सामुदायिक विद्यालयमा महिला शिक्षकहरुको अवस्था {Status of Female Teachers in Community Schools}
| dc.contributor.author | सापकोटा Sapkota, ओमनाथ Omnath | |
| dc.date.accessioned | 2022-12-12T03:56:07Z | |
| dc.date.available | 2022-12-12T03:56:07Z | |
| dc.date.issued | 2013 | |
| dc.description.abstract | प्रस्तुत अध्ययन सामुदायिक विद्यालयमा महिला शिक्षकहरुको अवस्था शीर्षकमा गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयमा महिला शिक्षकहरुका े अवस्था पत्ता लगउनु रहेको छ । यो अध्ययन मूलतः गुणात्मक ढाँचामा तयार पारिएको छ । अध्ययनमा लाम्पन्टार गा.वि.स.का १० सामुदायिक विद्यालयहरुबाट उद्देश्यात्मक नमूना छनोट विधिको प्रयोग गरी १०जना महिला शिक्षकहरु सहित प्रधानाध्यापक, पुरुष शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि र अभिभावकहरुको सहभागिता थियो । यस अध्ययनमा प्राथमिक र द्वितीय दुवै स्रोतहरुको प्रयोग गरी विद्यालय सर्वेक्षण फाराम, अन्तर्वार्ता प्रश्नावली, दस्तावेज पुनरावलोकन र डायरी टिपोट जस्ता साधनहरुको सहायताले तथ्याङ्क संकलन गरिएको थियो । अध्ययन अनुसार समग्रमा निर्धारित तहको अध्यापनका लागि आवश्यक न्युनतम योग्यता नपुगेका शिक्षकहरु कोही पनि पाइएनन् भने न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको शैक्षिक योग्यता भएका शिक्षकहरुको संख्या अभिकतम् रहेको देखाएको छ । शैक्षिक तालिमको हकमा नेपाली विषयमा विशिष्टिकरण गर्ने शिक्षकहरुको संख्या अधिक पाइयो तर गणित विषयमा भने कुनै पनि शिक्षकहरु विशिष्टिकरण हाँसिल गर्ने पाइएन । शैक्षिक तालिमको हकमा सवै महिला शिक्षकहरु तालिम प्राप्त पाइए भने शैक्षिक विशिष्टिकरणको हकमा नेपाली विषयमा भने कुनै पनि शिक्षकहरु विशिष्टिकृत भएको पाइएन । अध्ययनमा अधिकांश सरोकारवालाहरु महिला शिक्षकहरु सहनशील, धैर्य, संयमी र आपसी सह–सम्बन्ध सुमधुर राख्ने खालका, मिहनेती, लगनशील, व्यवहारिक र नियमित हुन्छन् भन्ने विषयमा सकरात्मक र सहमत रहेको थियो । त्यसैगरी विषयवस्तु को प्रस्तुतिकरण पुरुषको भन्दा राम्रो हुने र पुरुष हुँदैमा विषयवस्तुको प्रस्तुतिकरण महिलाको भन्दा कमसल हुने भन्ने नहुने देखियो । महिला शिक्षकहरुको वर्तमान अवस्थामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुमा महिला शिक्षकहरुको संख्या वृद्धि गर्न समानताका े आधारमा महिला शिक्षकहरु नियुक्ति गर्नलाई विशेष नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यसैगरी विद्यालयमा छात्रा भर्नादरलार्इ वृद्धि गर्ने विशेष कर्यक्रम तय गर्नलार्इ थप नीतिगत व्यवस्था गर्नुपर्छ । पुरुष र महिला शिक्षकबीचको लै ङ्गिक समतामूलक शैक्षणिक वातावरणको व्यवस्था गर्नमा जोड दिनुपर्छ । विद्यालय सम्बद्ध स्थानीय सरोकारवालाहरुमा महिला शिक्षकहरुप्रति सकरात्मक भावना सिर्जना र वृद्धि गर्न जनचेतना अभिवृद्धिका कार्यक्रमहरु तय गरी कार्यान्वयनका े लागि आवश्यक तालिम, गोष्ठी, सेमिनार तथा थप प्रशिक्षणको व्यवस्था गर्न आवश्यक छ । सरकारी नीति तथा कार्यक्रममा नै योग्य र दक्ष महिला शिक्षकहरु नियुक्ति गर्ने व्यवस्थालाई प्राथमिकता दिनु पर्दछ । सामुदायिक विद्यालयहरुका माध्यमिक तहमा महिला व्यवस्थालाई प्राथमिकता दिनु पर्दछ । सामुदायिक विद्यालयहरुका माध्यमिक तहमा महिला शिक्षक संख्या न्यून भएका े ले दक्ष महिला शिक्षकहरु नियुक्ति गर्ने व्यवस्थालाई प्राथमिकता दिनु पर्दछ । सामुदायिक विद्यालयहरुका माध्यमिक तहमा महिला शिक्षक संख्या न्यून भएकोले दक्ष र योग्य महिला शिक्षकहरु थप गर्दै लैजाने नीति अवलम्बन गर्नलाई सो अनुरुप आवश्यक कार्यन्वय प्रयिक्रिया अवलम्बन गर्नु पर्ने देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/13610 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय | en_US |
| dc.subject | सामुदायिक विद्यालय Community school | en_US |
| dc.subject | महिला शिक्षक Female teacher | en_US |
| dc.title | सामुदायिक विद्यालयमा महिला शिक्षकहरुको अवस्था {Status of Female Teachers in Community Schools} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
