प्राथमिक तहको छात्रवृत्तिले विद्यार्थी नियमिततामा पारेको प्रभाव{Prathamika tahako chatravr̥ttile vidyarthi niyamitatama pareko prabhava}

dc.contributor.authorआचार्य Acharya, टीकादेवी Tika Devi
dc.date.accessioned2022-02-27T07:00:04Z
dc.date.available2022-02-27T07:00:04Z
dc.date.issued2010
dc.description.abstractप्राथमिक तहको छात्रवृत्तिले विद्यार्थी नियमिततामा पारेको प्रभाव शीर्षकमा गरिएको प्रस्तुत अनुसन्धानात्मक कार्यमा प्राथमिक तहमा वितरण गरिने छात्रवृत्तिले विद्यार्थी नियमितताले पारेको प्रभावको अध्ययन गर्ने मूख्य उद्वेश्य राखिएको छ । यो सोध मोरङ जिल्लाको इन्द्रपुर स्रोतकेन्द्र अन्र्तगतका ५४ वटा सामुदायिक विद्यालयहरु मध्ये ६ वटा विद्यालयहरु उद्वेश्यात्मक छनौट विधिका आधारमा छनौट गरी उत्तरदाताको छनौटमा पनि सोही विधिको अनुसरण गरी अध्ययनलाई गुणात्मक र परिमाणात्मक दुवै विधिको प्रयोग गरिएको छ । विद्यालयहरुमा ५०% छात्राछात्रवृत्ति, अपाङ्ग छात्रवृत्ति, दलित छात्रवृत्ति, लोपोन्मुख तथा सिमान्तकृत छात्रवृत्ति र द्वन्दपीडित छात्रवृत्ति उपलव्ध भएको, विद्यार्थी संख्याको आधारमा जिल्लावाट प्राप्त छात्रवृत्ति कोटा न्यून भएको, विद्यालयमा छात्रवृत्ति वितरणमा एक रुपता नदेखिएको, जिल्लावाट प्राप्त निर्देशन भन्दा विद्यार्थीहरुको आवश्यकता वमोजिम छात्रवृत्ति रकम वितरण गरिएको पाईयो । छात्रवृत्ति प्राप्त नगरेका बालबालिका भन्दा छात्रवृत्ति प्राप्त गर्ने बालबालिकाहरुको विद्यालयमा उपस्थिति बढेको र कक्षा छाड्ने, कक्षा दोहा¥याउने दर न्यून भएको र आवश्यकता भन्दा कम कोटा प्राप्त हुंदा र विद्यालयमा कोटा, बजेट र लागत निकासा गर्न ढिलाई हुंदा छात्रवृत्ति व्यवस्थापन गर्न समस्या भएको, विद्यार्थीहरु र अभिभावकहरुले छात्रवृत्ति प्राप्त गरे पनि पूर्ण जानकारी नभएको, कम मात्रामा भएपनि छात्रवृत्ति वितरणले विद्यार्थी र अभिभावकमा राहत पुगेको छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरुमा सिकाइका लागि आवश्यक पर्ने सकारात्मक वातावरणको निर्माण गरेको, छात्रवृत्ति कार्यक्रमले सवै जातजाति लिङ्ग, वर्ग ,अपाङ्ग वालवालिकाहरुको शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग गरेको र आगामी दिनमा छात्रवृत्ति रकम बढाउनु पर्ने कुरा अध्ययनका प्राप्तिका रुपमा देखिन्छ । छात्रवृत्ति कोटामा वृद्वि गरी छात्रवृत्ति वितरणमा सम्वन्धित अभिभावकलाई सहभागी गराएको खण्डमा छात्रवृत्ति कार्यक्रम बढी उपलव्धिमूलक हुने देखिन्छ । छात्रवृत्ति कार्यक्रमले लक्षित समुहको विद्यालयमा पहुँच सुनिश्चित गरेको, छात्रवृत्ति कोटामा वृद्धि गर्नु पर्ने, छात्रवृत्ति वितरणको विद्यालयमा अभिलेख राख्ने, स्थानीय रुपमा छात्रवृत्ति वितरण गर्ने व्यक्ति, संघ–संस्था ,क्लबहरुलाई प्रसंसापत्र र कदरपत्र वितरण गरी उनीहरुलाई छात्रवृत्ति दिन प्रोत्साहित गर्ने, छात्रवृत्ति रकम समानताको आधारमा मात्र नभई निष्पक्षताको आधारमा वितरण गर्नुपर्ने जसबाट आर्थिक अवस्था कमजोर भएका जेहेन्दार सबै बालबालिका लाभान्वित हुन सक्छन् भन्ने कुरा सुझावकारुपमा प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8585
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectविद्यार्थी छात्रवृत्ति Bidyarthi chatravr̥ttien_US
dc.subjectसाहित्य पुनरावलोकन Sahitya punarawolokanen_US
dc.titleप्राथमिक तहको छात्रवृत्तिले विद्यार्थी नियमिततामा पारेको प्रभाव{Prathamika tahako chatravr̥ttile vidyarthi niyamitatama pareko prabhava}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
83.09 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
312.87 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: