काठमाडौं उपत्यकामा सहकारी संस्थामा आएको समस्याले सञ्चालकको सामाजिक सम्बन्धमा पारेको प्रभाव

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

कोहि सहकारी सञ्चालन गर्ने उदेश्यले, कोहि आफुले जानकारी नै नपाई, कोहि आफन्तले गर्दा, चिनजानका ब्यक्तिको विश्वास वा जानकारी नै नभई पनि सहकारीको सदस्य तथा सहकारीको सञ्चालक समितिको सदस्यको तथा महत्वपूर्णपदमा स्वइच्छामा आधारित कम र अरुको करकाप वा जानकारी बिना नै सदस्य बनेको पाईयो । त्यसै गरि सदस्यहरुद्धारा प्रजातान्त्रिक निर्वाचनः सहकारीले गर्ने साधारण सभामा नत पदाधिकारीले नत अन्य साधारण सदस्यले नै सहकारीको साधारण सभा भनेको साथी भाई, परिवार सहित जाने, खादा माला लगाउने र भोज खाने दिनको रुपमा मात्रै लिएको पाईयो । न कि साधारण सभा भनेको प्रजातन्त्रीक विधिबाट नेतृत्व छनौट, भावि योजनाको विषयमा छलफल गर्ने थलोको रुपमा । अन्तरवार्ता गरेका अधिकांश सहकारीको सञ्चालक समितिको बैठकमा कसरी फिक्स डिपोजिट बढाउने भन्ने कुरालाई केन्द्रमा छलफल हुने गरेको पाइयो । त्यसै शोधपत्रका लागि अध्ययन गरिएका ८ वटा समस्या ग्रस्त सहकारी मध्ये चार वटा सहकारीमा भएको आम्दानी कसरी, कहाँ कहाँ लगानी भएको छ भन्ने विषयमा खासै थाहा पनि नहुँने र बोर्ड सदस्यहरुले चासो पनि नराख्ने गरेको अध्ययनको क्रममा पाईएको छ । बाँकी चार वटा चारवटा सहकारीले राम्ररी काम गर्दा गर्दै पनि समस्याग्रस्त बन्न पुगेको पाईएको छ । समस्याग्रस्त भएका सबै सहकारी भित्र आर्थिक सहभागीता एकै प्रकारको भने थिएन भन्ने पाईयो । सहकारीको अर्को महत्वपूर्ण सिद्धान्तको रुपमा शिक्षा र तालिमलाइ लिने गरिन्छ । सिद्धान्तलाई फुटाएर शिक्षा र तालिमको एउटा पाटो र सूचना प्रवाहको अर्को पाटो गरेर हेर्न पर्ने हुन्छ । शिक्षा र तालिमको हकमा कुरा गर्दा शोधपत्र तयार गर्ने क्रममा अध्ययन गरिएका आठ वटा सहकारी मध्ये चार वटामा सहकारीमा मात्रै सञ्चालक समिति तथा साधारण सदस्यहरुलाई छढ लागि तालिम दिईएका पाइयो । बाँकी चारवटा सहकारीमा भने कर्मचारीहरुलाई कसरी डिपोजिट बढाउने भन्न्ने विषयलाई केन्द्रित गरेर अभिमूखी करणलाई नै तालिमको रुपमा लिने गरिएइको पाईएको छ । त्यसै गरि सूचनाको पक्षमा हेर्दा सहकारीहरुको साधारणसभा र सञ्चालक समितिको बैठकहरु नियमित नै भईरहेका तर, यसरी भएका बैठकमा तथा सभाहरुमा सञ्चालक समिति सदस्य र आम साधारण सदस्यले सहकारीले गरिरहेको काम, प्रगती वा अवनतिको विषयमा चासो, सरोकार नै नराख्ने गरेको पाईयो । जसको कारण सञ्चालक समिति सदस्य र आम साधारण सदस्यको पनि काम बैठक सभामा जाने, चिया खाजा, खाना खाने, पाए खादा माला लगाउने र साथी सर्कलका मानिसलाई भेटनेमा सिमित भएको पाईयो । सहकारीको एउटा सिद्धान्त अर्को सहकारीसँग पारस्पारिक सहयोगलाई लिने गरेको पाईन्छ । जसले प्रभावकारी रुपमा आफ्ना सदस्यहरुलाई सेवा पु¥याई स्थानिय, क्षेत्रिय, राष्ट्रिय अन्तराष्ट्रिय तहमै आ–आफ्ना कारोवारका दौरानमा प्राप्त गरेका अनुभवहरु आदान प्रदान मात्र नभई पारस्परिक लाभका लागि एक–अर्कालाई सघाउने उदेश्य राखेको हुन्छ । शोत्रपत्र तयार गर्ने क्रममा अध्ययन गरिएका आठ वटा सहकारी मध्ये चारवटा सहकारीले अन्य सहकारी सस्थासँग सहकार्य गरेको पाईयो । तर, सहकारीको सिद्धान्तले अपेक्षा राखेको विपरित ती सहकारीहरु अन्य सहकारीसँग सहकार्य गरेको कारण अर्को सहरकारी सस्थामा समस्या आउँदा आफनो सहरकारी राम्ररी चलाउँदा चलाउँदै पनि समस्याग्रस्त बन्न पुगेको अध्ययनमा पाईएको छ । स्वायत्तता र स्वतन्त्रता सहकारीको अर्को महत्वपूर्ण सिद्धान्तको रुपमा रहेको छ । जस अन्तरगत सरकारी संस्थाले सरकार वा सरकारका अन्य निकायहरु वा अरु संघसंस्थासँग मिलेर आपसी हितका लागी सम्झौता गर्न सक्छ । तर, यस्तो सम्झौताले सदस्यको हकमा आच आउनु हुदैन भन्ने मान्यता राख्ने गरिन्छ । सरकारी संस्थाहरुले आफूलाई आवश्यक पर्ने नीति नियमहरू देशको कानुनसँग नबाझिने हदसम्म तयार गरी परिचालन गर्न स्वतन्त्र रहन्छन । यसर्थ स्वायत्तता र स्वतन्त्रता सहकारीको मर्म भएकाले अन्तराष्ट्रिय सहकारी महासंघले यसलाई पालना गर्नु आवश्यक ठानेको हो । तर, शोधपत्र निर्माणको क्रममा भेटेका उत्तरदाता मध्ये धेरैले सरकारको नियमनकारी प्रणाली र राज्यमा आएको संकटका कारण सहकारीमा समस्या आएको कुरालाई जोड दिएका छन कतिपय अवस्थामा स्वयत्तता र स्वतन्त्रतालाई सहकारीका टण् सञ्चालकले आफनो मनलाग्दी तरिकाले कारोबार गर्नेसँग जोडेर लिएको पनि पाईन्छ । तर, सहकारीले गर्ने नीति नियम तथा क्रियाकलापको स्वन्त्रता तथा स्वयत्तता सहकारीका सम्पूर्ण सदस्यहरुको सामूहिक निर्णयका आधारमा संस्थाको स्वयत्तता र स्वतन्त्रता हो भन्ने कुरालाई बे वास्ता गरिएको पाईएको छ । संचालक समिति गठन गर्दा आफूखुशी गठन गरेको देखिन्छ । कसै कसैलाई भने बाध्यताले समितिमा राखेको पनि पाइएको छ । यसमा सामुहिक भावना कमजोर भएका कारण पनि सहकारीमा समस्या भएको देखिन्छ । पारिवारिक सदस्यहरुलाई नै जानकारी नदिइकन किर्ते गरेर समितिमा राखेर फसाएको पनि छ । त्यो पनि बिशेष समितिमा राखेको पाइएको छ । केहि व्यक्तिहरुको छुट्टै सामाजिक जीवनले गर्दा पनि समस्यामा परेको पाइएको छ । जस्तै ब्यापारीहरुलाईव्यापार व्यवसाय सचालनमा सहज वातावरण बनाउने हिसाबले समितिमा बस्न बाध्य भएको पाइन्छ । उनीहरुलाई समस्या पर्न दिन्न भन्ने जस्ता प्रलोभनमा परेर पनि समितिमा राखेको पाईएको छ । साथि भाइहरुको भनाइलाई नकार्न नसकेर पनि यो क्षेत्रमा होमिएको देखिएको छ । कुनै कुनै अवस्थामा समितिमा किन बसेको भन्ने पनि थाहा नैनभइ प्रमुख पदमा बसेको पनि पाइएको छ । व्यक्तिगत रुपमा सबैले आफ्नो मात्र फाइदालाई ध्यानमा राख्दा संस्था समस्यामा परेको देखिन्छ । कति संचालकहरुलाई थाहानै नदिइकन प्रकाउ पुर्जी जारि गरेको पनि पाइएको छ । बाहिरबाट हेर्दा सहकारी राम्रै चलेको देखिएता पनि भित्र भित्र समस्याग्रस्त्र भएको र आफुलाई थाहा नै नभएको सम्म संचालकहरु बताएका छन । धेरै जसो संचालक समितिका सबै सदस्यहरुलाई यसको बारेमा थाहा नै नभएको सम्म देखिन्छ । पारिवारिक जीवनमा परेको प्रभावः ब्यक्तिको नाममा जब प्रहरीले प्रकाउ पुर्जी जारी गर्यो । त्यस पछि उहाँहरुको दैनिकी लुकिछिपि र पारिवारिक कलह वा तनावमा वितिरहेको देखिन्छ । केहि व्यक्तिहरुलाई आफु पदमा नै भएको थाहा नहुदा किर्ते गरि पदमा राखेको अवस्थामा थाहा नै नभई तिन पुस्ते जानकारी सहित प्रकाउ पुर्जी जारी गर्दा अचम्ममा भएको बताउनु हुन्छ । केहि व्यक्तिहरुले आफुले चलाएको फोन समत परिवातन गरेको देखिन्छ । घरको वरिपरि नयाँ मान्छे आउँदा समत डराउने गरेको पाइएको छ । यहि अवस्थाले पारिवारिक सम्बन्ध पनि बिग्रिएको देखिन्छ । साथीभाइको सम्बन्धले पनि यसमा समस्या भएको पाइएको छ । पहिला सहज हुन्जेल नजिक हुने पछि फोन अफ गरेर फरार भएको पनि देखिन्छ । पक्राउ पुर्जि भन्ने नै गलत हो । टज्ञ सबै भन्दा ठूलो प्रभाव विना अपराध प्रहरीको पक्राउ पुर्जी पाएका सहकारी सञ्चालकको पेशा ब्यवसाय र सामाजिक जीवनमा परेको छ । प्रक्राउ पूर्जी जारी गरेपछि पारिवारिक, सामाजिक सबै क्षेत्रमा असर परेको छ । यो त एउटा मानसिक यातना हो,मान्छे डिप्रेसनको शिकार भई आत्महत्या सम्म गर्न पुग्ने अवस्था देखिएको छ । समाजमा जवाफ दिँदै हिडन पर्ने अवस्था आउँछ तब त्यो झन ठुलो समस्या बन्दै गएको पाइएको छ । ऋण खाएको भए सुन्दा पनि, भोग्दा पनि वरु ठिकै हुन्थ्यो होला तर अब के गर्नु, धेरै गाह्रो अवस्था छ । काठमाडौंको सम्पूर्ण ब्यापार ब्यवसायलाई चटक्कै छोडेर भारतको बाटो हुँदै अर्को देशमा बस्दै आएको समत देखिन्छ । जीवनको एउटा दैनिकी छाडेर लुक्न भाग्न परेको छ । जसको कारण सामाजिक, पारिवारिक अवस्था अप्ठयारोमा पुगेको छ । आफ्नो कारण परिवारले दुःख भोग्न परेको छ । दुःख गरेर संचालनमा आइ रहेको व्यवसाय लथालिङ छाडेर भाग्दै भारतको बाटो भएर बिदेशमा लुकेर परेको छ । प्रक्राउ पूर्जि र व्यक्तिगत र व्यवसायिक दुबै प्रकारको बंैक खाता रोक्का भएपछि संचालन गर्दै आएको सानो ठुला कम्पनी बन्द भइ सकेको छ ।

Description

Citation

Collections