दार्चुला जिल्लाका कक्षा पाचमा अध्ययनरत विद्यार्थीहरूको नेपाली उच्चारण क्षमता {Darchula Jillaka Kaksha Panchma Adhyayanrat Bidhyarthiharuko Nepali Uchcharan Kshamata }
| dc.contributor.author | सामन्त Samant, देबकी Debaki | |
| dc.date.accessioned | 2022-05-19T06:28:56Z | |
| dc.date.available | 2022-05-19T06:28:56Z | |
| dc.date.issued | 2019 | |
| dc.description.abstract | प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय नेपाली शिक्षाअन्तर्गतस्नातकोत्तर तह चौथो सत्रको नेपा.शि. ५४४ को आवश्यकता परिपूर्तिका निमित तयारपारिएको हो । प्रस्तुत अध्ययन क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरी दार्चुला जिल्लाकाकक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको नेपाली उच्चारण क्षमताको अध्ययनमा केन्द्रितरहेको छ । नमुना छनोटका आधारमा ५ वटा सामुदायिक र ५ वटा संस्थागत गरी जम्मा१० ओटा विद्यालयका १०० जना दार्चुलेली भाषी विद्यार्थीहरूको समग्रमा विद्यालय प्रकृतिकाआधारमा र लैङगिक आधारमा उच्चारण क्षमताको अध्ययन र विश्लेषण गरिएको छ ।प्रस्तुत अध्ययनमा विभिन्न आवश्यक सामग्री जुटाएर कक्षा पाँचमा अध्ययनरतविद्यार्थीहरूको नेपाली भाषा उच्चारण क्षमताको पहिचान गरिएको छ । यस क्रममाविद्यार्थीहरूको उच्चारण क्षमतालाई शुदधताका आधारमा जाँच गरी त्यसबाट प्राप्तपरिणामलाई प्रतिशताङक,मध्यमान र मानक विचलनद्वारा प्रस्तुत गरिएको छ । प्रस्तुत शोधपत्रका लागिसमग्र विद्यार्थीहरूको उच्चारण क्षमताको प्रतिशताङककास्थिति गणना गर्दा औसत अङक ४१.८ देखिनुले विद्यार्थीहरूको समग उच्चारण क्षमताराम्रो रहेको पाइन्छ । समग्र विद्यार्थीहरूको समग्र मध्यमानका आधारमा बहुसख्यकविद्यार्थीहरूको उच्चारण क्षमता समग्र मध्यमानभन्दा माथि रहेकोले विद्यार्थीहरूको उच्चारणक्षमता राम्रो रहेको पाइन्छ । लैङगिकताका आधारमा सम्पूर्ण छात्रहरूको मध्यमान३८.८ रसम्पूर्ण छात्राहरूको मध्यमान ४२.४ रहेकाले छात्राहरूको उच्चारण क्षमता केही मात्रामाउच्च रहेको देखिन्छ । छात्रहरूको मानक विचलन १३.९४र सम्पूर्ण छात्राहरूको मानकविचलन १२.७०रहेकाल यी दुइमा छात्रा विद्यार्थीहरूको उच्चारण क्षमता उच्च रहेकादेखिन्छ । सामुदायिक विद्यालयका विद्यार्थीहरूको मध्यमान ४२.४ र संस्थागत विद्यालयकाविद्यार्थीहरूको मध्यमान ४० रहेकाले संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयकाविद्यार्थीहरूको राम्रो रहेका देखिन्छ । सामुदायिक विद्यालयको मानक विचलन १२.५७ रसंस्थागत विद्यालयको मानक विचलन १४.५६ रहेकाले संस्थागत विद्यालयभन्दा सामुदायिकविद्यालयको दार्चुला जिल्लाका कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको उच्चारण क्षमतारामो रहेको देखिन्छ । यसरी उच्चारण क्षमतासँग सम्बन्धित विभिन्न प्रश्नहरूका आधारमा विश्लेषण गदाकक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको उच्चारण क्षमता राम्रो रहेको देखिन्छ । संस्थागतविद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरू तथा छात्र विद्यार्थीको भन्दा छात्राविद्यार्थीहरूको उच्चारण क्षमता राम्रो रहेको देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10457 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | Deparment of Nepali | en_US |
| dc.subject | विधार्थीहरू | en_US |
| dc.subject | नेपाली भाषा | en_US |
| dc.title | दार्चुला जिल्लाका कक्षा पाचमा अध्ययनरत विद्यार्थीहरूको नेपाली उच्चारण क्षमता {Darchula Jillaka Kaksha Panchma Adhyayanrat Bidhyarthiharuko Nepali Uchcharan Kshamata } | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
