विद्यालय सुपरिवेक्षणको प्रभावकारिता (Bidhyalaya suparikshyanko prabhavkarita)
| dc.contributor.author | बस्नेत Basnet, पुष्प बहादुर Pushpa Bahadur | |
| dc.date.accessioned | 2016-12-07T08:46:00Z | |
| dc.date.accessioned | 2021-07-23T02:45:11Z | |
| dc.date.available | 2016-12-07T08:46:00Z | |
| dc.date.available | 2021-07-23T02:45:11Z | |
| dc.date.issued | 2067-11 | |
| dc.description.abstract | “विद्यालय सुपरिवेक्षणको प्रभावकारिता” शीर्षक अन्तरगत गरिएको यस शोधकार्यको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरुमा विद्यालय सुपरिवेक्षणको कार्यान्वयन पक्षको विश्लेषण गर्नु रहेको छ । यस अनुसन्धान कार्यमा परिमाणात्मक र गुणात्मक दुवै किसिमका विधिको प्रयोग गरिएको छ । तथ्याङ्क संकलनको लागि प्रश्नावली, स्थलगत अध्ययन अवलोकन फारम र अन्तरवार्ता जस्ता साधनको प्रयोग गरिएको छ । जनसंख्या छनौटका लागि १२ वटा सामुदायिक विद्यालयका १२ जना प्र.अ., २४ जना शिक्षक, १२ जना वि.व्य.स. अध्यक्ष, श्रोतब्यक्ति, वि.नि. र जि.शि.अ. गरि जम्मा ५१ जनालाई प्रयोग गरिएको छ । स्रोतकेन्द्रका २२ वटा विद्यालय मध्ये १२ वटा विद्यालय छनौट गरिएकाले नमूनाको आकार ५४.५४% निर्धारित गरिएको छ । तथ्याङ्कको श्रोतको रुपमा प्राथमिक र द्वितीय दुवै श्रोत प्रयोग गरिएका छन् । तथ्याङ्कलाई तालिका, स्तम्भ चित्र, वृत्त चित्रमा प्रस्तुत गरी प्रतिशत, औसत तथा सह–सम्बन्ध जस्ता मानहरु प्रयोग गरी व्याख्या र विश्लेषण गरिएको छ । सुपरिवेक्षणको वर्तमान अवस्थाको पहिचान गर्न स्थलगत अध्ययन अवलोकन फारमको माध्यमबाट विद्यालयका भौतिक अवस्थाको पहिचान गरिएको छ भने विद्यार्थी विवरण बाट विद्यार्थी चापको विश्लेषण गरिएको छ । यसैगरी विद्यालयको विद्यार्थी संख्या र शिक्षक दरबन्दी संख्याबाट शिक्षक विद्यार्थी अनुपातलाई विश्लेषण गरिएको छ । विद्यालयको निरीक्षक पुस्तिकामा उल्लेख भए अनुसार विद्यालय सुपरिवेक्षणसँग सम्वन्धित सरोकारवालाहरुले वर्षभरीमा विद्यालय निरीक्षण गरिएको पटकको गणना गरिएको छ । प्रश्नावलीहरुको माध्यमबाट विद्यालय सुपरिवेक्षणको वर्तमान अवस्था पहिचान गर्न जि.शि.अ.,वि.नि, श्रोतव्यक्ति, वि.व्य.स. पदाधिकारीहरु, प्र.अ. र शिक्षकहरुको प्रतिक्रियाको विश्लेषण गरिएको छ । विद्यालय सुपरिवेक्षणको प्रभावकारिता अध्ययनको सिलसिलामा शिक्षक र प्र.अ.को सह–सम्बन्धको गुणाङ्क गणना गरिएको छ भने सुपरिवेक्षणले शिक्षण सिकाइमा पारेको प्रभावको अध्ययन गर्न परीक्षाको नतीजालाई प्रभावकारी सुपरिवेक्षण सँग तुलना गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/1674 | |
| dc.publisher | सुकुना बहुमुखी क्याम्पस, शैक्षिक योजना तथा व्यवस्थापन विभाग, इन्द्रपुर, मोरङ | en_US |
| dc.subject | विद्यालय सुपरिवेक्षण | en_US |
| dc.subject | मोरङ | en_US |
| dc.title | विद्यालय सुपरिवेक्षणको प्रभावकारिता (Bidhyalaya suparikshyanko prabhavkarita) | en_US |
| dc.type | Thesis | en_US |
