प्राथमिक तहमा उदारकक्षोन्नतिले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Effects of Liberalization on Learning Achievement at the Primary Level}
| dc.contributor.author | मिश्र Mishra, रेजिना Regina | |
| dc.date.accessioned | 2023-01-01T09:33:13Z | |
| dc.date.available | 2023-01-01T09:33:13Z | |
| dc.date.issued | 2012 | |
| dc.description.abstract | शिक्षण सिकाईमा शैक्षिक सामग्रीको प्रभावकारीता शोध शीर्षकको मुख्य उद्देश्य शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा पारेको प्रभावको अवस्था पत्ता लगाउन रहेको छ । यो अनुसन्धान गुणात्मक र परिमाणात्मक दुवै ढाँचामा आधारित छ । यस अध्ययनमा उदयपुर जिल्ला बाहुनिटार स्रोतकेन्द्र अन्तर्गत पर्ने १२ वटा सामुदायिक विद्यालयहरू जनसङख्याका रूपमा रहेका छन । त्यसमध्ये ३ वटा सामुदायिक विद्यालयहरूलाई नमूनाको रूपमा लिइएको छ । उक्त ३ वटा विद्यालयका ३ जना प्र.अ., ३ जना विद्यार्थी र ३ जना शिक्षक गरी जम्मा ९ जना नमूनाको रूपमा छनोट गरिएको छ ।नमूना छनोट गर्दा उद्देश्यमूलक नमना छनोट विधि पयोग गरिएको छ । नमूना छनोट गर्दा लिङ्ग, क्षेत्र, भौगोलिक अवस्था, जातजातिका आधारमा छनोट गरिएको छ भने अनुसन्धानका साधनमा अन्तरवार्ता सूची, प्रश्नावली र प्रत्यक्ष अवालेकन विधिको प्रयोग गरिएको छ । नमुनामा परेका विद्यालयमा गरिएको अध्ययनमा बढी विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग गरेको पाइन्छ भने कम मात्रमा विद्यालयले सिकाइमा शैक्षिक सामग्री प्रयोग नगरेका पाइयो । त्यसै गरी दनिक शिक्षक क्रियाकलापमा विषयवस्तु र पाठको आवश्यकता अनुसारधेरै जसो विद्यालयले शैक्षिक सामग्रीको प्रयोग तथा प्रदर्शन गर्ने गरेको पाइयो । शैक्षिक सामग्री प्रयोग भएका विद्यालयमा शिकाइ प्रभावकारी भएको पाइयो । शिक्षण सिकाइ क्रियाकलापमा शैक्षिक सामग्रीको प्रयोग गर्न समयमा पाठयपुस्तक उपलब्ध नहनु, शिक्षक निर्देशिका नहुन, शिक्षक दरबन्दि कम हुनु, प्रर्याप्त शैक्षिकको व्यवस्था नहुनु भौतिक अवस्था कमजोर, शिक्षक र विद्यार्थी विद्यालयमा कम उपस्थिति हुनु, सम्बन्धित निकायबाट अनुगमन नहुनु, मुख्य समस्या रहेका छन । शैक्षिक सामग्रीको प्रयोगलाई प्रभावकारी बनाउन सबैक ासल्लाह अनुसार शैक्षिक सामग्री खरीद निर्माण गर्नु पर्ने शिक्षक र विद्यार्थी नियमित र अनुशासित रुपमा विद्यालयमा उपस्थिति हुनु पर्ने, शिक्षकलाई शैक्षिक सामग्रीको प्रयोगको प्रभावकारीताको सम्बन्धमा तालिम दिनु पर्ने विद्यालयको आर्थिक र भौतिक पक्षको मजबुत बनाउनु पर्ने, सम्बन्धित निकायबाट कडाईको साथ अनुगमन गर्नु पर्ने रहेका छन । यस शोधपत्रका मूख्य सिफारिस(सुझाव) हरूमा विद्यालयमा सम्बन्धित निकायबाट शैक्षिक सामग्रीको निर्माण र कार्यान्वयन सम्बन्धमा कडाइकासाथ निरीक्षण र अनुगमन हुनुपर्ने, प्र.अ. र शिक्षकलाई तालिमको व्यवस्था हुनु पर्ने, समयमा नै पाठयपुस्तक उपलब्ध हुनुपर्ने, विद्यालयमा प्रशस्त शिक्षक दरबन्दी हुनु पन, प्र.अ. र शिक्षकहरूलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्ने, विद्यालयमा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गर्नु पर्ने रहेका छन । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/14270 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन विभाग | en_US |
| dc.subject | सिकाइ उपलब्धि Learning achievement | en_US |
| dc.subject | शैक्षिक सामग्री Educational materials | en_US |
| dc.title | प्राथमिक तहमा उदारकक्षोन्नतिले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Effects of Liberalization on Learning Achievement at the Primary Level} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, झापा | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
