माधव घिमिरेका गीतिनाटकमा ध्वनिविधान
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
माधव घिमिरेका गीतिनाटकमा ध्वनिविधान शीर्षकको प्रस्तुत शोधकार्य
ने.सं.वि. अनुसन्धान केन्द्रअन्तर्गत रही विद्यावारिधि उपाधिको प्रयोजनका लागि पूरा
गरिएको हो । नेपालका राष्ट्रकवि माधव घिमिरे मूलतः कवि हुन । यस शोधमा
उनलाई गीतिनाटककारका रूपमा लिइएको छ । उनको नेपाली गीतिनाटकका क्षेत्रमा
पनि उच्च योगदान रहेको छ । यस अध्ययनमा माधव घिमिरेका प्रकाशित गीतिनाटक
शकुन्तला (२०३८), मालती मङ ् गले (२०३९), विषकन्या (२०५०), अश्वत्थामा
(२०५३), हिमालपारि हिमालवारि (२०५४), देउकी (२०५५) र बालकुमारी (२०६१)
लाई विवेच्य कृतिका रूपमा लिई ध्वनि सिद्धान्तका आधारमा तिनको विश्लेषण
गरिएको छ ।
संस्कृत काव्य मान्यताका स्रष्टा माधव घिमिरेका सातवटा गीतिनाटक प्रकाशित
भएका छन । प्रस्तुत शोधमा घिमिरेका गीतिनाटकमा ध्वनिविधानको स्थिति केकस्तो छ ?
भन्ने प्राज्ञिक समस्या रहको छ । शोध समस्यासँग सम्बन्धित प्रश्नका रूपमा घिमिरेका
गीतिनाटकहरूमा केकस्ता रसध्वनि पाइन्छन ? घिमिरेका गीतिनाटकमा कुनकुन
अलङकारध्वनि प्रयोग भएका छन ? र घिमिरेका गीतिनाटकमा वस्तुध्वनिको प्रयोग
कसरी गरिएको छ ? भन्ने रहेका छन । यस शोधकार्यको प्रमुख उद्देश्य माधव घिमिरेका
गीतिनाटकमा पाइने ध्वनिको विश्लेषण गर्नु रहेका छ । यसै उद्देश्य प्राप्तिका लागि
शोधप्रश्नसँग सम्बन्धित उद्देश्यहरूमा ः (क) माधव घिमिरेका गीतिनाटकहरूमा पाइने
रसध्वनिको निरूपण गर्नु, (ख) घिमिरेका गीतिनाटकहरूमा प्रयुक्त अलङकारध्वनिको
पहिचान गर्नु र (ग) माधव घिमिरेका गीतिनाटकमा पाइने वस्तुध्वनिको विश्लेषण गर्नु
रहेका छन । यसअघि माधव घिमिरे र उनका गीतिनाटक र अन्य रचनाका विषयमा केही
अध्ययन अनुसन्धान भएको देखिन्छ । माधव घिमिरे र उनका रचनाका बारेमा भएका
पूर्वकार्यहरूबाट आआफनै अध्ययनक्षेत्र रहेको स्पष्ट देखिन्छ । अध्येताहरूले उनका
कविता र खण्डकाव्यका विषयमा सर्वाधिक चर्चा गरेका छन । घिमिरेका गीतिनाटकमा
ध्वनिसम्बन्धी अध्ययन भने हालसम्म भएको नपाइनु यस शोधको अन्तराल रहेको छ ।
यही रिक्ततालाई पूर्णता दिन प्रस्तुत अनुसन्धान गरिएको होे । ध्वनिकै अभिव्यञ्जन
प्रक्रियाको विस्तृत अध्ययन हुन नसक्नु यी पूर्वकार्यहरूको सीमा भए पनि प्रस्तुत
शोधकार्यमा समस्याको पहिचान, सामग्रीहरूको सङकलन, सैद्धान्तिक ढाँचाको निर्धारण
तथा घिमिरेका गीतिनाटकहरूको विश्लेषण र मूल्याङकन गर्नाका लागि पूर्वकार्यहरू
उपयोग गरिएको छ । प्रस्तुत शोध गुणात्मक प्रकृतिको रहेको छ । शोधको समस्यासँग सम्बन्धित
सामग्रीहरू प्राथमिक र द्वितीयक स्रोतमा आधारित छन । यस अध्ययनमा माधव
घिमिरेका प्रकाशित गीतिनाटकहरू प्राथमिक स्रोतका रूपमा उपयोग भएका छन । यसैगी
ध्वनिका सैद्धान्तिक पुस्तक, विभिन्न विद्वानका अनुसन्धानमूलक लेख, पुस्तक, शोधपत्र,
शोधप्रबन्धहरूलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ । यी सामग्रीहरू विभिन्न
पुस्तकालयमा पुगी पुस्तकालय कार्यबाट सङकलन गरिएको छ । सङकलित
सामग्रीहरूलाई आवश्यकताअनुसार उद्धरण गरी, सारसंक्षेप गरी वा भावका रूपमा
उपयोग गरिएको छ । माधव घिमिरेका प्रकाशित सातवटा गीतिनाटकमा विधान गरिएको
रसध्वनि, अलङकारध्वनि र वस्तुध्वनिको विश्लेषणमा मात्रै केन्द्रित रहनु यस शोधका
सीमा रहेका छन । यस अध्ययनमा पूर्वमा साहित्य विश्लेषणका लागि महत्त्वपूर्ण आधार मानिने
ध्वनिसिद्धान्तलाई सैद्धान्तिक आधार मानी ध्वनिका प्रमुख भेद मानिने रसध्वनि,
अलङ्कारध्वनि र वस्तुध्वनिका आधारमा माधव घिमिरेका गीतिनाटकहरूको विश्लेषण र
मूल्याङकन गरिएको छ । घिमिरेका गीतिनाटकमा के कस्ता रसध्वनि पाइन्छन भन्ने
समस्यामा केन्द्रित भई अध्ययन गर्दा यिनका शकुन्तला र मालती मङ्गल गीतिनाटकमा
शृङगार अङ्गी रस ध्वनित सुन्दर किसिमले भएको छ । यिनका विषकन्या, देउकी र
बालकुमारी गीतिनाटकमा करुण अङ्गी रसको अभिव्यञ्जना भएको छ । यस्तै घिमिरेका
हिमालपारि हिमालवारि र अश्वत्थामा गीतिनाटकमा शान्त रस अङ्गी रूपमा ध्वनित भई
यी रचनालाई आस्वाद्य र विशिष्ट ध्वनिकाव्य बनाएका छन । कवि घिमिरेका
गीतिनाटकहरूमा सबैकिसिमका रस अङ्ग रसका रूपमा व्यञ्जित भएका छन । यिनका
गीतिनाटकमा अनुकुल किसिमका विभाव, अनुभाव र सञ्चारीभावको संयोजन गरी
रसाभिव्यञ्जना गरिएकाले रस ध्वनिविधानका दृष्टिले उत्कष्ट र सबल गीतिनाटक बनेका
छन । विभिन्न रसका साथमा स्वभाविक किसिमले अनेक अर्थ ध्वनित गर्ने काव्यकौशल
घिमिरेमा रहेको छ । माधव घिमिरेका गीतिनाटकहरूमा रसध्वनिको व्यापकता रहेकाले
काव्यिक गुणस्तरका हिसाबले समेत यी रचना उत्तम कोटिका बन्न पुगेका छन ।
रसध्वनि प्रयोगका अधारमा घिमिरे सिद्धहस्त गीतिनाटककार रहेका छन ।
माधव घिमिरेका गीतिनाटकहरूमा अलङकार ध्वनिको विभिन्न किसिमका
अलङकार ध्वनिको स्वाभाविक संयोजन पाइन्छ । यिनका गीतिनाटकमा भाव प्रकाशनका
सन्दर्भमा उपमा, रूपक, दृष्टान्त, समासोक्ति, उत्प्रेक्षा, अतिशयोक्ति आदि अलङ्कारबाट
विभिन्न गीतहरूमा स्तःसम्भवी, कविप्रौढोक्ति र कविनिबद्ध वक्तृपौढोक्तिसिद्ध ध्वनिको
समेत व्यञ्जना पाइन्छ । यस किसिमका ध्वनिबाट काव्यिक चमत्कार उत्पन्न भएको छ ।
उनका गीतिनाटकमा पूर्वीय संस्कृतिको आदर्श, प्रेमप्रणय, नेपाली समाज र
संस्कृति, नेपाली लोक जीवनशैली, राजनीतिमा हुने दाउपेच, नेपालको अनुपम प्राकृतिक
सौन्दर्य, युद्धको दुष्परिणाम, मानवतावादजस्ता वस्तु अनेक सन्दर्भमा ध्वनित भएका छन ।
यिनका गीतिनाटकहरूमा ध्वनि अभिव्यञ्जनका व्यापकता रहेकाले काव्यिक गुणस्तरका
हिसाबले सबल, आस्वाद्य उच्च मूल्यका ध्वनिकाव्य बन्न पुगेका छन । यसबाट घिमिरे
ध्वनियुक्त गीतिनाटक रचनामा सिद्धहस्त प्रतिभा हुन भन्ने पुष्टि भएको छ ।
