गन्धर्व समुदायमा जीविकाको रणनीति (लेखनाथ नगरपालिका, कास्कीका गन्धर्वहरूको अध्ययन) {Livelihood Strategy in Gandharva Community (Study of Gandharvas of Lekhnath Municipality, Kaski)}

dc.contributor.authorबराल Baral, पवन Pawan
dc.date.accessioned2023-01-13T04:45:45Z
dc.date.available2023-01-13T04:45:45Z
dc.date.issued2014
dc.description.abstractप्रस्तुत अध्ययन गन्धर्वहरुको परम्परागत जीविकाको रणनीतिबाट वर्तमानको परिवर्तित जीविकाको रणनीतिको अध्ययनसँग सम्बन्धित रहेको छ । जसको विश्लेषणका लागि कास्की जिल्लाको ले.न.पा.का समग्र ४३ गन्धर्व घरधुरीको सर्वेक्षण गरी गुणात्मक र परिमाणात्मक दुवै तथ्याङकको सङकलन गरिएको छ । गन्धर्वहरूको जीविकाको रणनीतिको यस्तो परिवर्तन विशेषत बढदो शहरीकरण, औदयोगीकरण, शिक्षा र रोजगारका अवसरमा भएको वृद्धि र परम्परागत पेशा प्रतिको उदासीनताका कारण भएको देखिन्छ । विशेषतः यस्ता परिवर्तनले उनीहरुको जीविकाका लागि अवसर र चनौति दुव खडा गरेको पाइन्छ । अवसरका रूपमा अन्य पेशा अवलम्वनका लागि वातावरण बनेको देखिन्छ भने चुनौतिको रूपमा गन्धर्वहरूको परम्परागत जीविकाको पेशाको अस्तित्व नै खतराको स्थीतिमा रहेको देखिन्छ । परम्परागत जीविकाको पेशाले आफनो र परिवारको जीविका सञ्चालन गर्न धौधौ हुने अवस्थाले गर्दा वर्तमानमा उनीहरूमा आफनो परम्परागत पेशालाई रुपान्तरण गर्ने वा नयाँ पेशा अपनाउने बाहेक अरु कुनै विकल्प नरहेको देखिन्छ । ऐतिहाँसिक रूपमा हेर्दा गन्धर्वहरु जीविकाको लागि अरुको घरदैलोमा गई सारङगी र अर्वाजो बजाउँदै गीत गाउँदै माग्नुका साथै माछा मार्ने कामगरेको पाइन्छ । जसमध्ये कतिपयले आफूसँग भएका सिमित जग्गामा खेती कार्य पनि गर्दथे ।तर वर्तमानमा पुरानो पुस्ताका केही गन्धर्वहरू जीविकाका लागि परम्परागत पेशामा संलग्न रहेतापनि नयाँ पुस्ताका अधिकांश गन्धर्वहरु स्वेदेशी तथा वैदेशिक रोजगारी, कृषि, निर्माण तथाऔदयोगीक मजदुरी जस्ता कार्यमा संलग्न रहेका पाइन्छ । वर्तमानमा परम्परागत पेशाअपनाउने घरघुरीहरु मध्ये पनि जीविकाका लागि त्यसले मात्र अपर्याप्त भएका कारण आम्दानीका स्रोतहरूलाई विविधीकरण गर्न तफ लागेको पाइन्छ भने अन्य पेशा अपनाउने घरधुरीहरु पनि कनै एक पेशाले मात्र जीविकाका लागि पर्याप्त नभएका कारण घरधुरीका अन्य सदस्यहरू जीविकाका स्रोतको विविधीकरणमा संलग्न रहेको पाइन्छ । अर्थात एउटै घरधुरीका सदस्यहरु पनि परिवारको जीविकाको लागि भिन्न भिन्न पेशामा सलग्न रहेका पाइन्छ । जसले गर्दा समग्रमा गन्धर्व समदायको जीविकाको रणनीति क्रमशः सङक्रमणको अवस्था तर्फ उन्मुख रहेको छ भन्न सकिन्छ । जुन सङक्रमण परम्परागत जीविकाको रणनीतिबाट क्रमशः नया जीविकाको रणनीतिको रूपमा ज्यालादारी श्रमहरूको अवलम्वन तर्फ रहेको देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/14510
dc.language.isoen_USen_US
dc.publisherसमाजशास्त्र संकायen_US
dc.subjectगन्धर्व समुदाय Gandharva communityen_US
dc.subjectजीविकाको रणनीति Livelihood strategyen_US
dc.titleगन्धर्व समुदायमा जीविकाको रणनीति (लेखनाथ नगरपालिका, कास्कीका गन्धर्वहरूको अध्ययन) {Livelihood Strategy in Gandharva Community (Study of Gandharvas of Lekhnath Municipality, Kaski)}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
84.62 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(7).pdf
Size:
983.68 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections