लक्ष्मीप्रसाद पाठककाे जीवनी, व्याक्तित्व र कृतित्वकाे अध्ययन (Laxmiprasad Pathakako jeevani, vyaktitwa ra krititwako adhyayan)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली विभाग
Abstract
नेपाली साहित्यमा अनवरत रूपमा साहित्य क्षेत्रमा सेवारत साहित्यकार हुन् लक्ष्मीप्रसाद पाठक । वि.सं. २०५४ सालबाट साहित्य लेखनमा लागेका पाठकले वर्तमान समयसम्म आइपुग्दा कविता विधाका क्षेत्रमामात्र निकै उन्नति गरेका छन् । सरकारी जागिरे जीवन व्यतित गरिरहेका पाठकको निरन्तर साहित्यिक यात्रा अगाडि बढिरहेको छ ।
प्रस्तुत शोधपत्र साहित्यकार “लक्ष्मीप्रसाद पाठकको जीवनी, व्यक्तित्व र कृतितवको अध्ययन” विषयमा यथासक्य अध्ययन र उनका प्रकाशित कृतिहरूको अध्ययन र विश्लेषण गरिएको छ । यस क्रममा प्रस्तुत शोधपत्रलाई ६ परिच्छेदमा विभाजन गरिएको छ ।
यस शोधपत्रको पहिलो परिच्छेदको मूल शीर्षक शोधपरिचय राखिएको छ । यस अन्तर्गत शोधशीर्षक, शोधप्रयोजन, शोधपरिचय, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य, महत्व र उपयोगिता अध्ययनको सीमा सामग्री सङ्कलन विधि, शोधविधि, शोधप्रस्तावको रूपरेखा उपशीर्षकमा चर्चा गरिएको छ ।
दोस्रो परिच्छेदमा “लक्ष्मीप्रसाद पाठकको जीवनी” मूल शीर्षक अन्तर्गत पृष्ठभूमि, पारिवारिक पृष्ठभूमि, जन्म र जन्म स्थान, बाल्यकाल, शिक्षादीक्षा, विद्यार्थी जीवनका प्रमुख गतिविधिहरू, सँस्कारकर्महरूमा, छैटी, नामकरण अन्नप्रसान व्रतवन्ध, विवाह, कर्मक्षेत्रमा प्रवेश तथा सेवा, दाम्पत्य जीवन र पारिवारिक स्थिति, आथिर्क स्थिति कवि लक्ष्मीप्रसाद पाठकका अविस्मरणीय घटनाहरू रुची एवं स्वभाव, साहित्यिक लेखन प्रेरणा र प्रभाव, प्रकाशित पुस्तकाकार कृतिहरू, पुरस्कार तथा सम्मान, जीववन र साहित्य सम्बन्धी धारणा र निष्कर्ष उपशीर्षकका रूपमा रहेका छन् ।
तेस्रो परिच्छेदमा लक्ष्मीप्रसाद पाठकको व्यक्तित्वका विविध पक्षहरू मूल शीर्षकको रूपमा छ भने बाह्य व्यक्तित्व आन्तरिक व्यक्तित्व, साहित्यकार व्यक्तित्व, कवि व्यक्तित्व, राजनीतिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, धार्मिम तथा साँस्कृतिक व्यक्तित्व, साहित्यिक यात्रा उपशीर्षकको रूपमा आएका छन् ।
चौथो परिच्छेदमा नेपाली कविता साहित्य सिद्धान्त र विकासक्रम मूल शीर्षकको रूपमा आएको छ । यसमा कवितालाई सामान्य रूपमा चिनाउने प्रयास गरिएको छ । यसमा कविताको परिभाषा नेपाली कविताको विकासक्रम, त्यस विकासक्रमका आधारमा आउने विभिन्न काल तथा धाराहरूको चिनारी अनि त्यसधारा र कालमा उल्लेख्य योगदान पु¥याउने मुख्य स्रष्टा र उनका मुख्य कृतिहरूको चिनारी एवं उक्त काल र धारा तथा प्रवृत्ति कविताका तत्वहरूलाई देखाइएको छ ।
पाँचौ परिच्छेदमा लक्ष्मीप्रसाद पाठकका साहित्यिक कृतिहरूको अध्ययन र विश्लेषण मूल शीर्षकका रूपमा आएको छ । साहित्यिक यात्रा अन्तर्गत उनको समर्पण कविता सङ्ग्रह (२०६२) का कविताहरूको अध्ययन र विश्लेषण, श्रद्धा कविता सङ्ग्रह (२०६४) भित्रका कविता, ‘तर्क’ कविता सङ्ग्रह (२०७२) भित्रका कविताहरूको अध्ययन र विश्लेषण कविता सङ्ग्रहहरूमा प्रयोग भएका विषयवस्तु, भावविधान, लयविधान, बिम्ब, प्रतीक, दृष्टिविन्दु र भाषाशैली उपशीर्षकको रूपमा आएका छन् ।
यस शोधपत्रको अन्तिम तथा छैटौं परिच्छेदमा मूल शीर्षक उपसंहार र निष्कर्ष राखिएको छ । यस अन्तरगत उठान, कविता कृतिका आधारमा उपशीर्षक राखेर उनको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ भने अन्त्यमा निष्कर्ष उपशीर्षकमा उनको साहित्यिक यात्राको निष्कर्ष शोध गर्न सकिने सम्भावित शीर्षकहरूको चर्चा गरिएको छ । समग्रमा कवि पाठकका कवितामा माधव घिमिरेको जस्तो मिठासपूर्ण भाषा प्रयोग, देवकोटाको जस्तो प्रकृतिको सुन्दर वर्णन, लेखनाथको जस्तो छन्द प्रयोग, वालकृष्ण समको जस्तो पारिष्कार प्रयोग भएको पाइन्छ । उनलाई भाषिक सरलताका कविका रुपमा पनि चिन्ह सकिन्छ । शोधपत्रको समापन खण्डमा सन्दर्भ ग्रन्थसूची, परिशिष्ट राखेर शोधपत्रको अन्त्य गरिएको छ
