माध्यमिक तहमा दलित विद्यार्थीको शैक्षिक अवस्था {Madhyamik tahama dalit bidyarthiko saikshik abastha}

dc.contributor.advisorधर्मराज सिंह (Dharmaraj Singh)
dc.contributor.authorयादव, रानीसुजान (Yadav, Ranisujan)
dc.date.accessioned2026-03-17T06:20:57Z
dc.date.available2026-03-17T06:20:57Z
dc.date.issued2015
dc.description.abstractमाध्यमिक तहमा दलित विद्यार्थीहरुको शैक्षिक अवस्था शीर्षकमा गरिएको यस अध्ययन कार्यको मुख्य उद्देश्य दलित बालबालिकाको शैक्षिक स्थिति पत्ता लगाउनु रहेको छ । यस अध्ययनको लागि सिरहा जिल्लाको सुखीपुर स्रोतकेन्द्र अन्तर्गत रहेका ५ वटा सामुदायिक माध्यमिक तह छनोट गरिएको छ । यसका लागि उद्देश्यमूलक नमुना छनोटबाट स्रोत व्यक्ति १ जना विद्यालय व्यवस्थापन समिति अध्यक्ष ५ जना प्राचार्य ५ जना, शिक्षक ५ जना र अभिभावक १० जना छनोट गरिएको छ । सम्भावना यूक्त नमुना छनोटवाट प्रत्येक विद्यालयमा १ जना छात्र र १ जना छात्रा पर्ने गरी १० जना दलित विद्यार्थी समेत जम्मा ३६ जनालाई नमुनाको रुपमा लिइएको छ । ढाँचा यस अध्ययनको ढाँचा परिमाणात्मक र गुणात्मक रहेको छ । अन्तर्वार्ता ,प्रश्नावली र विद्यालय विवरण फारमलाई साधनको रुपमा प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका विद्यालयहरुको माध्यमिक तहमा दलित विद्यार्थीको उमेर अनुसारको भर्ना न्यून रहेको, उपस्थिति कम रहेको, उपस्थितिमा छात्रा भन्दा छात्र प्रतिशत धेरै न्यून रहेको पाइयो र परीक्षा अनुत्तीर्ण हुने दर अन्य विद्यार्थीमा भन्दा दलित विद्यार्थीमा धेरै रहेको देखियो । दलित छात्रा भन्दा छात्र बढी उत्तीर्ण भएको देखिए पनि छात्राको उत्तीर्ण संख्या बृद्धि हुदै गएको पाइयो । दलित बालबालिकाका शैक्षिक समस्याहरुमा परिवारको कमजोर आर्थिक अवस्था, बाबुआमाको अशिक्षा, पारिवारिक सङ्ख्या र वातावरण, परम्परागत पेशाको निरन्तरता, धार्मिक र सामाजिक संस्कार मूख्य रुपमा रहेका छन् । त्यस्तै छोरा छोरीमा हुने लैङ्गिक विभेद, व्यवहारिक तथा व्यावसायिक शिक्षाको अभाव, जातीय छुवाछुत व्यवहारिक रुपमा कायमै रहनु सामाजिक र जातीय संस्कार मनोवैज्ञानिक रुपमा एक पुस्तावाट अर्को पुस्तामा हस्तान्तरण हुनु विद्यालयको सिकाई वातावरणले कमजोर विद्यार्थीलाई उत्प्रेरित गर्न नसक्नु बढ्दो बेरोजगारी जस्ता कारणले पनि शिक्षामा पहुँच बृद्धि गर्न समस्याको रुपमा रहेको पाइयो । समस्या समाधान गर्न अभिभावकको शैक्षिक स्तर वृद्धि गर्न विशेष साक्षरता अभियान सञ्चालन गर्नु पर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने, निःशूल्क शिक्षालाई व्यवहारिक रुपमा लागु गर्नु पर्ने विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनु पर्ने सुझावहरु दिइएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25954
dc.language.isone
dc.subjectमाध्यमिक तह (Madhyamik taha)
dc.subjectदलित विद्यार्थी (Dalit bidyarthi)
dc.titleमाध्यमिक तहमा दलित विद्यार्थीको शैक्षिक अवस्था {Madhyamik tahama dalit bidyarthiko saikshik abastha}
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleS.S.M.Yadhav Multiple Campus, Siraha

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
970.92 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: