रजोनिबृत्त महिलाहरूको स्वास्थ्यमा देखिने प्रभावहरू {Effects on the health of menopausal women}

dc.contributor.authorन्यौपाने Neupane, इवराज Ivraj
dc.date.accessioned2022-02-07T09:51:25Z
dc.date.available2022-02-07T09:51:25Z
dc.date.issued2012
dc.description.abstractस्वास्थ्य मानव जीवनको आधारभूत तत्व हो । विना स्वस्थ शरीर मानिसले आफ्नो दैनिकक्रियाकलापहरूस्वाभाभिकरूपले सञ्चालन गन असमर्थ हुन्छ । यसैका कारणले गर्दा स्वास्थ्य नै धन हो भन्ने उक्ति पनि प्रचलनमा रहेको पाइन्छ । स्वास्थ्य अन्र्तगत मानिसका शारीरिक स्वास्थ्य, अर्थात शरीरका सबै प्रणाली र इन्द्रियहरूले स्वाभाविकरूपमा कार्य गरेको अवस्था मात्र नभै, मानसिक र सामाजिक रूपले समेत स्वस्थ्य रहेको अवस्था लाई जनाउँदछ । प्रजनन स्वास्थ्यका सम्बन्धमा गरिएका विभिन्न अध्ययनहरूले नेपालमा रजनावृत्त महिलाहरूमा सो अवस्थामा देखिने विभिन्न शारिरीक तथा मानसिक परिवर्तन तथा समस्यासम्बन्धी अनभिज्ञताका कारण ठूलो संख्यामा महिलाहरू स्वास्थ्य समस्याबाट पीडित भइरहेको देखाएको पाइन्छ । महिलाहरू यस विषयमा आफू जानकार हुनु र आफ्ना समुदायमा यस बारेमा अरुलाई सचेत बनाउनु पनि महत्वपूर्ण पक्ष हो । सरकारी निकाय रनीति निर्माताहरू पनि यस विषयमा सकारात्मक भई समाजका तल्लो तहसम्म प्रजननस्वास्थ्य र रजोनिवृत्तिसम्बन्धी चेतनाको विस्तार गर्न र स्वास्थ्य चौकी, स्वास्थ्य कन्द्र रअस्पतालहरूमा यस सम्बन्धी परामर्शको व्यवस्था गर्न उपयुक्त दखिन्छ । प्रस्तुत अध्ययन त्रिभुवन विश्वविद्यालय लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल तानसेन,पाल्पामा उपचारार्थ महिलाहरूको रजोनिवृत्तिप्रतिको सचेतता र यसबाट महिला स्वास्थ्यमा पर्ने प्रभावको अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनका क्रममा उक्त अस्पतालमा उपचारका लागि आएको महिलाहरूको रजोनिवृत्तिका बारेमा सचेतनाका अवस्था ररजोनिवृत्तिका कारण महिला स्वास्थ्यमा देखिन प्रभावहरूको अध्ययन गर्ने जमका गरिएको छर यो अध्ययन महिलाहरूको सामाजिक सांस्कतिक अवस्था, पेशा, शैक्षिक स्तर, मासिक धमर प्रजनन स्वास्थ्यप्रतिको सचेतना र यसबाट स्वास्थ्यमा पर्ने प्रभावका सम्बन्धमा केन्द्रित रहेको छ । यो अध्ययन २९० जना महिलाहरूको पूर्वनिर्धारित प्रश्नावलीको माध्यमबाट सङ्कलन गरिएका प्राथमिक तथ्याङ्कमा आधारित रहेको छ । जसमध्ये ६६ जना उत्तरदाताहरूसँग प्रत्यक्ष सम्पक गरी तथ्याङ्क सङ्कलन गरिएको थियो भने बाँकी तथ्याङ्क अस्पतालको अभिलेखबाट प्राप्त गरिएको थियो । अध्ययनमा समेटिएका उत्तरदाताहरूमध्ये आधाभन्दा बढी अर्थात ५१.३प्रतिशत उत्तरदाताहरूले रजोनिवृत्ति बढदो उमेरको कारणले गर्दा हुने बताएको देखिन्छ ।यस्तै ४.२ प्रतिशतले हर्मोनको कमीका कारण, १५.६ प्रतिशतले अन्य कारणहरू, जसअन्तर्गत रोगव्याधीको कारण, शरीरमा रगतको कमी भएको कारण आदि बताएका थिए ।ठूलो संख्याका उत्तरदाताहरू अर्थात २३.७ प्रतिशतले यसको कारणका बारेमा अनभिज्ञता प्रकट गरेका थिए । उत्तरदाताहरूमध्ये ६०.६ पतिशत महिलाहरू रजोनिवृत्तभएका र ३९.४ प्रतिशत महिलाहरू रजोनिवृत्तभ नसकेको देखिन्छ । ५.५१ प्रतिशत महिलाहरू२६ दखि ३९ वर्षको उमेरमा रजोनिवृत्त भएको देखिन्छ । साथै उत्तरदाता महिलाहरूको रजोनिवृत्तिको औसत उमेर४५.१४ वर्ष रहेको देखिन्छ । प्रस्तुत अध्ययनका क्रममा बहुसंख्यक महिलाहरू सामाजिक, साँस्कृतिक अवस्थाका कारण आफ्नो प्रजननस्वास्थ्य सम्बन्धी समस्या अरुसामु खुलेर व्यक्त गर्न असहज मानेको पाइएकार आफ्नो प्रजनन स्वास्थ्यका बारेमा अपेक्षितरूपमा सचेत नरहेको देखिएको छ । यसका साथै महिलाहरूको प्रजननस्वास्थ्य, रजोनिवृत्ति तथा यसका समस्या, प्रभाव र लक्षणहरूका सम्बन्धमा तथा यस्ता समस्याहरूबाट जोगिन उपायका सम्बन्धमा व्यापक जनचेतनाका विस्तार गर्नु आवश्यक दखिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8093
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, स्वास्थ्य तथा शारीरिक शिक्षाen_US
dc.subjectरजोनिबृत्त महिला Menopausal womenen_US
dc.subjectमहिनावारी चक्र Menstrual cycleen_US
dc.subjectशारीरिक प्रभाव Physical effectsen_US
dc.titleरजोनिबृत्त महिलाहरूको स्वास्थ्यमा देखिने प्रभावहरू {Effects on the health of menopausal women}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleतानसेन बहुमुखी क्याम्पस, पाल्पाen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
57.93 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
464.98 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections