नयनराज पाण्डेका उपन्यासमा पर्यावरण

dc.contributor.advisorनारायणप्रसाद गडतौला
dc.contributor.authorशर्मा, विष्णुदेवी
dc.date.accessioned2026-06-29T10:25:32Z
dc.date.available2026-06-29T10:25:32Z
dc.date.issued2025
dc.description.abstractप्रस्तुत शोधप्रबन्ध ‘नयनराज पाण्डेका उपन्यासमा पर्यावरण’ शीर्षकमा सम्बद्घ रहेको छ । पाण्डेका उपन्यासमा मानव र मानवेतर पर्यावरणको प्रभाव व्यापक देखिए पनि हालसम्म पर्यावरण शीर्षकमा अनुसन्धान नभएकोले यसलाई नै समस्या मानी मानव र मानवेतर पर्यावरणबिच केकस्तो सम्बन्ध रहेको छ ? र पर्यावरणीय स्वच्छता र ग्राम्यता कसरी अभिव्यक्त भएको छ ? भन्ने दुई ओटा शोधप्रश्नमा आधारित भएर अध्ययन अगाडि बढेको छ । प्रस्तुत शोधप्रबन्धमा पाण्डेका उपन्यासलाई पर्यावरणीय माध्यमबाट अध्ययन गरिएको छ । प्रस्तुत शोधप्रबन्धमा प्राथमिक र द्वितीयक स्रोतका सामग्री सङकलन गरी गुणात्मक ढाँचामा संरचित, पुस्तकालयबाट सामग्री सङकलन गरी पाठात्मक विधिको प्रयोगसँगै सामग्रीको विश्लेषणबाट शोधप्रबन्ध तयार पारिएको छ । यहाँ ग्लोटफेल्टी र गोविन्दराज भट्टराईको पर्या साहित्य सिद्घान्तको पर्यावरणीय विषयको आधारमा तयार पारिएका कृति विश्लेषणका पर्याधारअनुकूल पाण्डेका उपन्यासमा सम्बद्घ पर्यावरणीय पक्षहकरूलाई खोज गरी विश्लेषण गरिएको छ । यस शोधप्रबन्धमा पर्यावरणको खोज गर्ने क्रममा मानव र मानवेतर पर्यावरण, पर्यावरणीय स्वच्छता र ग्राम्यताको अध्ययन गर्ने काम गरिएको छ । जसमा मानव पर्यावरणअन्तर्गत औद्योगीकरण, सहरीकरण, युद्घ, मानव संस्कृति, जाति र भाषिक प्रयोग त्यस्तै मानवेतर पर्यावरणअन्तर्गत पञ्चमहाभूत, पशुपक्षी र बोटविरुवा, स्वच्छता र ग्राम्यताका आधारमा विश्लेषण गरिएको छ । पर्यावरणका सन्दर्भमा मानव पर्यावरण र मानवेतर पर्यावरण दुवैको सन्तुलित उपयोगले दीर्घ विकास सम्भव रहेको हुन्छ । हरेक मानवले आफ्नो आवश्यकता परिपूर्तिका निम्ति प्रकृतिको उपयोग गर्ने क्रममा संरक्षण तथा संवद्र्घनमा पनि सजग रहनुपर्दछ । मानिसका आवश्यकताको पूर्तिका निम्ति प्राकृतिक संसाधनको अनियन्त्रित दोहन भएकाले प्राकृतिक सन्तुलन बिग्रन गई आएका अनेक समस्याले मानिसको मात्र नभई अन्य जीवजन्तु र वनस्पति समेतको बासस्थान लोप हुँदै गएका विषयलाई उपन्यासले देखाएका छ । उलार उपन्यासका पात्रहरूमा द्रौपदी, प्रेमललवा, कलुवा र राजेन्द्रराजजस्ता सक्रिय पात्रहरूसँगै तराई क्षेत्रको परिवेश त्यस्तै गरी सल्लीपिर उपन्यासमा छिरिङ, ग्याल्जेन, पेमा, दावा, धामीझाक्री, डोल्मा, फुर्वा पात्रसँगै परिवेशमा सोलुखुम्बु, सैलुङ डाँडा, हिमाल, खुम्बु, चिसो हिउँ, जुठो छयाङ, खुला आकाश, संस्कार संस्कति, तिब्बतको सीमाना, चौरी खर्क, पाखापखेरा गरी हिमालका क्षेत्रहरूको चित्रण र लू उपन्यासमा रामआधार, छेदीलाल, इलैया, रेडियोलाल, रामबक्स चौधरी जस्ता सक्रिय पात्रहरूसँगै नेपालगञ्ज, तराई क्षेत्रको गाउँघर, मुसलधारे पानी, तातो लू चलिरहेको, भिन्गा बजार र पत्थरपुरुवा जस्तो परिवेशलाई पर्यावरणका रूपमा लिइएको छ । जल, जमिन र बोटबिरुवा समाप्त भई बाढी पहिरोको प्रकोप बढेर विस्थापनको समस्या बढदै गएर पृथ्वीमा मानिस नै परिचयको सङकटमा पर्दै गएको यथार्थ अभिव्यक्ति पाइएको हुँदा मानवले आफ्ना दायित्वहरू पनि राम्रोसँग पूरा गर्नुपर्ने हुन्छ, जसले पर्यावरणीय पक्षमा सुधार आउँछ भन्ने कुरालाई स्पष्ट पारिएको छ । प्रकृति विनाशले निम्त्याएका पर्यावरणीय सङकटसँगै मानिसको जीवनशैली नकारात्मक अथात तनावग्रस्त हुँदै गइरहेको छ र पर्यावरणीय विनाशले मानव मात्र होइन, सम्पूर्ण पृथ्वीका जीवजन्तु, वनस्पति र पारिस्थितिक प्रणालीमा समेत विशेष असर पर्दछ । मानिसले पर्यावरणमाथि गरेका नराम्रा क्रियाकलापहरूका कारण आफू लगायत अन्य प्रकृतिमा बसोबास गर्ने पशुप्राणीहरूसमेत सङकटको अवस्थामा गुज्रिएका हुन्छन । पर्यावरणको संरक्षणले एक व्यक्ति मात्र नभई सिङ्गो समाज र राष्ट्र नै कायापलट हुने भएकोले र मानवको स्वास्थ्यस्तरमा सकारात्मक प्रभाव पर्ने भएकोले समयमा नै सचेतता अपनाउनुपर्ने कुरालाई प्रस्तुत शोधप्रबन्धले पुष्टि गरेको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27124
dc.language.isone
dc.subjectप्राकृतिक सन्तुलन
dc.subjectउपन्यास
dc.titleनयनराज पाण्डेका उपन्यासमा पर्यावरण
dc.typeThesis
local.academic.levelPh.D.
local.institute.titleCentral Department of Nepali

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
507.91 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections