कक्षा छ पूरा गरेका विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension of Students who have Completed Class Six}
| dc.contributor.author | अधिकारी Adhikari, दिव्यकला Dibyakala | |
| dc.date.accessioned | 2022-02-17T10:11:06Z | |
| dc.date.available | 2022-02-17T10:11:06Z | |
| dc.date.issued | 2007 | |
| dc.description.abstract | शोधशीर्षक ः कक्षा ६ पूरा गरेका विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन शोधार्थी ः दिव्यकला अधिकारी शोधनिर्देशक ः प्रा.डा. केदारप्रसाद शर्मा विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि., कीर्तिपुर शैक्षिक वर्ष ः २०६१÷०६३ पृष्ठ सङ्ख्या ः ५४+१५ अध्याय ः पाँच शोधप्रक्रियाः प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठ्यांशको प्रयोजनको लागि तयार पारिएको हो । कक्षा ६ पूरा गरेका विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य हो । यसअन्तर्गत काठमाडौं उपत्यकाका निजी तथा सार्वजनिक विद्यालयमा अधययनरत विद्यार्थीहरूको स्थानीयता, लैङ्गिकता, विद्यालयको प्रकृति र भाषिक पृष्ठभूमिका आधारमा अध्ययन विश्लेषण गर्ने कार्य गरिएको छ । प्रस्तुत शोधपत्रको लागि सामग्री सङ्कलन गर्ने क्रममा प्राथमिक स्रोतको रूपमा काठमाडौं उपत्यकाका पाँच–पाँचवटा निजी तथा सार्वजनिक विद्यालयका ५०–५० जना विद्यार्थीहरू गरी जम्मा दश वटा विद्यालयबाट १०० जना विद्यार्थीहरूलाई नमुनाको रूपमा लिइएको छ भने गौण सामग्रीका रूपमा पूर्वकार्यहरू, सन्दर्भ पुस्तकहरू, पत्रपत्रिकाहरू तथा विभिन्न लेखरचनाहरू रहेका छन् । पाँच अध्यायमा सङ्गठित प्रस्तुत शोधकार्यलाई क्रमशः शोधपरिचय, सैद्धान्तिक परिचय, व्याख्या तथा विश्लेषण, तुलनात्मक विश्लेषण र निष्कर्ष तथा सुझावहरूमा विभाजित छ । शोधनिष्कर्ष ः समग्र पठनबोध क्षमताको स्थितिमा विद्यार्थीहरूको क्षमतालाई प्रतिशतमा गणना गर्दा तथा मध्यमानलाई आधार मानी हेर्दा विद्यार्थीहरूको समग्र पठनबोध क्षमता सन्तोषजनक रहेको देखिन्छ । समग्र विद्यार्थीहरूको दृष्टांश र अदृष्टांश पठनबोध क्षमताको स्थितिलाई तुलनात्मक रूपमा विश्लेषण गर्दा दृष्टांश पठनबोध क्षमता अदृष्टांश पठनबोध क्षमताभन्दा केही सन्तोषजनक देखिन्छ । स्थानीयताका दृष्टिले नगरतर्फका विद्यार्थीहरूको समग्र पठनबोध क्षमता हेर्दा ५८ प्रतिशत विद्यार्थीहरू मध्यमानभन्दा माथि र ४२ प्रतिशत विद्यार्थीहरू मध्यमानभन्दा तल रहनुले नगरतर्फका विद्यार्थीहरूको समग्र पठनबोध क्षमता उच्च रहेको पाइन्छ भने गाउँतर्फ ४० प्रतिशत विद्यार्थीहरू मध्यमानभन्दा माथि र ६० प्रतिशत विद्यार्थीहरू मध्यमानभन्दा तल देखिनुले गाउँ तर्फका विद्यार्थीहरूको समग्र पठनबोध क्षमता निम्न रहेको पाइन्छ । लैङ्गिकताका दृष्टिले हेर्दा छात्र विद्यार्थीहरूको समग्र पठनबोध क्षमता हेर्दा ४० प्रतिशत विद्यार्थीहरू मध्यमानभन्दा माथि र ६० प्रतिशत विद्यार्थीहरू मध्यमानभन्दा तल रहनाले छात्र समूहका विद्यार्थीहरूको पठनबोध क्षमता कमजोर देखिन्छ भने छात्रा विद्यार्थीहरूको पठनबोध क्षमता मध्यमानभन्दा माथि ६० प्रतिशत र मध्यमानभन्दा तल ४० प्रतिशत विद्यार्थीहरू रहनाले छात्रा विद्यार्थीहरूको पठनबोध क्षमता उच्च रहेको देखिन्छ । विद्यालयको प्रकृतिका आधारमा हेर्दा निजी विद्यालयका विद्यार्थीहरू मध्यमानभन्दा माथि बहुसङ्ख्यक र सार्वजनिक विद्यालयतर्फका विद्यार्थीहरू मध्यमानभन्दा तल बहुसङ्ख्यक रहनुले निजी विद्यालयका विद्यार्थीहरूको पठनबोध क्षमता सन्तोषजनक देखिन्छ भने सार्वजनिक विद्यालयतर्फका विद्यार्थीहरूको समग्र पठनबोध क्षमता निराशजनक देखिन्छ । भाषिक पृष्ठभूमिका आधारमा हेर्दा नेपाली मातृभाषी विद्यार्थीहरूको समग्र पठनबोध क्षमता उच्च रहेको देखिन्छ भने नेपाली विमातृभाषी विद्यार्थीहरूको समग्र पठनबोध क्षमता निम्न रहेको देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8321 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली भाषा शिक्षा विभाग | en_US |
| dc.subject | पठनबोध क्षमता Reading comprehension | en_US |
| dc.subject | तुलनात्मक विश्लेषण Comparative analysis | en_US |
| dc.title | कक्षा छ पूरा गरेका विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension of Students who have Completed Class Six} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
