थारु जातिको शैक्षिक अवस्था बर्दिया जिल्ला,शिवपुर गाविसको अध्ययन {Educational status of Tharu caste Study of Shivpur VDC, Bardia District}

dc.contributor.authorभण्डारी Bhandari, बसन्तराज Basant Raj
dc.date.accessioned2022-01-25T04:34:05Z
dc.date.available2022-01-25T04:34:05Z
dc.date.issued2007
dc.description.abstractत्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्काय,समाजशास्त्र÷मानवशास्त्र विषयको स्नातकात्तर तह , दोस्रो बर्षको शोध–पत्र को पाठ्य (S.A 508) क्रमको आवश्यकता पूरा गर्नका लागि यो शोधपत्र ूथारु जातिको शैक्षिक अवस्थाू बर्दिया जिल्ला शिवपुर गाविसको अध्ययन, वीरेन्द्रनगर बहुमुखी क्याम्पस, सुर्खेतमा प्रस्तुत गरिएको छ । थारु समुदाय तराईका आदिवासी , सुरुमा धर्ती खन्ने ूधर्तीपुत्रू भएर पनि मूलधारमा समायोजन हुन नसकिरहेको यथार्थलाई वास्तविक र सूक्ष्मरूपमा खोतल्ने र विश्लेषण गर्ने हेतुले शोधपत्रको शीर्षक ूथारु जातिको शैक्षिक अवस्थाू छनौट गरिएको छ । यस अध्ययनको उद्देश्यहरुमा ः थारु जातिको शैक्षिक अवस्थाको पहिचान र विश्लेषण गर्नु, थारु जातिको सामाजिक अवस्था र शिक्षाको सम्बन्ध उल्लेख गर्नु, थारु जातिको शैक्षिक समस्याहरु पत्ता लगाउनु र थारु जातिको शैक्षिक समस्या समाधानका उपायहरू खोजी गर्नु राखिएको छ । अध्ययन क्षेत्रमा थारु जातिको बाहुल्याता रहेको पश्चिमी तराईको बर्दिया जिल्लाको मध्य खण्डमा पर्ने शिवपुर गाविसलाई लिइएको छ । अध्ययनलाई ब्यवस्थित र सरल बनाउन शोधपत्रलाई ६ खण्डमा संरचित गरिएको छ ः भाग १ परिचय , भाग २ सान्दर्भिक साहित्यको समीक्षा, भाग ३ शोध विधि, भाग ४ अध्ययन क्षेत्रको परिचय , भाग ५ तथ्यांङ्क विश्लेषण र प्रस्तुतीकरण र भाग ६ मा प्राप्ति , निष्कर्ष र सुझावहरु राखिएको छ । शोधपत्रका उद्देश्यहरु पूरा गर्नका लागि उद्देश्यसंग सम्बन्धित तथ्यांङ्कहरु सङ्कलन गरी सान्दर्भिक साहित्य ,अनुसन्धान र लेखहरुसंग तुलनात्मक विश्लेषण गरी तथ्याङ्कशास्त्रका विधिहरुको प्रयोगद्धारा श्रृंखलाबद्धरूपमा अथ्र्याइएको छ । थारु समुदायको विद्यामान शैक्षिक अवस्थालाई हेर्दा–शिक्षाप्रति सकारात्मक धारणा र चेतनाको विकास हुन नसकेको, पढाइलाई भन्दा कामलाई प्राथमिकता दिएको, घरमा शैक्षिक वातावरण नभएको,बालबालिकाहरूमाथि अभिभावकले निगरानी नराखेको , खानपिन र मोजमस्तिमा रमाइरहेको जस्ता पक्षहरु पाइयो । थारु समुदायका शैक्षिक समस्याहरुमा–गरिबीका कारण अरूको काम गर्नु पर्ने बाध्यता ,परम्परादेखि नै सोझा,शोषणमा परेका र सुबिधाविहीन बर्गका रूपमा जीवन गुजारीरहेका ,खानपिन र मोजमस्तिमा रमाई आफ्नो पहिचान नखोजिरहेका, गैर–थारु शिक्षकका कारण भाषिक समस्या परेको ,शिक्षिका नहँुदा छात्रा भर्नामा कमी भएको, राज्यसरकारले वास्तविक रुपमा उकास्ने दृढता नदेखाई अलमल्याउने नीति अनुरूप केही अवसरहरु दिए जस्तो गरेको , सरकारी तथा गैर–सरकारी संस्थाहरु बीच समन्वयको अभाव र सुगममा मात्र कार्यक्रम सञ्चालन गरी दुर्गममा नगरेको ,द्धन्द्धका कारण लक्षित कार्यक्रमहरुले सफलता नपाएको जस्ता कारणहरु पाइयो । थारु समुदायका शैक्षिक समस्या समाधानका उपायहरुमा–थारु समुदायले आफ्नो पहिचान खोज्न स्वयम् आफै सक्रिय हुनुपर्ने ,राज्य सरकारले विभेदपूर्ण तथा असमान ऐन ,नियम र कानुनहरूमा सुधार गर्नु पर्ने, सुबिधाविहिन बर्गलाई उकास्न विशेष (Equitable) लक्षित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने ,थारु समुदायलाई सबै पक्षहरुमा अवसर दिनुपर्ने, आफ्नै भाषामा शिक्षा दिन थारु शिक्षकहरुको ब्यवस्था गर्नुपर्ने, छात्रा भर्ना बढाउन शिक्षिकाहरुको ब्यवस्था गर्नुपर्ने जस्ता पक्षहरु औंल्याइएको छ । निष्कर्षमा आफू नमरी स्वर्ग देखिंदैनू भने झं थारु समुदायको विकासमा स्वयम् थारुहरु नै सक्रिय हुनु आवश्यक छ ।अधिकार मागेर होइन खोसेर लिनु पर्दछ । यथास्थिति र भाग्यवादमा नअल्झिइ समयको माग र आवश्यकतानुसार अगाडि बढ्नु अत्यावश्यक छ । प्राकृतिक स्रोत र साधन सबैका साझा हुन् , सबैले समान उपभोग गर्न पाउनु मानव अधिकार हो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7651
dc.language.isootheren_US
dc.publisherमानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत समाजशास्त्रen_US
dc.subjectथारु जाति Tharu casteen_US
dc.subjectशैक्षिक अवस्था Educational statusen_US
dc.titleथारु जातिको शैक्षिक अवस्था बर्दिया जिल्ला,शिवपुर गाविसको अध्ययन {Educational status of Tharu caste Study of Shivpur VDC, Bardia District}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleवीरेन्द्रनगर बहुमुखी क्याम्पस वीरेन्द्रनगर, सुर्खेतen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(8).pdf
Size:
121.44 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
398.64 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections