थारु विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा प्रभाव पार्ने बाह्य तत्वहरुको पहिचान सम्बन्धी एक अध्ययन
| dc.contributor.advisor | राजन शर्मा | |
| dc.contributor.author | चौधरी, प्रभुनारायण | |
| dc.date.accessioned | 2026-03-30T06:51:12Z | |
| dc.date.available | 2026-03-30T06:51:12Z | |
| dc.date.issued | 2071 | |
| dc.description.abstract | नेपालमा उच्च माध्यमिक विद्यालयहरू अन्तर्गत पर्ने विशेष गरी तराईका जिल्लाहरूमा विगतका केही वर्षहरूमा शिक्षाशास्त्र सङ्कायमा अध्ययन गर्ने थारु विद्यार्थीहरूको सङ्ख्या उच्च रहेकामा हाल आएर अन्य सङ्कायहरूको तुलनामा कम रहेको छ । पूर्वाञ्चल विकास क्षेत्रभित्र पर्ने सुनसरी जिल्लाका न.पा. र गा.वि.स. अन्तर्गत पर्ने संस्थागत र सामुदायिक उच्च मा.वि.हरूमा थारु विद्यार्थीहरूको शैक्षिक अवस्था कस्तो रहेछ ? शैक्षिक उपलब्धिमा प्रभाव पार्ने तत्वहरू कुन कुन रहेछन् ? शिक्षा शास्त्र सङ्कायमा अध्ययनरत थारु विद्यार्थीहरूको विषयगत शैक्षिक उपलब्धि कस्तो रहेको छ ? आदि जस्ता अवस्थाहरू पत्ता लगाई समाधान गर्नुपर्ने आवश्यकता देखिएको हु“दा थारु विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा प्रभाव पार्ने बाह्य तत्वहरूको पहिचान सम्बन्धी एक अध्ययन शीर्षकमा केन्द्रित भई अध्ययन गर्ने कोशिस गरिएको थियो । यस अध्ययनबाट थारु सम्बन्धी नीति निर्माता, योजनाकार, शिक्षाविद्, संघसंस्था, सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई उपयुक्त नीति निर्माण र योजना बनाउन सहयोग पु¥याउनुका साथै अन्य अनुसन्धानकर्ताहरूलाई आगामी दिनमा विशेष सहयोग पुर्याउन सक्ने भएकाले औचित्यपूर्ण मानिएको थियो । अध्ययनका उद्देश्यहरू उ.मा.वि.मा अध्ययनरत थारु विद्यार्थीहरूको शैक्षिक अवस्था पहिचान गर्नु, शैक्षिक उपलब्धिमा प्रभाव पार्ने बाह्य तत्वहरूको पहिचान गर्नु र शिक्षाशास्त्र सङ्कायमा थारु विद्यार्थीहरूको विषयगत उपलब्धिको लेखाजोखा गर्नु रहेको थियो । यसका लागि सुनसरी जिल्लाका इटहरी न.पा.का दुई संस्थागत उ.मा.वि. र चार गा.वि.स.का सामुदायिक उ.मा.वि.हरू सुविधायुक्त छनोट विधिबाट छनोट गरी परिमाणात्मक र गुणात्मक अनुसन्धान ढा“चाको माध्यमबाट प्राथमिक र द्वितीय तथ्याङ्कका स्रोतहरू उपयोग गरी अध्ययन गरिएको थियो । सामुदायिक उ.मा.वि.मा अध्ययन गर्ने थारु विद्यार्थीहरू वार्षिक परीक्षामा अधिकतम सङ्ख्यामा अनुत्तीर्ण भएका थिए । तुलनात्मक रूपमा अध्ययन गर्दा संस्थागत उ.मा.वि.मा अध्ययन गर्ने थारु विद्यार्थीहरूको उत्तीर्णदर र औसत प्राप्ताङ्क पनि बढी थियो । सामुदायिक उच्च मा.वि.का सम्बन्धित सरोकारवाला, अभिभावकहरूमा शिक्षाको चेतनाको कमी, गैर जिम्मेवारी उत्तरदायित्व, परिवारको सङ्ख्या ठूलो, बेरोजगारी भएर बस्नु, सामाजिक संस्कारमा अनावश्यक बढी खर्च गर्नु, भाषिक कठिनाई हुनु आदि जस्ता तत्वहरूले शैक्षिक अवस्था र विषयगत उपलब्धिमा प्रभाव पारेको थियो । उच्च मा.वि.मा अध्ययन गर्ने थारु विद्यार्थीहरूको शैक्षिक अवस्थालाई माथि उकास्न शिक्षकहरूले पाठयोजना बनाई सरल र सहज ढङ्गले पढाउनु पर्ने, विद्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यार्थी र सरोकारवाला अभिभावक अनिवार्य उपस्थित हुनुपर्ने, उचित शुल्क निर्धारण गर्नुपर्ने, विद्यालयको शैक्षिक वातावरण एवम् भौतिक सुविधामा सुधार गर्नुपर्ने, गरिब तथा जेहेनदार थारु विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने जस्ता सुझावहरू उत्तरदाताहरूबाट प्राप्त भएको थियो । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26111 | |
| dc.language.iso | ne | |
| dc.subject | थारु | |
| dc.subject | माध्यमिक विद्यालय | |
| dc.title | थारु विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा प्रभाव पार्ने बाह्य तत्वहरुको पहिचान सम्बन्धी एक अध्ययन | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.affiliatedinstitute.title | जनता बहुमुखी क्याम्पस | |
| local.institute.title | Faculty of Education |
