्रको प्रमुख उद्देश्य आधारभूत विद्यालयको शैक्षिक व्यवस्थापनको वर्तमान अवस्थाको अध्ययन गर्नुका साथै शैक्षिक व्यवस्थापनमा देखापरेका चुनौतीहरू खोजी गर्नु रहेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक व्यवस्थापनमा जोड दिनु आवश्यक भएकाले यसमा बढी केन्द्रित भई प्रस्तुत शोधपत्र सम्पन्न गरिएको छ । यस अध्ययनलाई पूरा गर्नका लागि व्यवस्थापनका विभिन्न सिद्धान्तहरूमध्ये व्यवहारवादी सिद्धान्त र मानव सम्बन्धी सिद्धान्तलाई सैद्धान्तिक खाकाको रूपमा लिइएको छ । व्यवहारवादी सिद्धान्त अनुसार विवेकपूर्ण निर्णयलाई केन्द्रमा राखी सङ्गठनको साझा लक्ष्य र सङ्गठनमा आबद्ध व्यक्तिका लक्ष्यबीच सन्तुलन कायम गरी अघि बढेमा विद्यालयको लक्ष्य प्राप्तिमा सघाउ पुग्छ । मानव सम्बन्धी सिद्धान्त अनु सार विद्यालयमा कार्यरत सम्पूर्ण व्यक्तिहरूबीच सुमधुर सम्बन्ध कायम राखी शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ । विद्यालय व्यवस्थापन कमजोर बन्दै गइरह े को वर्तमान अवस्थामा व्यवस्थापनका यी सिद्धान्तहरूले सहयोग पु¥याउन सक्ने हुँदा यिनीहरूलाई अध्ययनको सैद्धान्तिक खाकाको रूपमा राखिएको छ । यस अध्ययनमा उद्देश्यमूलक नमुना छनोट विधिको प्रयोग गरिएको छ । झापा जिल्लाका १७ वटा स्रोतकेन्द्रहरूमध्ये अनारमनि, हल्दीबारी र राजगढ स्रोतकेन्द्रबाट १÷१ वटा विद्यालय पर्ने गरी जम्मा ३ वटा सामुदायिक माध्यमिक विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रत्येक विद्यालयहरूबाट ३÷३ जना पर्ने गरी ९ जना शिक्षकहरू, प्रधानाध्यापकहरू तथा समूह छलफल र विद्यालय अवलोकन रुजुसु चीबाट आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि निर्माण गरिएका साधनहरूलाई शोधनिर्देशकको सहायताबाट बैधता प्रदान गर्ने कार्य गरिएको छ । अध्ययनको क्रममा सङ्कलित तथ्यहरूको विश्लेषण गर्दा सामुदायिक विद्यालयहरूको व्यवस्थापनको केन्द्र को रूपमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति रहेको पाइयो । यद्यपि शैक्षिक योजना निर्माण र कार्यान्वयन, विद्यार्थी परामर्श सेवा, परीक्षा व्यवस्थापन, विद्यार्थी मूल्याङ्कन तथा पृष्ठपोषण दिने जस्ता कार्यमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको भूमिका प्रभावकारी नभएको देखिन्छ । त्यस्तै विद्यालय तथा कक्षा अवलोकन, नमूना पाठ प्रदर्शन, पृष्ठपोषण प्रदान जस्ता कार्यमा स्रोतव्यक्तिहरूको नियमितता नभएको देखिन्छ भने विद्यालय निरीक्षणका यस्ता क्रियाकलापमा विद्यालय निरीक्षकको सं लग्नता नै नभएको देखिन्छ । विद्यालय र समुदायबीच प्रगाढ सम्बन्ध हुन नसक्नु , विद्यालयमा पर्याप्त दरबन्दी उपलब्ध नहुनु, राजनैतिक किचलो, विद्यार्थी अनियमितता, विभिन्न प्रकृतिका शिक्षक रहने वर्तमान राष्ट्रिय शैक्षिक नीतिको कारण शिक्षकहरूका े मनोवल उच्च हुन नसक्नु, बालमैत्री शिक्षण हुन नसक्नु, निरीक्षण, अनुगमन तथा मूल्याङ्कनको अनियमितता जस्ता समस्याहरू विद्यालयमा रहेको निष्कर्ष निकालिएको छ । विद्यालयको शैक्षिक व्यवस्थापन सुधारका लागि विद्यालयमा रहेका सम्पूर्ण शिक्षक, कर्मचारी तथा समुदायबीच सुमधुर सम्बन्ध कायम राख्नुपर्ने, योजना निर्माण र निर्णय प्रक्रियालाई सहभागितामूलक बनाइनुपर्ने, कार्य क्षमता अभिवृद्धिको लागि विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकले आवश्यक पहल गर्नुपर्ने, सरकारले शैक्षिक लगानीमा वृद्धि गर्नु को साथै स्पष्ट नीति निर्माण गरी शिक्षकको पेशागत स्थायित्वको व्यस्वस्था गर्नुपर्ने, सुपरीवेक्षण तथा अनुगमनको कार्यलाई प्रभावकारी बनाइ दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने र विद्यालय सुधारका लागि सरोकारवाला सबैले हातेमालो गर्दै आ–आफ्नो क्षेत्रबाट दत्तचित्त भएर लागिपर्नुपर्ने जस्ता सुझावहरू प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10037
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectआधारभूत विद्यालय Aadhar Vidyalayen_US
dc.subjectशैक्षिक व्यवस्थापन Saikhik Vyabsthapanen_US
dc.titleआधारभूत विद्यालयमा शैक्षिक व्यवस्थापन { Aadharbhut Vidyalayma Saikshik Vyabsthapan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पसक झापाen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
209.24 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
257.11 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: