कक्षा पाँचको मेरो नेपाली कितावमा प्रयुक्तशब्दहरुको आवृत्ति गणना {Count the Frequency of Words Used in My Nepali Book of Class Five}
| dc.contributor.author | निरौला Niraula, इन्दुश्री Indushree | |
| dc.date.accessioned | 2022-01-14T06:22:54Z | |
| dc.date.available | 2022-01-14T06:22:54Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | प्रस्तुत शोधकार्यको शीर्षक ‘कक्षा पाँचको मेरो नेपाली कितावमा प्रयुक्त शब्दहरूकाआवृत्ति गणना’ रहेको छ । यस शोधकार्यको उद्देश्य कक्षा पाँचको मेरो नेपाली कितावमाप्रयुक्त शब्दहरूको स्रोत र वर्ग पहिल्याउनु, पाठयपुस्तकमा प्रयुक्त शब्दहरूको आवृत्ति गणनागर्नु, पाठमा प्रयुुक्त शब्दहरूको वितरणको स्थिति देखाउनु, आवृत्ति गणनाका आधारमापाठमा प्रयुक्त शब्दहरूको उपयुक्तता बारे सुझावहरू पेश गर्नु रहेको छ । कुनै पनि शोधकार्य सम्पन्न गन विविध विधिहरू अपनाउनुपर्ने हन्छ । यसशोधकार्यलाई सम्पन्न गर्न पुस्तकालय विधि र आवृत्ति गणना विधि अपनाइएको छ । वाक्यमा प्रयोग भएका शब्दहरू विभिन्न वर्ग र स्रोतका हुन्छन । प्रस्तुत शोधपत्रमाकक्षा पाँचको मेरो नेपाली कितावमा सङ्कलित विभिन्न विधाका पाठहरूमा प्रयोग भएकाशब्दहरू स्रोत र वर्गका आधारमा तत्सम, तदभव, अनुकरणात्मक र आगन्तक गरी चारप्रकारका रहेका छनभने वर्गका आधारमा नाम, संख्यावाचक, सर्वनाम, विशेषण, क्रिया,क्रियाविशेशषण, नामयोगी, संयोजक र निपात गरी नौ वर्गमा विभाजन गरी गणना गरिएकाछ । विभिन्न विधामा विभाजित पाठहरूमा कथा, कविता, प्रवन्ध, जीवनी, दैनिकी, संवाद,वादविवाद र चिठ्ठी रहेका छन । शब्दस्रोतका दष्टिले कक्षा पाँचको मेरो नेपाली कितावमा प्रयुक्त शब्दहरू तत्सम५९५ ओटा, तदभव ८९८ ओटा, अनुकरणात्मक २६ ओटा र आगन्तुक १५८ ओटा रहेकाछन। यसै गरी शब्दवर्गका दृष्टिले नाम शब्द ८८० ओटा, संख्यावाचक १८ ओटा, सर्वनाम५१ ओटा, विशेषण २६८ ओटा, क्रिया २४५ ओटा, क्रियाविशेषण १२० ओटा, नामयोगी ३६ओटा, संयोजक २१ ओटा र निपात ३६ ओटा रहेका छन । आवृत्तिका क्रममा एउटा शब्द ४०४ पटकसम्म आवृत्ति हुनु र कुन शब्द १ पटकपनि आवृत्ति नहुनले शब्दको छनोटमा त्यति ध्यान नपुगेको जस्तो देखिए पनि समग्रमा हेदासबै क्षेत्रका शब्दहरू समेटिएका र आवृत्तिको क्रम पनि सामान्य नै दखिन्छ । शब्दहरूकाकठिनाइ क्रमलाई हेर्दा केही शब्दहरू शिक्षणीय दृष्टिले कठिन देखिए पनि समग्रमा प्रयोग भएका शब्दहरू स्तर अनरूपका न रहेको दखिन्छ । समग्र रूपमा नियाल्दा पाठयपुस्तकमाप्रयोग भएका शब्दहरूको वितरणको स्थिति उपयुक्त नै रहेको पाइयो । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7401 | |
| dc.language.iso | other | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङ्काय नेपाली भाषा | en_US |
| dc.subject | मेरो नेपाली किताव My Nepali Book | en_US |
| dc.subject | प्रयुक्त शब्द Prayukta Sabdaha | en_US |
| dc.title | कक्षा पाँचको मेरो नेपाली कितावमा प्रयुक्तशब्दहरुको आवृत्ति गणना {Count the Frequency of Words Used in My Nepali Book of Class Five} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
