सिद्धिचरण श्रेष्ठको भीमसेन थापा खण्डकाव्यका विधातात्विक अध्ययन Theological Study of Siddhicharan Shrestha's Bhimsen Thapa Khandakavya}{
| dc.contributor.author | आचार्य Aacharya, तुलसा Tulsha | |
| dc.date.accessioned | 2022-02-20T04:58:26Z | |
| dc.date.available | 2022-02-20T04:58:26Z | |
| dc.date.issued | 2020 | |
| dc.description.abstract | शोधशीर्षक - सिद्धिचरण श्रेष्ठको भीमसेन थापा खण्डकाव्यको विधातात्विक अध्ययन शोधनिर्देशक - सह. प्रा. रामप्रसाद गुरागाईँ शोधार्थी - तुलसा आचार्य तह -स्नातकोत्तर तह, नेपाली विभाग,महेन्द्ररत्न बहमुखी क्याम्पस, इलाम शैक्षिक सत्र -२०६७\०६८ क्रमाङक -१ १. पहिलो परिच्छेदको सार यस परिच्छेदमा प्रस्तुत शोधकार्यको विषय परिचय, समस्याकथन, शोधको उद्देश्य,पूर्वकार्यको समीक्षा, अध्ययनको औचित्य, अध्ययनको सीमाङ्कन, सामाग्री सङ्कलनविधि,शोधविधि र शोधपत्रको रूपरेखाजस्ता उपशीर्षकअन्तर्गत शोधपरिचय प्रस्तुत गरिएको छ । २. दोस्रो परिच्छेदको सारयस परिच्छेदमा सिद्धिचरण श्रेष्ठको परिचय, कविता यात्रा, खण्डकाव्यगत प्रवृत्ति तथा विशेषताको निरूपण गरिएको छ । यस क्रममा मानवतावादी प्रकृतिप्रेमी,स्वतन्त्रतावादी कविका रूपमा सिद्धिचरण श्रेष्ठलाई चिनाउँदै उनका व्यक्तित्व रकृतित्वमाथि प्रकाश पारिएको छ । ३. तेस्रो परिच्छेदको सारयस परिच्छेदमा खण्डकाव्यको सैद्धान्तिक स्वरूपमाथि प्रकाश पारिएको छ । यस क्रममा खण्डकाव्यगत तत्वको सङक्षेपमा व्याख्या र विश्लेषण गरिएका छ र तिन खण्डकाव्यगत तत्वका आधारमा यस शोधमा भीमसेन थापा खण्डकाव्यको विश्लेषण प्रस्तुतगरिएको छ । यसरी खण्डकाव्य पूर्वीय साहित्य परम्परामा जन्मिएको एउटा काव्य रूप हाभने नेपालीमा पूर्वीय र पश्चिमी दुवै प्रकारका काव्य रूप पाइने हुँदा पूर्वीय एवं पश्चिमीपरम्परामा संबद्र्धित मझौला काव्य ढॉंचाका खण्डकाव्यहरू पाइन्छन । ४. चौथो परिच्छेदको सारइतिहास पुरुष भीमसेन थापाको मृत्युको क्षणलाई प्रस्तुत गर्ने सन्दर्भमा कवि श्रेष्ठद्वारा इतिहासको विशिष्ट एक पक्ष र त्यसबाट मृत्युको पीडालाई यहॉं देखाइएको छ । इतिहास पुरुष भीमसेन थापालाई आलम्बन बनाएर उनको दुःखद एवं कारुणिक मृत्युवरणका प्रसङ्गबाट नायक थापाप्रति श्रद्धाभाव यसको मुख्य पक्ष हो । यसमा नायकपति श्रद्धाभावव्यक्त गरिए पनि कवि श्रष्ठका देशप्रेम, मानवतावादी चिन्तन, जीवनदर्शनजस्ता पक्षहरूव्यक्त हुनपुगका छन । भीमसेन थापाले गरेका प्रशासनिक सुधारका कार्यहरू, धरहरा आदिको निर्माण, साम्रज्यवादी अङग्रेजहरूसँग लडनका निम्ति एसिया स्तरमा गरेकादूरदर्शीपूर्ण सहकार्य आदि पक्ष कविद्वारा प्रशंसा गरिएको छ । यति हुँदाहुँदै पनि तत्कालीनराज्यव्यवस्थामा देखिने चाकरी, षडयन्त्र, हत्याहिसाजस्ता पक्ष प्रबल हुँदा देखिन प्रशासनिकअविवेकीपनले मानवतालाई निर्ममता साथ दबाएको कुरा भीमसेन थापाको मृत्युकाप्रसङ्गबाट प्रस्तुत गरिएको छ । भीमसेन थापाको मृत्यु इतिहासको एउटा कालो पक्ष हो जुनअमानवीय, क्रर एवं त्रासद रहेको छ । यसरी इतिहास प्रसिद्ध विषयवस्तुका माध्यमद्वारानायकप्रति श्रद्धा, राष्ट्रप्रेम, जीवनदर्शन एवं मत्युको दुःखद पक्ष, इतिहासका अनेक घटना,मानवतावादी चिन्तन जस्तापक्ष यस काव्यमा व्यक्त भएका छन । ५. पाँचौँ परिच्छेदको सारकवि सिद्धिचरण श्रेष्ठद्वारा लेखिएको खण्डकाव्य भीमसेन थापा झिनो आख्यानतन्तुमा रचिएको विचारप्रधान काव्य हो । कवि श्रष्ठको प्रौढकालमा रचिएको हुँदा यसमा उनको प्रौढजीवन चिन्तन व्यक्त भएको पाइन्छ । स्वच्छन्दतावादी भावधाराको प्रबलता रहेको यसकाव्यमा अनुपाद्य विषयवस्तुमा आधारित भई इतिहास पुरुष भीमसेन थापाप्रति श्रद्धाभावव्यक्त गरिएको छ | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8349 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली सङकाय | en_US |
| dc.subject | विधातात्विक अध्ययन Theological Study | en_US |
| dc.subject | खण्डकाव्य Khandakavya | en_US |
| dc.title | सिद्धिचरण श्रेष्ठको भीमसेन थापा खण्डकाव्यका विधातात्विक अध्ययन Theological Study of Siddhicharan Shrestha's Bhimsen Thapa Khandakavya}{ | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Mahendra Ratna Multiple Campus, Ilam | en_US |
