कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको वाक्यगठन क्षमताको अध्ययन{Study of syntax ability of students studying in class VIII}

dc.contributor.authorशर्मा Sharma, संगिता देवी Sangeeta Devi
dc.date.accessioned2022-06-14T10:10:31Z
dc.date.available2022-06-14T10:10:31Z
dc.date.issued2022
dc.description.abstractप्रस्तुत शोधपत्र विद्यार्थीहरूको वाक्यगठन क्षमताको प्रायोगिक अध्ययनमा आधारित भएर तयार पारिएको हो । म्याग्दी जिल्लाको पाँचवटा सामुदायिक र पाँचवटा संस्थागत विद्यालयमा कक्षा आठमा अध्ययनरत प्रति विद्यालयका दसजनाका दरले एक सय विद्यार्थीहरूको वाक्यगठन क्षमताको अध्ययन गर्नु, लैङगिकताका आधारमा उनीहरूको वाक्यगठन क्षमताको तुलनात्मक स्थितिको अध्ययन गर्नु, विद्यालयको प्रकृतिको आधारमा विद्याथीहरूको वाक्यगठन क्षमताको स्थिति पत्ता लगाउनुलाई उद्देश्य बनाई प्रस्तुत शोधकार्य सम्पन्न गरिएको छ । समग्र विद्यार्थीहरूको वाक्यगठन क्षमताको अध्ययन गर्दा अति उच्च अङक प्राप्त गर्ने विद्यार्थीहरूको सङख्या धेरै रहेकाले समग्र विद्यार्थीहरूको वाक्यगठन क्षमता सबल रहेको देखिन्छ । मध्यमान र मानक विचलनका आधारमा उनीहरूको वाक्यगठन क्षमताको अध्ययन गर्दा मध्यमानभन्दा माथि र मध्यमानभन्दा तलको अन्तर चार प्रतिशत रहेकाले उनीहरूको वाक्यगठन क्षमता राम्रो रहेको देखिन्छ । लैङगिक आधारमा छात्रा विद्यार्थीमा राम्रो अङक प्राप्त गर्ने विद्यार्थीहरूको सङख्या धेरै रहेकाले समग्र विद्यार्थीहरूको वाक्यगठन क्षमता सबल रहेको देखिन्छ । मध्यमान र मानक विचलनका आधारमा छात्रा विद्यार्थीहरूको वाक्यगठन क्षमता एकरूपता पाइएको छ भने छात्र विद्यार्थीहरूको वाक्यगठन क्षमता मध्यम रहेको देखिन्छ । मध्यमान र मानक विचलनका आधारमा छात्र विद्यार्थीहरूको वाक्यगठन क्षमता सन्तोषजनक नै रहेको पाइएको छ । लैङगिक आधारमा समग्र विद्यार्थीहरूको वाक्यगठन क्षमताको अध्ययन गर्दा मानक विचलनका आधारमा हेर्दा छात्र विद्यार्थीहरूको तुलनामा छात्राहरूको मानक विचलन कमी रहेको कारणले उनीहरूको वाक्यगठन क्षमतामा एकरूपता रहेको पाइन्छ । सामुदायिक विद्यालयका विद्यार्थीको वाक्यगठन क्षमताको प्रतिशताङक अध्ययन गर्दा उनीहरूको वाक्यगठन क्षमता राम्रो रहेको छ । मध्यमान र मानक विचलनका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको वाक्यगठन क्षमता मध्यमानभन्दा तल अङक प्राप्त गर्ने विद्यार्थीहरूको सङख्या २३ अर्थात ४६ प्रतिशत रहेको छ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थीहरूको वाक्यगठन क्षमता सबल रहेको देखिन्छ । संस्थागत विद्यालयका विद्यार्थीको वाक्यगठन क्षमताको अध्ययन गर्दा सन्तोषजनक रहेको देखिन्छ । मध्यमान र मानक विचलनका आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको क वाक्यगठन क्षमताको अध्ययन गदा सन्तोषजनक देखिएको छ । विद्यालयका प्रकृतिका आधारमा विद्यार्थीहरूको वाक्यगठन क्षमतालाई हेदा संस्थागत विद्यालयका विद्यार्थीहरूको मानक विचलन र सामुदायिक विद्यालयका विद्यार्थीहरूको मानक विचलनको अन्तर ०.६९ रहेको छ । समग्र मानक विचलनभन्दा संस्थागत विद्यालयका विद्यार्थीहरूको मानक विचलन ०.३१ ले बढी रहेको छ भने समग्र मानक विचलनभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरूको मानक विचलन ०.३८ ले कम देखिन्छ । यसबाट प्रष्ट हुन्छ कि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीहरूको वाक्यगठन क्षमतामा एकरूपता तथा राम्रो भएको पाइएको छ । यसरी वाक्यगठनका विभिन्न पक्षहरूसँग सम्बन्धित विभिन्न प्रकारका प्रश्नहरूको आधारमा विश्लेषण गर्दा वाच्यमा विद्यार्थीहरूको वाक्यगठन क्षमता कमजोर रहेको देखियो भने वचनमा वाक्यगठन क्षमता राम्रो रहेको देखियो । त्यसैगरी काल, आदर, पुरुषमा वाक्यगठन क्षमता मध्यम रहेको देखियो । समग्र र मध्यमानका आधारमा विद्यार्थीहरूको वाक्यगठन क्षमता विश्लेषण गर्दा मध्यम रहेको पाइयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11222
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा संकायen_US
dc.subjectवाक्यगठन क्षमता Syntax abilityen_US
dc.subjectप्रायोगिक अध्ययन Experimental studyen_US
dc.titleकक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको वाक्यगठन क्षमताको अध्ययन{Study of syntax ability of students studying in class VIII}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All thesis.pdf
Size:
609.64 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: