डोटी बोगटान क्षेत्रमा प्रचलित देउडा गीतको वर्गीकरण, विश्लेषण र सङकलन{Doti Bogatan Kshetrama Prachalit Deuda Geetko Bargikaran, Bishlesan ra Sankalan}

dc.contributor.authorबोहराBohara, रामबहादुर Rambahadur
dc.date.accessioned2022-11-24T04:44:42Z
dc.date.available2022-11-24T04:44:42Z
dc.date.issued2012
dc.description.abstractयस शोधपत्रको पहिलो परिच्छेदमा राखिएका शोधपरिचय अन्तर्गत शोध शीर्षक,शोधार्थी, शोध प्रयोजन, विषय परिचय, समस्या कथन, शोधकार्यको उद्देश्य, पुर्वकार्यकासमीक्षा, शोधकार्यको औचित्य, यसको सीमा, शोध विधि र शोधपत्रको रूपरेखा आदिलशोधको मुर्ततालाई प्रष्टयाएको छ । त्यस्तै यसको दोस्रो परिच्छेदमा डोटी जिल्ला, बोगटानक्षेत्रको सामान्य परिचय दिइएको छ । यस क्रममा डोटी जिल्लाको नामाकरण, ऐतिहासिकसन्दभ, राजनीतिक विभाजन, भौगोलिक तथा प्राकतिक परिचय, सामाजिक परिचय, शैक्षिकअवस्था, धार्मिक तथा ऐतिहासिक स्थलहरूमा शैलेश्वरी मन्दिर र खप्तड राष्ट्रिय निकञ्जकापरिचय दिइएको छ । त्यस्त बोगटान क्षेत्रको भौगोलिक तथा ऐतिहासिक परिचय, प्रमुखदेवस्थलहरूमा केदार, माहन्याल मन्दिर र मालिका, प्रमुख खेतीपाती, झरना, नदीहरूमाभेल्छडा र नानीगाड नदी, उद्योगकला, लोक साहित्यिक विधाहरूमा लोकगीत, लोककथा,लोकगाथा, गाउँखाने कथा, लोक नृत्य र उखान टुक्काहरूको सामान्य परिचय दिइएको छ ।यहाँका प्रचलित संस्कारहरूमा जातकर्म, षष्ठीपजा, नामाकरण, अन्नप्राशन, चुडाकरण,व्रतबन्ध, विवाह र मृत्यु सस्कार रहेका छनभने चाडपर्वहरूमा बिसा, गङगादशाहारा, ओल्के,गौरापर्व, हरितालिका तिज, दस, तिहार, भुवाँ, माघेसंक्रान्ति र शिवरात्री रहेका छन । त्यहावर्णन गरिए अनुसार नेपालको सुदूरपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत पर्ने डोटी एउटा पहाडीजिल्ला हो । यसै जिल्लाको उत्तरी सीमानामा खप्तडको पश्चिमतिर अस्द्वाला गुफा, शैलावतीनदी र भेल्छडा झरना रहेका तिनवटा मालिका दवी, तामेश्वरी, गोलेश्वरी र नत्रेश्वरीका बिचभागमा हिन्दू संस्कार र प्राकृतिक सम्पदाले भरिपूण बोगटान क्षेत्र रहेको कुरा थाहा हुनआउँछ । यसै शोधपत्रको तेस्रो परिच्छेदमा देउडा गीतको सदधान्तिक परिचय प्रस्तुत गरिएकाछ । त्यसमा पनिदेउडा गीतको परिचय, परिभाषा, ऐतिहासिक पक्ष, यसको क्षेत्र र प्रयोग,देउडा गीतको संरचना अन्तर्गत कथ्य, भाषा, चरण वा पद, लय र भाका, छन्द आदिकापरिचय दिइएको छ । दउडा गीतको प्रयोजन अन्तर्गत आनन्दको अनुभव, अनुष्ठानकासम्पादन, समसामयिक लाकजीवनको अभिव्यक्ति, सामूहिक गायनको प्रयोग रअन्तर्हृदयकाकुराहरूलाई प्रष्फुटित गन इतिहास तथा सांस्कृतिको संरक्षण, सामाजिक, प्राकृतिक, धार्मिक महत्व रहेको छ । यस पक्षलदेउडाको विविध पक्षसँग नजिकिने अवसर दिएका छ । त्यसैगरीदेउडा गीतलाई सहभागिताका आधारमा एकल दोहोरी र सामूहिक, लय वा भाकाकाआधारमा ठाडी भाका र थेगो प्रयोगको भाका, विषयवस्तुका आधारमा सामाजिक विषयकागीत, ऐतिहासिक विषयका गीत, पौराणिक विषयका गीत, राजनीतिक विषयका गीत, प्रेमसम्बन्धी गीत, भाषका आधारमा विशुदध स्थानीय भाषा प्रयोगका गीत र अन्य तत्सम,आगन्तुक शब्द प्रयोगका गीत र रसका आधारमा शृङगाररस सम्बन्धी गीत, करुण रससम्बन्धी गीत, शान्त रस सम्बन्धी गीत, वीर रस सम्बन्धी गीत, अदभुत रस सम्बन्धी गीतगरी यसको वर्गीकरण गर्नुका साथै सहज उपलब्धी, मौखिक परम्परा अकृतिमता, स्वच्छन्दता,सामूहिक भाव भूमि, उपदेशात्मकता, प्रश्नोत्तर प्रवृत्ति, सङगीतमयता, प्रतीकात्मकता,लयात्मकता जस्ता विशेषताहरूको सामान्य परिचय दिइएको छ । देउडा गीत एकमनोरञ्जनपूर्ण मौखिक परम्परागत रूपमा लोक जीवनमा रहदै र मौलाउँदै आएको छन्दोवदधडोटेली भाषाको जुनसुक समयमा र जहाँ पनि गाइने नेपाली लोकगीत अन्तर्गतको ज्यादमहत्वपूर्ण विधा हो । प्रस्तुत शोधपत्रको चौथो परिच्छेदमा ‘डोटी बोगटान क्षेत्रमा प्रचलित देउडा गीतकावर्गीकरण र विश्लेषण’ गरिएको छ । यसको वर्गीकरण विषयवस्तुका आधारमा प्रेमप्रधान,सामाजिक, धर्म प्रधान, ऐतिहासिक, पौराणिक, प्रगतिवादी, ऋतुसम्बन्धी, उपदेशात्मक रप्रस्तुतीकरणका आधारमा एकल, दाहोरी र सामूहिकदेउडा गीत गरी तिनभागमा विभाजनगरिएको छ । त्यस्तै रसका आधारमा देउडा गीतलाइ शृङगारीक रसका गीत, वीर रसकागीत, करुण रसका गीत, अदभुत रसका गीत, रौद्र रसका गीत, हास्य रसका गीत, विभत्सरसका गीत, शान्त रसका गीत र भयानक रसका गीतका साथै लय वा भाकाका आधारमादेउडा गीतको वर्गीकरण, ठाडी भाका प्रयोगका गीत, डेढी भाका प्रयोगका गीत र थेगाप्रयोगका गीत गरी यसको वर्गीकरण गरिएको छ । देउडा गीतको विश्लषण तत्वगतमाभावात्मकता, लयात्मकता, छन्द प्रयोग, भाषाशैली रअलङकार प्रयोग र अर्थगत विश्लेषणमाअभिधार्थ, लक्ष्यार्थ र व्यङग्यार्थ रूपमा यसको विश्लेषण गरिएको छ । यसको विषयगतविश्लषण गर्दा परिचय तथा भलाकुसारी, आर्शिवाद, गालीगलौज, दुःख, प्रश्नात्तर, वादविवाद,महत्व, स्थान परिचय, चाडपर्वहरू प्राकृतिक चित्रण, स्थानीय जनजीवनको चित्रण गरी अलगअलग विश्लषण गरिएको छ । यसबाट डोटेली समाजमा देउडा गीतको विषय र क्षेत्र विस्तृत रहेको छ भन्न सकिन्छ । देउडा गीतमा विभिन्न किसिमका तत्व र शब्द शक्तिमा अभिधाथभन्दा पनि लक्ष्यार्थ र व्यङग्यार्थ अधिक रहनुका साथै असङख्य विषयवस्तु रहेको पाइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13141
dc.language.isoneen_US
dc.publisherDepartment of Nepalien_US
dc.subjectदेउडा गीतDeuda Geeten_US
dc.subjectलोक साहित्य Lok Sahityaen_US
dc.titleडोटी बोगटान क्षेत्रमा प्रचलित देउडा गीतको वर्गीकरण, विश्लेषण र सङकलन{Doti Bogatan Kshetrama Prachalit Deuda Geetko Bargikaran, Bishlesan ra Sankalan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleMahendra Multiple Campus, Nepalgunjen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
86.75 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
522.84 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections