उदार कक्षाेन्नतीले सिकाइ उपलब्धीमा पारेकाे प्रभाव { Udar kakshonnatile sikai upalabdhima pareko prabhab}

Date
2017
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोधसार उदारकक्षोन्नतीले सिकाइ उपलब्धिमा पारेको प्रभाव विषयक अध्ययनको मूख्यउद्देश्य उदार कक्षोन्नतीको कार्यन्वयनबाट सिकाइ उपलब्धिमा परेको प्रभावको लेखाजोखा गर्नु रहेको छ । यो अध्ययन मोरङ जिल्लाको केराबारी स्रोतकेन्द्रका ६ वटा विद्यालयका ६ जना वि.व्य.स. अध्यक्ष, ६ जना प्र.अ., १२ जना शिक्षकलाई नमुनाको रुपमा लिइएको छ । यस अध्ययनमा अवलोकन, छलफल, अन्तर्वार्ता प्रश्नावलीलाई सामुदायिक स्रोतका रूपमा र अध्ययन प्रतिवेदन, पुस्तक, जर्नल, अभिलेख अध्ययनलाई द्वितीय स्रोतको रूपमा प्रयोग गरिएको छ । यो अध्ययन परिमाणात्मक र गुणात्मक अनुसन्धान ढाँचामा तयार गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण गरिएको छ । तथ्याङ्कलाई अझ स्पष्ट पार्न स्तम्भ चित्र र प्रतिशत समेत उल्लेख गरी सैद्धान्तिक खाकासँग मेलखाने गरी प्रष्टसँग विश्लेषण गरिएको छ । यस अध्ययनमा उदार कक्षोन्नतीका लागि परिमार्जित पाठ्यक्रम २०५७ ले तोकेको मापदण्डहरु प्रयोगको अवस्थामा १२ जना शिक्षहरु मध्ये कक्षाकार्य गृहकार्यलाई प्रयोग गर्ने ८ जना (६६.६६%), परियोजना कार्यमा ६ जना (५०%), व्यवहार परिवर्तनलाई ४ जना (३३.३३%), सिर्जनात्मक कार्यलाई ८ जना (६६.६६%) र हाजिरिलाई १२ जना (१००%) ले प्रयोग गरेको देखिन्छ । अध्ययन क्षेत्रका सामुदायिक विद्यालयहरुमा प्राथमिक तह (१–३) मा विगत ३ वर्षको २०७०, २०७१ र २०७२ को जम्मा विद्यार्थी सङ्ख्या क्रमशः ५७२, ५४१ र ५४६ रहेके देखिन्छ । अध्ययन क्षेत्रभित्रका ६ वटा नमुना छनौटमा परेको विद्यालयहरुको प्राथमिक कक्षा (१–३) को २०७० सालको जम्मा विद्यार्थी सङ्ख्या ५७२ जना, जस मध्ये छात्रा २९८ (५०.०९%) र छात्र २७४ जना (४७.९०%) रहेको देखिन्छ । यहाँ भर्ना दर घटदै बढ्दै आएको छ भने सोहि कक्षाहरुमा विगत तिन वर्षमा कक्षा दोहो¥याउनेको संख्या क्रमशः ४४, ३६ र ३९ जना रहेको देखिन्छ । जस अनुसार २०७० सालमा दोहो¥याउने दर ७.६९ प्रतिशत थियो. भने २०७१ सालमा उक्त दर घटेर ६.६५ प्रतिशत र २०७२ सालमा कक्षा दोहो¥याउने दर बढेर ७.१४ प्रतिशत पुगेको देखिन्छ । त्यसै गरी विगत तिन वर्षको कक्षा छाड्ने दर २०७०,२०७१ र २०७२ मा क्रमशः ७.१६, ७.३९ र ७.१४ प्रतिशत रहेको छ । यो दर त्रमशः २०७० बाट २०७१ मा बढ्दै जानु नकारात्मक सुचकको रुपमा लिन सकिन्छ भने २०७१ बाट २०७२ मा केहि घट्नु सकारात्मक सुचकको रुपमा लिन सकिन्छ । यसका साथै सोहि शैक्षिक सत्रहरुमा विद्यार्थी उतिर्ण दर क्रमशः ९३.८२, ९३.८५ र ं९३.३७ प्रतिशत रहेको देखिन्छ । २०७० मा भन्दा २०७१ मा ०.०३ प्रतिशतले बढी र २०७१ मा भन्दा २०७२ मा ०.४८ प्रतिशतले घटी विद्यार्थी अनुतिर्ण भएको तथ्याङ्क छ । कक्षागत विद्यार्थी नमुना शैक्षिक सत्र २०७३ अनुसार नमुना विद्यालयको कक्षा एकमा औषत ३१.३ जना, कक्षा दुईमा २८.७ जना र कक्षा तिनमा औषत ३२.५ जना रहेको पाइयो । यी तीनवटै कक्षामा जम्मा ५५५ जना विद्यार्थी सङ्रख्या छ । उक्त सङ्रख्यालाई शिक्षक विद्यार्थी अनुपातमा हेर्दा १ः२६ जना औषत विद्यार्थी पर्र्न आएको देखिन्छ । सामुदायिक प्राथमिक विद्यालयहरुमा उदार कक्षोन्नतीले सिकाइ उपलब्धिमा पारेको प्रभाव सम्वन्धमा गरिएको यस अध्ययले विविध पक्षहरुको अध्ययन अवलोकन गर्दा निस्किएका निष्कर्षहरुलाई सुधार गर्न सबैलाई निम्नानुसार सुझावहरु दिइएको छ । पाठ्यक्रम निर्माण गरी नयाँ नीति र कायक्रम तयार भैसकेपछि त्यसलाई अघि बढाउन पर्याप्त पुर्वाधारको व्यवस्था गरेर मात्र कार्यक्रमलाई लागु गर्नुपर्ने । स्रोतव्यक्ति र विद्यालय निरीक्षकलाई विशुद्घ शैक्षिक परामर्शकर्ता र सहजकर्ताका रुपम खटाउनुपर्ने नीति अवलम्बन गर्नुपर्ने । जिल्ला शिक्षा कार्यालय र स्रोतकेन्द्रले केन्द्रको निर्देशन पालना गर्दै प्रभावकारी अनुगमन मूल्याङ्कन गरी दण्ड र पुरस्कारको समेत व्यवस्था गर्दै उदार कक्षोन्नती कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने । प्रभावकारी सुचना सञ्चारको माध्यमबाट अक्षर मापन प्रणालीमा फाईदा सम्बन्धमा अभिभावक, शिक्षक र विद्यार्थीलाई प्रष्ट पार्नु पर्ने । विद्यालय व्यवस्थापन समिति वास्तविक अभिभावकबाट छानिएको हुनुपर्ने, जिम्मेवार प्रशासकको रुपमा शैक्षिक कार्यक्रम र नयाँ नीतिहरु प्रति जानकारी राख्ने हुनुपर्ने, यसले विद्यालयमा उपलब्ध साधनलाई अधिकतम उपयोग गरी शैक्षिक र भौतिक वातावरण चुस्त दुरुस्त राखी उदार कक्षोन्नती गर्न उपयुक्त वातावरण तयार गर्नुपर्ने । प्रधानाध्यापकले बालमैत्री वातावरण विद्यार्थी केन्द्रिय शिक्षण विधिबाट निरन्तर मूल्याङ्कन र उदार कक्षोन्नतीलाई व्यवस्थित तरिकाले प्रयोग गरी बालकको सिकाईमा स्थायी परिवर्तन ल्याउनुपर्ने र उदार कक्षोन्नती प्रणालीबाट सिकाइ उपलब्धिको वृद्घि गर्नुपर्ने ।
Description
Keywords
उदार कक्षोन्नती Udar kakshounnati, सिकाइ उपलब्धी Sikai upalabdhi
Citation