माध्यमिक तहमा विद्यार्थी कक्षा उपस्थिति र शैक्षिक उपलब्धि अवस्था {Madhyamik Tahama Bidhyarthi Kashya Upasthiti Ra Saishika Upalabdhi Awastha}
| dc.contributor.author | बस्नेत Basnet, उमेश Umesh | |
| dc.date.accessioned | 2022-11-28T06:41:53Z | |
| dc.date.available | 2022-11-28T06:41:53Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | शिक्षामा सबैको लागि समान भनिएतापनि विविध कारणले सम्पूर्ण बालबालिकाहरु नियमित विद्यालय कक्षा उपस्थिति हुन नसकिरहेको अवस्था पाइन्छ । तसर्थ यो अध्ययन “माध्यमिक तहमा विद्यार्थी कक्षा उपस्थिति अवस्था र शैक्षिक उपलब्धि” शीर्षकमा गरिएको हो । यो अध्ययन सरकारी माध्यमिक विद्यालयका माध्यमिक तहमा विद्यार्थीहरुको कक्षा उपस्थिति र शैक्षिक उपलब्धिको अवस्था पहिचान गर्न, कक्षा उपस्थिति र शैक्षिक उपलब्धि बिचको सहसम्बन्ध पहिचान गर्नु र शैक्षिक उपलब्धि उकास्ने उपायहरुको खोजी गर्ने उद्देश्यले गरिएको थियो । माथिका सम्बन्धित उद्देश्य पूरा गर्नका लागि झापा जिल्लाका जुरोपानी गा.वि.स.मा रहेको श्री प्रगतिउच्च माध्यमिक विद्यालयलाई लिइएको थियो भने अन्तर्वार्ताका लागि विद्यालयका प्र.अ., विषय शिक्षकहरु, कक्षा ९ र १० का सबैभन्दा बढी उपस्थित हुने ५–५ जना र सबैभन्दा कम उपस्थित हुने ५–५ जना गरी जम्मा २० जना विद्यार्थीहरु र उनीहरुका अभिभावकहरु लिइएको थियो । विद्यार्थी घटना अध्ययनका लागि प्रत्येक कक्षाबाट १–१जना जान्ने र १–१जना कमजोर विद्यार्थी गरी जम्मा ४ जनाको घटना अध्ययन गरिएको थियो । त्यस्तैगरी कक्षा ९ र १० का सम्पूर्ण विद्यार्थीहरुको हाजिरी रेकर्ड र लब्धाङ्कपत्र अध्ययन गरिएको थियो । विद्यार्थीको कक्षा उपस्थिति अध्ययन गर्नका लागि ९० प्रतिशत भन्दा बढी उपस्थिति, ७० देखि ९०प्रतिशत सम्मको उपस्थिति र ७० प्रतिशत भन्दा कमको उपस्थिति हने विद्यार्थीहरु छुट्टयाइ अध्ययन गरिएको थियो र शैक्षिक उपलब्धि थाहा पाउन लब्धाङ्कपत्रको आधारमा अध्ययन गरिएको थियो । यस अध्ययनमा कक्षा ९ मा जम्मा विद्यालय खुलेको मध्य विद्यार्थीको औसत उपस्थिति १७२ दिन थियो । जसमा छात्र र छात्राको औसत उपस्थिति समान किसिमको पाइयो । त्यस्तै गरी कक्षा १० मा जम्मा विद्यालय खुलेको मध्य विद्यार्थीको औसत उपस्थिति १३७ दिन थियो जसमा छात्र र छात्राहरुको औसत उपस्थिति समान किसिमको नै पाइयो । अध्ययनमा कक्षा उपस्थिति र शैक्षिक उपलब्धिको सह सम्बन्ध पहिचान गर्दा ९० प्रतिशत भन्दा बढी दिन उपस्थित हुन विद्याथीहरुको शैक्षिक उपलब्धि राम्रो रहेको थियो । ७० देखि ९० प्रतिशत सम्मको उपस्थितिमा थोरै विद्यार्थीका शैक्षिक उपलब्धि राम्रो र अन्य मध्यमा रहेको साथै विषय लगाएर पास हुने बढी देखियो । ७० प्रतिशत भन्दाकम उपस्थितिमा न्यून विद्यार्थीहरु थिए जसमा विषय लगाएर पास हुने र फेल हुने मात्र पाइयो । जसमा विद्यार्थीहरु अनियमित हुनु नै प्रमुख कारण बुझिएको थियो । विद्यार्थीहरुको घटना अध्ययन गर्दा जान्ने विद्यार्थी नियमित विद्यालय आउने साथै उनीहरुका पारिवारिक आर्थिक वातावरण पनि राम्रो भएको कारण शैक्षिक उपलब्धिपनि सोही अनुरुप भएको र कम अंकल्याउने विद्यार्थीहरुको पारिवारिक आर्थिक वातावरण कमजोर भएको विद्यार्थी प्रतिक्रिया र विद्यालय स्रोतबाटप्रष्ट भएको थिया । यस्ता विद्यार्थीहरुको पढाइमा कम रुचि भएको कारण शैक्षिक उपलब्धि कमजोर भएको मान्न सकिन्छ । शैक्षिक उपलब्धि उकास्ने उपायहरुमा विद्यार्थी नियमित कक्षा उपस्थिति हुनुपर्ने शिक्षण विधि उचित अपनाउनु पर्ने, अभिभावकहरुलाई शैक्षिक चेतना अभिवृद्धि गराउने कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारले निशुल्क माध्यमिक शिक्षाको व्यवस्थालाई कडाईका साथ लागू गर्नुपर्ने, विद्यार्थीले मिहेनतका साथ पढनुपर्ने जस्ता प्रतिक्रिया प्र.अ., शिक्षक, विद्यार्थी र अभिभावकहरुबाट आएको पाइयो । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/13329 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | पाठयक्रम तथा मूल्याङ्कन विभाग | en_US |
| dc.subject | शैक्षिक उपलब्धि Saishik upalabdhi | en_US |
| dc.subject | शिक्षण सिकाइ क्रियाकलाप Sishyan sikai kriyakalap | en_US |
| dc.title | माध्यमिक तहमा विद्यार्थी कक्षा उपस्थिति र शैक्षिक उपलब्धि अवस्था {Madhyamik Tahama Bidhyarthi Kashya Upasthiti Ra Saishika Upalabdhi Awastha} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
