अर्थशास्त्र विषयकाे पाठ्यक्रम कार्यान्वयनकाे अवस्था
| dc.contributor.advisor | राजन प्र. शर्मा | |
| dc.contributor.author | भट्टराई, सरिता ( Bhattarai Sarita ) | |
| dc.date.accessioned | 2026-05-04T10:49:26Z | |
| dc.date.available | 2026-05-04T10:49:26Z | |
| dc.date.issued | 2072 | |
| dc.description.abstract | अर्थशास्त्र विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था विषयमा यो शोधपत्र तयार पारिएको छ जुन अध्ययन गर्नका लागि माध्यमिक तहको अर्थशास्त्र विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था, कार्यान्वयनमा देखिएका समस्याहरू र समस्या समाधानका उपायहरू पत्ता लगाउने उद्देश्य राखिएको छ । यस अध्ययनलाई सहज, सरल बनाउन एवम् माथि उल्लेखित उद्देश्य पूरा गर्नका लागि सुविधाजनक तथा उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा इटहरी स्रोतकेन्द्र अन्तर्गतका पा“चवटा सरकारी अनुदान प्राप्त गर्ने सामुदायिक विद्यालयहरूलाई छनोट गरिएको छ । छनोटमा परेका प्रत्येक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र स्रोतव्यक्तिस“ग अन्तर्वार्ता, प्रश्नावली, रुजुसूची, अवलोकन फारम, छलफल निर्देशिका जस्ता अनुसन्धान उपकरणहरूको प्रयोग गरी प्राथमिक तथ्याङ्क एवम् द्वितीय तथ्याङ्कमा विद्यालय अभिलेख, स्रोतकेन्द्र अभिलेख, पत्रपत्रिकाहरू तथा प्रकाशित पुस्तकहरूबाट प्राप्त तथ्याङ्कहरू सङ्कलन गरिएको छ । यसैक्रममा यसस“ग सम्बन्धित विभिन्न साहित्यको पुनरावलोकन, शिक्षा आयोगका प्रतिवेदन, शिक्षा सम्बन्धी पुस्तक, सन्दर्भ सामग्रीलाई सम्बन्धित साहित्यका रूपमा अध्ययन गरिएको छ । विद्यालयमा भएका शैक्षिक सामग्रीको अध्ययन गर्दा अर्थशास्त्र विषय सम्बन्धी शैक्षिक सामग्री विद्यालयमा उपलब्ध नरहेको पाइयो । अध्ययन गरिएका ५ वटा विद्यालयमध्ये श्री जनता उ.मा.वि. र कचना महादेव मा.वि.मा पाठ्यक्रम र शिक्षक निर्देशिका समेत रहेको पाइयो । अन्य विद्यालयहरूमा शिक्षक निर्देशिका र पाठ्यक्रमको अभाव रहेको पाइयो । श्री कचना महादेव मा.वि.मा पाठ्यपुस्तक समेत सबै विद्यार्थीहरूलाई पु¥याउन नसकेको प्रत्यक्ष अवलोकनबाट पाइयो । सम्पूर्ण विद्यालयहरूमा शिक्षक निर्देशिका र पाठ्यक्रम अनिवार्य रूपमा उपलब्ध हुनाले शिक्षण सिकाइ कार्य प्रभावकारी र सहज भई सिकाइमा प्रभावकारिता बढ्ने देखियो । अध्ययन गरिएका सम्पूर्ण विद्यालयमा पाठ्यक्रम कार्यान्वयनको अवस्था, कार्यान्वयनमा देखिएका समस्याहरू र समस्या समाधानका उपायहरू बारे अध्ययन गरिएको थियो । राज्य पक्षबाट नै शिक्षा नीतिमा सुधार गर्नुपर्ने, प्रत्येक विद्यालयमा पाठ्यक्रम र शिक्षक निर्देशिका अनिवार्य उपलब्ध हुनुपर्ने, विषयवस्तुस“ग सम्बन्धित शैक्षिक सामग्रीहरू विद्यालयमा अनिवार्य रहनु पर्ने जस्ता सुझावहरू उत्तरदाताहरूबाट प्राप्त भयो । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26605 | |
| dc.language.iso | ne | |
| dc.subject | अर्थशास्त्र | |
| dc.subject | पाठ्यक्रम | |
| dc.title | अर्थशास्त्र विषयकाे पाठ्यक्रम कार्यान्वयनकाे अवस्था | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.affiliatedinstitute.title | जनता बहुमुखी क्याम्पस |
