कैलाली टीकापुरका मुक्त थारु कमैयाहरुको शिक्षामा पहुँच कम हुनुमा समाजशास्त्रीय अध्ययन {In the Education of freed Tharu Kamaiyas of Kailali Tikapur Sociological Studies on Lack of Access}

dc.contributor.authorज्ञवाली Gyawali, यज्ञ राज Yagya Raj
dc.date.accessioned2022-02-25T04:32:56Z
dc.date.available2022-02-25T04:32:56Z
dc.date.issued2007
dc.description.abstractयो शोधपत्र कैलाली टीकापुरका मुक्त थारु कमैयाहरुको शिक्षामा पहु“च कम हुनुको समस्यासंग सम्बन्धित रहेको छ । यो अध्ययन त्रिभुवन विश्वविद्यालय मानविकि संकाय समाजशास्त्र÷मानवशास्त्र विभाग वीरेन्द्रनगर बहुमुखी क्याम्पस अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक उद्देश्य परिपूर्तिका लागि तयार गरिएको छ । यस अध्ययनका उद्देश्यहरु मुक्त थारु कमैयाहरुको शिक्षामा पहु“च कम हुनुका कारणहरु पत्ता लगाउने, मुक्त थारु कमैयाका बालबालिकाहरुको शिक्षा शिक्षा प्रतिको धारणा पहिचान गर्ने र उनीहरुका अभिभावकहरुको शिक्षा प्रतिको धारणा पहिचान गर्ने रहेको छ । यस अध्ययनको लागि अध्ययन क्ष्ँेत्र छनौट गर्ने क्रममा टीकापुर नगरपालिका अन्तर्गत वडा नं. ७ रानीकुला शिविर वडा नं. ८ विजयनगर शिविर र वडा नं. ९ श्री शक्तिनगर शिवरि छनौट गरिएको थियो । किनभने यो क्षेत्र सदरमुकामवाट करिब ९५ कि.मी. टाढा रहेको छ । साथै यहा“ शैक्षिक स्तर कमजोर रहेकोले पनि यहा“ बसोबास गर्ने मुक्त थारु कमैया जातिहरुको अध्ययन गर्नु आवश्यक भएको हो । यस अध्ययनको लागि सम्बन्धित क्षेत्रका मुक्त थारु कमैयाका बालबालिकाहरु अध्ययन गर्ने ३ वटा सार्वजनिक विद्यालयलाई छनौट गरिएको थियो । यस अध्ययनमा प्राथमिक र द्धितीय स्रोतका तथ्यांकहरुलाई आधार बनाइएको छ । अभिभावक, बालबालिका, प्र.अ., कक्षाध्यापक, जि.शि.का., भूमि सुधार कार्यालय, टीकापुर नगरपालिका र मुक्त कमैयासंग कार्य गर्ने गैर सरकारी संस्थाहरुवाट उद्देश्यमुलक रुपमा प्रश्नावली अन्तरवार्ता सहभागितामुलक अवलोकन र छलफल विधिवाट तथ्यांक संकलन गरिएको थियो । यस अध्ययनवाट मुक्त थारु कमैया बालबालिकाहरुको विद्यालय सहभागिता न्युन रहेको बालबालिकाको विद्यालयमा नियमिततामा कमी रहेको र विद्यालय छोडने दर उच्च रहेको पाइयो । अभिभावकहरुको साक्षारता अवस्था चिन्ताजनक रहेको देखिन्छ । बालबालिकाहरुलाई घरेलु कार्यमा संलग्न हुनु परेको अभिभावकहरु दैनिक ज्यालादारी कामको खोजीका लागि रहनु पर्ने र शिक्षा प्रति उनीहरुको चेतनाको कमी रहेको पनि पाइयो । उक्त समस्याका कारक तत्वहरु बेरोजगारी, गरिबी र अशिक्षा रहेका छन् । उक्त समस्यालाई समाधान गर्न कमैया शिविरमा विद्यालय स्थापना गरि निशुल्क पढाई, कपी, किताब तथा खाजाको समेत व्यवस्था गर्ने सरकारलाई दबाव सिर्जना गर्नुपर्ने, युवा तथा प्रोढका लागि अनौपचारिक शिक्षा कार्यक्रम, सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा सञ्चालन गर्नु पर्ने, मुक्त थारु कमैयाहरुलाई तरकारी खेती, पशुपंक्षी पालन, सिलाई कटाई, रेडियो मर्मत र फर्नीचर निर्माण आदि आयमुलक तालिम दिनु पर्ने चेतनामुलक कार्यक्रम (छलफल, पोष्टर, कार्टुन चित्र, सडक नाटक) अदि सञ्चालन गर्नु पर्ने । मुक्त कमैया बालबालिकाहरुलाई औपचारिक शिक्षामा सहभागी गराउन उपयुक्त शैक्षिक निति ल्याउनु पर्ने, निशुल्क सर्वसुलभ र अनिवार्य शैक्षिक कार्यक्रम ल्याउनु पर्ने, उनीहरुको लागि आवास र बसोबासको समस्या समाधान गर्नुपर्ने, बालबालिकाहरुको कक्षा छोड्ने र कक्षा दोहोराउने दर घटाउनु पर्ने मुक्त कमैयाहरुलाई शिक्षाको महत्व बारे जानकारी दिने उनीहरुका बालबालिकाहरुलाई विद्यालयमा समानतापूर्ण व्यवहारको अनुभूति दिनु पर्ने जस्ता समस्याको समाधान गर्न सकेमा शिक्षाको पहु“चमा देखिएको न्युनता वृद्धि गर्न सकिन्छ भन्ने कुराको सुझावहरु शोध पत्रमा समावेश गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8504
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र संकायen_US
dc.subjectसमाजशास्त्रीय अध्ययन Sociological studiesen_US
dc.subjectमुक्त कमैया Mukta Kamaiyaen_US
dc.titleकैलाली टीकापुरका मुक्त थारु कमैयाहरुको शिक्षामा पहुँच कम हुनुमा समाजशास्त्रीय अध्ययन {In the Education of freed Tharu Kamaiyas of Kailali Tikapur Sociological Studies on Lack of Access}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleवीरेन्द्रनगर बहुमुखी क्याम्पस, सुर्खेतen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
92.56 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
334.74 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections