प्राथमिक विद्यालयहरूको गणित विषयका सिकाइ उपलब्धिको अध्ययन {Prathamika Bidyalayaharuko Ganit Bisayaka Siksha Upalabdhiko Adhyayan}

dc.contributor.authorसापकोटा Sapkota, प्रेम Prem
dc.date.accessioned2022-07-21T05:43:30Z
dc.date.available2022-07-21T05:43:30Z
dc.date.issued2009
dc.description.abstractप्राथमिक विद्यालयहरुको गणित विषयको सिकाइ उपलब्धि अध्ययन शीर्षकमा याशोधपत्र तयार गरिएको छ । स्रोत केन्द भित्रका समूह विद्यालयहरुको परीक्षा व्यवस्थापन तथा सञ्चालन प्रक्रिया अध्ययन गन, गणित विषयको शैक्षिक उपलब्धि स्तर पत्ता लगाउन, सामुदायिक विद्यालय र संंस्थागत विद्यालयहरुको गणित विषयको उपलब्धि तुलना गर्न र उपलब्धिलाइ प्रभाव पार्ने तत्वहरुको अध्ययन गनमल उद्देश्य लिएको छ । यस अध्ययनको लागि सम्बन्धित साहित्यको सैद्धान्तिक खाकाहरुमा डेनियल स्टफवेलम र उनका साथीहरुले १९७१ मा उत्पादन मूल्यांकनसँग गरिएको सिद्धान्तमा आधारित गरिएको छ । क्रोनवाच, थोर्नडाइक, हेगन, प्यावलवले शैक्षण्कि मूल्यांकन रमापनमा ज.ब.रा. स्वयमप्रकाश २०६१ उद्धृत गरेका कुराहरु लिएको छ । नेपालका शैक्षिक विकासको क्रममा जुद्ध शमशेरको शिक्षा इख्तियारदेखि २०६५ सालसम्मको शिक्षाका पाठयक्रम र मूल्यांकन प्राप्त गरेका कुराहरु; विभिन्न समयमा उपलब्धि परीक्षा सम्बन्धित गरिएको शोधपत्र (अप्रकाशित), शिक्षा सम्बन्धी शैक्षिक अनुसन्धान अन्वेषण कन्द्रल सेरिडगरेको प्रतिवेदन, शिक्षा सेवा आयोग, शिक्षा परियोजना, योजनाले गरेका अनुसन्धानहरुलाई, शिक्षाको मापन र मूल्यांकन सम्बन्धित पाठ्रय सामग्रीहरुलाई आधार मानिएको छ । साहित्यको पुनरावलोकनमा गणित विषय सम्बन्धी उपलब्धिलाई प्रभाव पानतत्वहरु । उपलब्धिस्तर, उपलब्धि न्यून हुनुका कारणहरुका लागि यसभन्दा अघि गरिएका अनुसन्धानकर्ताहरुको अप्रकाशित शोधपत्र, लेखहरु रहेका छन । खासगरी नेपालको विभिन्न परिस्थिति, भौगोलिक अवस्था, लैङ्गिक स्थिति, जातीय सांस्कृतिक परम्परा, धर्म सामाजिक परिस्थिति, परीक्षाको औजार, परीक्षा व्यवस्थापन अवस्था, उत्तरपुस्तिका परीक्षण पद्धति रनीतिगत कुराहरुले कुराहरुले उपलब्भिमा न्यून दखाएको पाइयो । यसअनुसन्धानमाप्राथमिक विद्यालयहरुको गणित विषयको सिकाइ उपलब्धिको अवस्था कस्तो रहेको भन्नकालागि इलाम जिल्लाको करकोक स्रोत केन्द्रको ३ वटा सामुदायिक, ३ वटा संस्थागतविद्यालय छनोट गरिएको । प्राथमिक स्रोतमा २०६२, २०६३ र २०६४ सालका विद्यालयस्तर, जिल्लास्तर र स्रोतकेन्द्र स्तरको नतिजा रेकर्ड द्वितीय स्रोतको रुपमा अन्तर्वार्ता, प्रश्नावली, भेटवार्ता गरी तथ्याङ्कलाई गुणात्मक आधारमा व्याख्या विश्लेषणगरिएकोछ जसलाई तालिका, चार्ट र ग्राफमा राखिएको छ । प्राप्तिमा गािण्त विषयको सिकाइ उपलब्धिलाई बढाउनका लागि पूर्व प्राथमिक शिक्षाको व्यवस्था । घरमा अध्ययन गर्ने समयावधि विद्यालयमा उपस्थिति, विद्यार्थी शिक्षकअभिभावक सम्बन्ध संस्थागत विद्यालयमा राम्रो पाइयो । सामुदायिक विद्यालयहरुमा गणित विषयको उपलब्धि कम देखिएको तुलनात्मकरुपमा सामुदायिक विद्यालयको संस्थागत भन्दा कम रहेको पाइयो । यसको कारण संस्थागतमा बढी अभ्यास गरिनु, समय बढी दिइनु, अभिभावक सचेत रहेको तर सामुदायिक विद्यालयमा परीक्षा सञ्चालनमा उपयुक्त वातावरण नहुनु, प्रश्नपत्र निर्माण तथा विशिष्टीकरण तालिका प्रयोग नगरिनु आदि जस्ता कुराहरु देखियो । सामुदायिक विद्यालयतफ पूर्व प्राथमिक शिक्षाको रुपमा संचालन भएका बालविकास केन्द्र राम्रो बनाउनु पन, विषयवस्तुलाई समयमा अध्ययन अध्यापन गराइसक्नपर्ने, समय समयमा अनुगमन निरीक्षण सुपरीवेक्षण गरिनु पन, विद्यालयमा अभिभावकलाइ सहभागी गराउनु पर्ने, विद्यार्थी मूल्इांकन नियमित रुपमा गरिनु पर्ने, विद्यार्थीको प्रगति अभिभावकलाई दिन आवश्यक पर्ने, शिक्षकलाई समय सापेक्ष तालिमको व्यवस्था गरिनपर्ने, गणित विषयका शिक्षकहरुलाई क्षमता विकास गर्ने, परीक्षा सञ्चालनका लागि प्रश्नपत्र निर्माण मूल्यांकन सम्बन्धी तालिम दिइनु पर्ने, शिक्षण विधि सामग्री उपलब्ध गराइनु पर्ने जस्ता कुराहरु आवश्यक देखियो । यसरी यस अध्ययनको उद्देश्य तथा अनुसनधानको प्रश्नलाई पूरा गराउनका लागि शैक्षिक पक्ष, भौतिक पक्ष, आर्थिक पक्षमा सुृधार गर्ने पर्ने देखिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11978
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectप्राथमिक विद्यालय Prathamik bidyalayen_US
dc.subjectगणित विषय Ganit uplbdhien_US
dc.subjectसिकाइ उपलब्धि Sikai uplbdhien_US
dc.titleप्राथमिक विद्यालयहरूको गणित विषयका सिकाइ उपलब्धिको अध्ययन {Prathamika Bidyalayaharuko Ganit Bisayaka Siksha Upalabdhiko Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना वहुमुखी क्याम्पस इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
82.22 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
685.33 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: