लिम्बूभाषी विद्यार्थीहरूको नेपाली उच्चारण क्षमता [Limbubhaṣi bidyarthiharuko nepali ucharaṇa kṣamata}

dc.contributor.authorलिम्बू Limbu, भीमा Bhima
dc.date.accessioned2022-05-10T06:03:45Z
dc.date.available2022-05-10T06:03:45Z
dc.date.issued2019
dc.description.abstractप्रस्तुत शोधपत्र लिम्बूभाषी विद्यार्थीहरूको नेपाली उच्चारण क्षमतासँग सम्बन्धित रहेको छ । यो शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभाग स्नातकोत्तर तह एम. एड. चौथो सत्रको नेपा. शि. ५४४ पाठ्यांशका प्रयोजनका लागि तयार पारिएको हो । प्रस्तुत अध्ययनमा लिम्बूभाषी विद्यार्थीहरूको नेपाली उच्चारण क्षमताको अध्ययन गर्नु, लैङ्गिक आधारमा उक्त विद्यार्थीहरूको नेपाली उच्चारण क्षमताको तुलनात्मक विश्लेषण गर्नु र लिम्बूभाषी विद्यार्थीहरूले गर्ने त्रुटिको अध्ययन गर्नु जस्ता उद्देश्यहरू रहेका छन् । यसको प्रमुख उद्देश्य कक्षा पाँचमा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूको नेपाली भाषा उच्चारण क्षमताको अध्ययन गर्नु रहेको छ र यो शोधपत्र कक्षा पाँचमा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूको नेपाली भाषा उच्चारण क्षमतामा मात्र सीमित रहेको छ । प्रस्तुत शोधपत्रमा प्रतिनिधि नमुनाका रूपमा इलाम जिल्लाका ८ ओटा सामुदायिक विद्यालयका ८० जना लिम्बूभाषी विद्यार्थीहरू लिइएको छ । लैङ्गिक आधारमा ४० जना छात्रा र ४० जना छात्र लिएर तुलनात्मक रूपमा अध्ययन गरिएको छ । प्रस्तुत शोध तयार गर्दा ५ ओटा पुस्तक समीक्षा र ११ ओटा शोध समीक्षा गरिएको छ । सात अध्यायमा संरचित प्रस्तुत शोधपत्रको अध्याय एकमा शोधको परिचय, अध्याय दुईमा पूर्वकार्यको पुनरावलोकन र सैद्धान्तिक अवधारणा, अध्याय तिनमा अध्ययन विधि र प्रक्रिया, अध्याय चारमा समग्र लिम्बूभाषी विद्यार्थीहरूको उच्चारण क्षमता, अध्याय पाँचमा लैङ्गिक आधारमा लिम्बूभाषी विद्यार्थीहरूको नेपाली उच्चारण क्षमता, अध्याय छ मा लिम्बूभाषी विद्यार्थीहरूले नेपाली उच्चारणमा गर्ने त्रुटिको अध्ययन र अध्याय सातमा सारांश, निष्कर्ष र उपदेयताहरू प्रस्तुत गरिएको छ । यसका साथै तथ्य सङ्कलनका लागि कक्षा ५ को मेरो नेपाली किताबबाट अकार÷आकार, अनुनासिक, प्राणŒव, घोषŒव, रेफ, य, ए वर्ण, ब, व वर्ण, ट, ठ, ड, ढ, ण वर्ण, संयुक्त वर्ण, छ, छे क्ष वर्णमा निहित शब्दको छनोट गरिएको छ । त्यस्तै निर्दिष्ट किताबमा रहेको समय पाठको एक अनुच्छेदलाई वाचन गर्न लगाई उनीहरूले गरेको उच्चारणलाई टेप रेकर्ड गरी उच्चारण क्षमतालाई पहिचान गरिएको छ । यस क्रममा विद्यार्थीहरूको उच्चारण क्षमतालाई शुद्धताका आधारमा जाँच गरी त्यसबाट प्राप्त परिमाणलाई प्रतिशतका आधारमा प्रस्तुत गरिएको छ । प्रस्तुत शोध प्रक्रियाबाट सम्पन्न गरिएको शोधकार्यबाट लिम्बूभाषी विद्यार्थीहरूले नेपाली भाषाको उच्चारणमा त्रुटि गरेको पाइयो । नेपाली भाषा र लिम्बूभाषा अलग–अलग भाषा परिवारको र लिम्बूभाषाको वर्णमालामा नेपाली भाषाको वर्णमालामा जति स्वर अनि व्यञ्जन वर्णहरू नभएकोले गर्दा पनि उच्चारणमा त्रुटि गरेको पाइयो । इलाम जिल्लाका कक्षा पाँचमा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूको उच्चारण क्षमता राम्रै रहेको पाइयो । जहाँ य, व वर्ण र अनुच्छेदको शब्दहरूको उच्चारणमा लिम्बूभाषी विद्यार्थीको उच्चारण क्षमता अत्यन्तै राम्रो पाइयो । जसमा विद्यार्थीहरूले ६६.५ प्रतिशतदेखि ९२.५ प्रतिशतसम्म सही उच्चारण गरेको पाइयो । ट, ठ, ड, ढ, ण, छ, छे, क्ष वर्णको उच्चारणमा पनि समग्र विद्यार्थीको उच्चारण क्षमता ५७.५ प्रतिशतदेखि ८८.५ प्रतिशतसम्म सही उच्चारण गरेको पाइयो । संयुक्त वर्ण, ब, व, प्राणŒव, घोषŒव, अनुनासिक, अकार आकारको उच्चारणमा पनि समग्र विद्यार्थीको उच्चारण क्षमता ३२ प्रतिशतदेखि शतप्रतिशत सही उच्चारण गरेको पाइयो । रेफको उच्चारणमा लिम्बूभाषी विद्यार्थीहरूले अत्यधिक त्रुटि गरेको पाइयो । जसमा २३.५ प्रतिशतदेखि ७५ प्रतिशतसम्म मात्र सही उच्चारण गरेको पाइयो । लैङ्गिकताका आधारमा छात्रा छात्रहरूको उच्चारण क्षमतालाई तुलनात्मक रूपमा अध्ययन गर्दा छात्रहरूको भन्दा छात्राहरूको उच्चारण क्षमता राम्रो देखिन्छ । यसरी उच्चारण क्षमतासँग सम्बन्धित विविध नमुना सामग्रीका आधारमा विश्लेषण गर्दा कक्षा पाँचमा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूको उच्चारण क्षमता समग्रमा राम्रो रहेको पाइयो र छात्रको भन्दा छात्राको उच्चारण क्षमता राम्रो रहेको पाइयो ।  en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10235
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectलिम्बूभाषी विद्यार्थी Limbu Bhasi Bidhyarthien_US
dc.subjectनेपाली भाषा Nepali Bashaen_US
dc.titleलिम्बूभाषी विद्यार्थीहरूको नेपाली उच्चारण क्षमता [Limbubhaṣi bidyarthiharuko nepali ucharaṇa kṣamata}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(1).pdf
Size:
88.05 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
443.4 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: