पारिजातका कथामा प्रजाति, पर्यावरण र क्षण

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय नेपाली केन्द्रीय विभाग

Abstract

प्रस्तुत शोधकार्य पारिजातका कथामा भएको प्रजाति, पर्यावरण र क्षणको अध्ययनमा केन्द्रित रहेको छ । यसमा पारिजातका चारवटा कथासङ्ग्रहमा भएका पन्ध्रवटा कथालाई साहित्यको समाजशास्त्रअन्तर्गत हिप्पोलाइट तेनद्वारा प्रस्तुत प्रजाति, पर्यावरण र क्षणसम्बन्धी मान्यतका आधारमा विश्लेषण गरिएको छ । यसरी विश्लेषण गर्दा पारिजातका आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आासु, र वधशाला जाादा आउादा कथासङ्ग्रहमा रहेका कथामध्ये प्रजाति, पर्यावरण र क्षणको अधिकता भएका कथालाई प्रतिनिधि कथाका रूपमा लिइएको छ । यस शोधकार्यलाई पूर्णता दिनका लागि पााचवटा परिच्छेदमा व्यवस्थित गरिएको छ । प्रस्तुत शोधप्रबन्धको पहिलो परिच्छेदमा शोधपरिचय दिइएको छ । यस परिच्छेदमा आठवटा उपशीर्षकमा राखी शोधको परिचय दिइएको छ । यस क्रममा पहिलो उपशीर्षकमा विषयपरिचय दिइएको छ । त्यसपछि क्रमशः समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य, शोधको सीमाङ्कन, शोधविधि, विश्लेषणको ढााचा गर्दै अन्तिममा शोधको रूपरेखा दिइएको छ । यस शोधकार्यको दोस्रो परिच्छेदमा पारिजातका प्रतिनिधि कथतालाई प्रजातिका आधारमा विश्लेषण गरिएको छ । यस क्रममा विषयप्रवेश, सैद्धान्तिक अवधारणा, पन्ध्रवटा कथालाई पाठका उदाहरणसहित विश्लेषण गर्दै अन्त्यमा निष्कर्ष दिइएको छ । यस शोधकार्यको तेस्रो परिच्छेदमा पारिजातका कथालाई पर्यावरणका आधारमा विश्लेषण गरिएको छ । यसमा विषयप्रवेश, सैद्धान्तिक अवधारणा, पारिजातका कथालाई पाठका साक्ष्य प्रस्तुत गर्दै विश्लेषण गर्दै अन्त्यमा निष्कर्ष निकालिएको छ । यस शोधकार्यको चौथो परिच्छेदमा पारिजातका कथालाई क्षणका आधारमा विश्लेषण गरिएको छ । यसमा विषयप्रवेश, सैद्धान्तिक अवधारणा, पारिजातका पन्ध्रवटा कथालाई पाठका दृष्टान्तका आधारमा विश्लेषण गर्दै निष्कर्ष दिइएको छ । यस शोधकार्यको पााचाौ परिच्छेदमा सारांश तथा निष्कर्ष रहेको छ । यसमा सारांश खण्डमा शोधलाई कसरी व्यवस्थित गरिएको छ भन्ने कुरा खुलाइएको छ भने निष्कर्षमा यस शोधको मूल समस्यामा केन्द्रित भई आएको निष्कर्षलाई व्यवस्थित गरिएको छ प्रस्तुत शोधप्रबन्धको पहिलो शोधसमस्या पारिजातका कथामा प्रजातिगत पक्षको के कस्तो चित्रण पाइन्छ ? भन्ने रहेको छ । यस समस्यामा केन्द्रित भएर दोस्रो परिच्छेदमा घ विश्लेषण गरिएको छ । यस अध्ययनबाट पारिजातका कथामा नेपालमा रहेका आर्य प्रजातिलाई भन्दा मङ्गोल जातिको प्रजातिगत विशेषतालाई केन्द्रमा राखिएको देखिन्छ । यसमा मङ्गोल जातिका अनुवांशिक गुण, प्रजातिगत संस्कृति र लेखकीय प्रजातिको प्रभाव कृतिमा परेको देखिन्छ । मङ्गोल र आर्य प्रजातिका मानिसहरू आˆनो धर्म, संस्कृति र जीवनशैलीमा रमाएको कुरा पनि प्रस्तुत अध्ययनबाट स्पष्ट हुन्छ । यस शोधप्रबन्धको दोस्रो शोधसमस्या पारिजातका कथामा पर्यावरणको प्रयोग के कसरी गरिएको छ ? भन्ने रहेको छ । यस शोधप्रश्नको विश्लेषण प्रस्तुत अध्ययनको तेस्रो परिच्छेदमा गरिएको छ । यस अध्ययनबाट नेपालका ग्रामीण क्षेत्रमा वसोवास गर्ने मानिसहरूले सहर बजारमा आएर सङ्घर्ष गरेको पर्यावरणलाई केन्द्रमा राखिएको, पारिजातका कथामा भएका प्राकृतिक, सामाजिक र परिवेशले निर्मित मनोविज्ञानको चित्रण गरिएको तथा राणाकालीन र पञ्चायती व्यवस्थाले राजनैति, सामाजिक र आर्थिक पर्यावरणलाई सूक्ष्म रूपमा प्रभाव परेको देखिन्छ भन्ने निष्कर्ष निकालिएको छ । प्रस्तुत शोधकार्यको तेस्रो शोधसमस्या पारिजातका कथामा क्षणको कस्तो अवस्था देखाइएको छ ? भन्ने शोधप्रश्न रहेको छ । क्षणलाई प्रस्तुत शोधकार्यको चौथो परिच्छेदमा विश्लेषण गर्नमा केन्द्रित रहेको छ । यसको विश्लेषण गर्दा पारिजातले आˆनो युगमा घटेका घटना, देखेका, भोगेका व्यवहार र अनुभवलाई प्रस्तुत गरेको, राणकालीन र पञ्चायती शासनले पारेको प्रभावलाई क्षणका माध्यमबाट प्रस्तुत गरिएको, राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा कुनै पनि परिवर्तन नआएको अवस्थालाई क्षणका माध्यमबाट चित्रण गरिएको छ भन्ने निष्कर्ष निकालिएको छ

Description

Citation

Collections