चेपाङ समुदायको छोनाम पर्वमा सांस्कृतिक प्रतीकवाद

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

छोनाम चेपाङ समुदायको मुख्य पर्व हा । यसलाई न्वागी पर्व पनि भन्ने चलन छ भने स्थानीय स्तरमा न्वागी फलाक्ने भनेर सम्बोधन गर्दछन । यो परम्परागत रूपमा मनाउदै आएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्तव बोकेको विशेष पर्व हा । चेपाङ समुदायले पुज्दै आएका महत्तवपूर्ण पर्वहरूमा तोङकोलोङ (कुल पूजा), नामरूङ (आइतबारे पूजा), भूयाँर (सिमेभूमे पूजा), सिकारी पूजा, प्रकृति पूजा तथा साउने संक्रान्ति, माघे संक्रान्ति, दशै, तिहारजस्ता पर्वहरू पर्दछन (चेपाङ, २०७६, पृ. ७०–७४) । यी विशेष महत्तव राख्ने पर्वहरूमध्ये छोनाम प्रकृति र जीवनशैलीबिच अन्तरसम्बन्ध भएको चाडको रूपमा मान्ने गर्दछन । चेपाङ समुदायमा छोनाम पर्वको विविध सांस्कृतिक पक्षहरूको बारेमा खोजी गर्न, पर्वमा प्रयुक्त बिम्ब वा प्रतीकको सांस्कृतिक अर्थको पहिचान गर्न र चेपाङसँग समानता भएको समुदायले चाड मनाउने क्रममा प्रतीक वा बिम्ब प्रयोगकोे सैद्वान्तिक कारणको विश्लेषण गर्न यस शोधको मुख्य उद्देश्य रहेको छ । चेपाङहरूको मुख्य पर्व छोनामको बारेमा पूर्वकार्यको समीक्षाबाट प्राप्त ज्ञानले आवश्यकीय अनुसन्धानका आधार तय गरेको छ । छोनाम समुदायमा परम्परागत रूपमा निरन्तरता पाउँदै आएको पर्व जसलाई सबै चेपाङहरूले मनाउँदै आएको पाइन्छ । यो पर्वको सन्दर्भलाई सामान्य रूपमा नयाँ अन्नबाली पहिले पितृलाई चढाएर आफू खाने परम्परालाई छोनाम फलाक्ने भन्ने उल्लेख गरिएको भेटिन्छ । पर्वको बारेमा राममणी ढुंगेल, गणेशमान गुरूङ, उद्वव राई, म्ष्बलब च्ष्दयष् िआदि विद्वानहरूले चेपाङ जातिको चिनारी गराउने कार्य गरेका छन । यसरी पर्वमा प्रयुक्त बस्तुहरूको प्रतीकताको खोजी भएको भेटिदैन । यो पर्वको सांस्कृतिक पक्षहरू, त्यसमा प्रयोग हुने ्रतीकहरूको अर्थ, ती प्रतीकहरूका प्रयोग किन गरिन्छ भन्ने सैद्वान्तिक कारणहरूको बारेको खोजमा रिक्तता देखिया । यसकारण पूर्वकार्यको समीक्षामा देखिएका अनुसन्धान रिक्ततालाई समस्याको मुख्य कथन रहेकोले तीनलाई प्रश्नको रूपमा स्थापना सो को उत्तर खोजी गर्ने उद्देश्य अनरूप यस शोधकार्यको प्रारम्भ गरिएको हा । चेपाङ समुदायको सांस्कृतिक सम्पदाको रूपमा छोनाम पर्व रहेको पाइन्छ । यसले चेपाङ समुदायको ऐतिहासिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा समुदायको पहिचान बोकेको देखिन्छ । पर्वले परम्परात तथा सांस्कृतिक संस्कारले पुस्तान्तरण र प्रदर्शन गर्ने अवसरको रूपमा स्थापित छ । छोनाम भाद्र महिना भरिनै मनाइने चाड भएकोले यस पर्व संचालन गर्न विभिन्न परम्परागत सामाजिक समुहहरू निर्माण गर्ने जसको सहायताले पर्व सम्पन्न गरिदा सामुहिक जिम्मेवारी र सांस्कृतिक भावनामा एकता पाइन्छ । पाँच दिवशीय पर्वका गरिने विभिन्न अनुष्ठानात्मक कार्यहरूले कूलपरिवारको जीवनशैलीको स्मरण गराउने गर्दछन । अर्को यस पर्वमा मूल पान्दे (पुजारी) ले तान्त्रिक विधिबाट अनुष्ठान गर्दा प्रयोग गरिने प्रतीकहरू र त्यसको सांस्कृतिक अर्थले चेपाङ कूलपरिवार प्रकृति, पुर्खाबिचको सम्बन्धलाई उजागर गराउँदछन । साथमा चेपाङ समुदायजस्तै विश्वका अरू आदिवासी समुदायले मनाउने चाडपर्वमा प्रयुक्त प्रतिकहरूको सांस्कृतिक अर्थ तथा सैद्वान्तिक कारणहरू आपसमा समानता रहेको दृष्टिकोणलाई विश्लेषणले यो पर्व चेपाङ समुदायको सांस्कृति महत्तव बोकेको पर्वको रूपमा रहेका स्पष्ट हुन्छ । यो समुदायको सांस्कृतिक चाड छोनाम पर्वको अनुसन्धानले चेपाङ संस्कृतिको बारेमा ज्ञान निर्माणमा, संस्कृति संरक्षण र सम्बद्र्वनमा तथा जातीय विविधता भएको संस्कृतिको रूपमा रहेको सन्दर्भमा छोनाम पर्व एक सांस्कृतिक महत्तवको चाड रहेको अनुसन्धानले पुष्टि गर्दछ । चेपाङ समुदायमा छोनाम पर्व प्रमुख सांस्कृतिक चाड हा । यो पर्वको सांस्कृतिक पक्ष, प्रतीकको अर्थ तथा सैद्वान्तिक आधारहरूको गुणात्मक विधिमा अध्ययन गरिएको छ । उक्त विधि अनुसार तथ्यहरूको अन्वेषण, संकलन, छलफल र विश्लेषण गरिएको छ । यसैले यो अनुसन्धान पूर्ण रूपमा आगमनात्मक (क्ष्लमगअतष्खभ) अध्ययन हा । यस अध्ययनका बैचारिक रूपरेखा (ऋयलअभउतगब िँचबmभधयचप) र अनुसन्धान ढाँचा (च्भकभबचअज म्भकष्नल) लाई सोही विधि अनुरूप अवलम्बन गरिएको छ । छोनाम पर्वको विधि र प्रक्रियाको बारेमा स्थलगत रूपमा सामेल भई अवलोकन र अन्तर्वार्ता मार्फत बास्तविक रूपमा कूलका जेष्ठ सदस्य तथा पान्देहरूबिच छलफल गरिएको छ । यस पर्वमा प्रयोग गरिने सांस्कृतिक प्रतीकहरू साथमा तीनको अर्थलाई छलफलबाट स्पष्ट गर्ने प्रयास गरिएको छ । चेपाङहरूले यस प्रकारको प्रतीकहरू प्रयोग गर्ने परम्पराको निर्माण कसरी निर्माण गरिएका छन भन्ने सवालमा छलफल गरिएका छन । अनुसन्धानको कार्यमा प्रत्यक्ष अवलोकन र छलफलले चेपाङ जस्तै अरू जनजातिय समुदायले परम्परागत रूपमा मनाउने चाड मनाउँदा प्रयोग गरिने सांस्कृतिक प्रतीकहरूबिच भएको समानताको सन्दर्भलाई छलफलमा समावेश गरिएका छन । यस शोधलाई रचनाबादी÷निमाणबादी दृष्टिकोणबाट प्रतीकात्मक सिद्वान्तको आधारमा विश्लेषण गरी निष्कर्ष निर्माण गरिएको छ । चेपाङ समुदायको छोनाम पर्व ५ दिवशीय चाड हा । पर्वको उक्त दिनहरूको विभिन्न चरणमा अनुष्ठानात्मक कार्यहरू सम्पन्न गरी पर्व समापन गरिने पक्षहरूमा स्पष्टता आएको छ । पर्वमा प्रयुक्त प्रतीकहरू के कस्ता प्रयोग हुने गर्दछ र ती प्रतीकहरूको सांस्कृतिक अर्थहरूको पहिचान भएकाछन । चेपाङहरूले छोनाम पर्वमा प्रयोग गर्ने प्रतीकहरू अरू जनजातिय समुदायमा पनि प्रयोग गर्दा रहेछन । ती प्रतीकहरू परम्रागत रूपमा सांस्कृतिक मुल्यान्यताका आधारमा निर्माण भई हस्तान्तरण र प्रदर्शन हुँदै आएको विभिन्न समुदायको पर्वको समीक्षाले प्रष्टयाएका छन । छोनाम पर्वमा प्रयुक्त प्रतीकहरू चेपाङ समुदायको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा परम्पपरागत मुल्यमान्यताको आधारमा पुर्खाद्वारा निर्माण भई प्रचलनमा रहेको सांस्कृतिक अनुष्ठानहरू सम्बन्धित समुदायको पहिचानको रूपमा रहेको देखिन्छ । छोनाम पर्व प्रयोग गरिने प्रतीकहरूको सांस्कृतिक अर्थले चेपाङहरूको पुर्खाहरूले निर्माण गरेका संस्कृतिहरू रीतिरिवाजलाई बिम्बात्मक रूपमा चढाउने सामाग्रीहरू सांस्कृतिक अर्थसहितका प्रतीकहरू हुन जुन कुनै लिखित ग्रन्थहरूमा उल्लेख भए बमोजिम नभई बकितम रूपमा पूज्दै आएको देखिन्छ । चेपाङ जस्तै अरू आदिवासी जनजाति समुदायले आफनो रीतिपरम्परा अनुसार संस्कृतिलाई यस्तै चाडहरू मार्फत प्रतिबिम्बित गर्ने र आफनो पुर्खाद्वारा निर्माण गरिएका संस्कृतिलाई पुज्ने र ती प्रतीकहरू चढाउने गर्दछन । चेपाङहरूले मनाउने छोनाम पर्वमा प्रयोग गरिने प्रतिकात्मक स्वरूपलाई प्रस्तुत गरी मौलिक परम्परा अनुसार पुज्ने प्रचलन अनुरूप यो छोनाम पर्व रहेको प्रष्ट भएको छ । यसरी छोनाम पर्वले यो समुदायको परम्परागत संस्कृतिलाई निरन्तरता दिदै आएको चाड हा । जसले यो समुदायको संस्कृतिक रूपमा समुदायको पहिचान जोडिएको तथ्य प्रकाशमा आएको छ ।

Description

Citation