देवकोटाका खण्डकाव्यमा रसविधान

dc.contributor.advisorलीलानाथ पौडेल
dc.contributor.authorरोकाय, सर्पराज
dc.date.accessioned2026-06-26T04:56:20Z
dc.date.available2026-06-26T04:56:20Z
dc.date.issued2021
dc.description.abstract१. विषयपरिचय लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको सृजनामा चार दशक (१९९६–२०१६) अवधिसम्म सक्रिय रहेका छन । उनले कविता, निबन्ध, कथा, नाटक र समालोचना विधामा कलम चलाएका छन । कविता विधामा उनका खण्डकाव्यहरू पनि चचित रहेका छन । उनका खण्डकाव्यमा विशेषतः स्वच्छन्दतावादी, प्रगतिवादी एवम मानवतावादी विचार पाइन्छ । उनका खण्डकाव्यमा विभिन्न रसको प्रयोग गरएको छ र यस शोधकार्यमा रस प्रयोगका प्रतिनिधिमूलक खण्डकाव्यका रूपमा मुनामदन, राजकुमार प्रभाकर, लूनी र मायाविनी सर्सी लिइएको छ र ती खण्डकाव्यहरूमा अभिव्यक्त रसतत्वको विवेचनामा प्रस्तुत शोधप्रबन्ध केन्द्रित छ । २. शोधको उद्देश्य तल उल्लिखित शोध प्रश्नहरूको समाधनको खोजी गर्नु नै प्रस्तुत अध्ययनको उद्देश्य हो । अध्ययनका विशिष्ट उद्देश्यहरू निम्न छन ः (क) मुनामदन खण्डकाव्यमा अङगी र अङगरसको निरूपण तथा विवेचना गर्नु । (ख) राजकुमार प्रभाकर खण्डकाव्यमा अङगी र अङगरसको निरूपण तथा विवेचना गर्नु । (ग) लूनी खण्डकाव्यमा अङगी र अङगरसको निरूपण तथा विवेचना गर्नु । (घ) मायाविनी सर्सी खण्डकाव्यमा अङगी र अङगरसको निरूपणतथा विवेचना गर्नु । प्रस्तुत देवकोटाका खण्डकाव्यमा रसविधान शीर्षकको शोधप्रबन्धक कार्यमा केन्द्रित नेपाली साहित्य कृतिको आत्माका रूपमा रहेको रसलाई आधार बनाएर विभिन्न पुस्तकालयबाट सङकलन गरिएका सामग्रीहरूको आधारमा नै भरतमुनि देखि वर्तमान सम्मका रससिद्धान्त मान्यतालाई आधार बनाई छनोट गरिएका प्रतिनिधिमूलक खण्डकाव्यहरूको अङगी र अङगरसको निरूपण तथा विवेचना गर्नु रहेको छ । मुनामदन खण्डकाव्य नेपाली साहित्यका क्षेत्रमा प्रकाशित भएका कृतिहरूमध्ये सबैभन्दा उत्कृष्ट रस्वादन भएको कृति हो । यसमा रससिद्धान्तका मूलमान्यतालाई अङगाली कान्तिपुर सहरमा बसोबास गर्ने मदनको पारिवारिक अवस्थाको चित्रणमा केन्द्रित छ । आर्थिक अवस्था सुधार गन र आमाका पाटी पौवा बनाउने सपनालाई पूरा गर्नका लागि ह्लासाबाट धन कमाएर घर आउँदा मुनाको मृत्यु भइसकेको र आमाको अन्तिम अवस्था रहेको छ । केही समयछि आमाको मृत्यु भइसकेपछि विरक्तिएको मदनको पनि मृत्यु हुन पुग्दछ र यस खण्डकाव्यको अङगी रस करुण सलबलाएको छ । त्यस अङगीरस करुणलाई रसावस्थामा पुयाउन शृङगार, भयानक, अदभुत, वीर र शान्त रसले सहयोग गरेका छन । राजकुमार प्रभाकर खण्डकाव्यमा प्रमुख पात्रका रूपमा राजकुमारले आफ्नो घरपरिवार छाडेर जङगलमा सिकार खेल्न जाँदा एउटा सुन्दरीसँग लामो समयसम्म भोगविलासमा बिताएका छन । यसमा मुख्य अङगीरस शान्त आएको छ । राजकुमार बसेको शान्त र सुन्दर महलले शान्तभाव प्रवाह गराएको छ । शान्त अङगी रसलाई रसावस्थामा पुयाउन शृङगार, वीर र भयानक रसले सहयोग गरेका छन । रसुवा जिल्लाको उत्तरी भागमा बसोबास गर्ने सेर्पा जातिको जीवनको चित्रणमा आधारित लूनी खण्डकाव्य पनि एउटा महत्वतपूर्ण हो । जसमा निम्न र उच्च वर्गका केटाकेटीको प्रेम प्रसङ्गसँग सम्बन्ध रहेको छ । लूनी चाङनाको एक अपसामा मायाप्रेमको बारेमा व्याख्या विश्लेषणमा आधारित भएकोले र अङगी रसका रूपमा शृङगार रस रहेको छ । त्यस रसलाई परिपाकमा पुयाउन वीर, रौद्र, करुण र वात्सल्यरसले सहयोग गरेका छन । मायाविनी सर्सी खण्डकाव्यमा वीर युलिसिसको समुन्द्री यात्रालाई लक्ष्यमा नै पुयाउने ध्येयका साथ अगाडि बढिरहेको छ । त्यस लक्ष्यलाई बिचैमा असफल बनाउने जादुगर्नी सर्सीको लक्ष्य पनि वीर युलिसिसका सामु सफल बन्न सकेको छैन । वीर युलिसिसले आफ्नो समुन्द्री यात्रालाई लक्ष्यमा न पुयाइ छाडेका छन । जसमा अङगीरसका रूपमा वीर रस छ र त्यसलाई परिपाक बनाउनमा अन्य भयानक, शान्त, हास्य र रौद्र अङगरसहरूले सहयोग गरेका छन । यी प्रतिनिधिमूलक रूपमा छनोट गरिएका खण्डकाव्यहरूको क्रमशः तत्वहरूको पनि विश्लेषण गरिएको छ । अन्त्यमा यस शोधकार्यको परिच्छेदगत तथा समग्र निष्कर्षलाई सातौँ परिच्छेदको उपसंहारमा समेटिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27080
dc.language.isone
dc.subjectनेपाली साहित्य
dc.subjectलक्ष्मीप्रसाद देवकोटाल
dc.titleदेवकोटाका खण्डकाव्यमा रसविधान
dc.typeThesis
local.academic.levelPh.D.
local.affiliatedinstitute.titleनेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
1.16 MB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections