प्राथमिक विद्यालयहरुमा स्राेतकेन्द्र स्तरीय कार्यक्रमकाे प्रभावकारिता {Prathamik bidyalayharuma sroatkendra stariya karyakramko prabhavkarita}
dc.contributor.advisor | सन्ताेष कुमार बराल Santosh Kumar Baral | |
dc.contributor.author | कटुवाल, अन्जु Katuwa, Anju | |
dc.date.accessioned | 2024-12-03T09:24:31Z | |
dc.date.available | 2024-12-03T09:24:31Z | |
dc.date.issued | 2014 | |
dc.description.abstract | विद्यालयहरुमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउनको निम्ति शिक्षकहरुको नियुक्ति भएर मात्र पुग्दैन । यसको अलवा निरीक्षण, सुपरीवेक्षण, रेखदेख एवं विद् यालयहरुलाई सहयोग हुनुपर्दछ । यस कार्यको निम्ति नेपाल सरकारले विद् यालय निरीक्षणको सुरुवात परापूर्वकाल दे खि नै गरेको हो । विद्यालय निरीक्षण, कक्षा अवलोकन, अतिरिक्त क्रियाकलाप सञ्चालन, प्र.अ.बैठक आदि जस्ता कार्यहरु स्रोतव्यक्तिले प्रभावकारी रुपमा सञ्चालन गर्न सकेको खण्डमा मात्र विद्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्धि हुन्छ भन्ने कुरालाई मनन गर्दै यस शोधमा प्राथमिक विद्यालयहरुमा स्रोतकेन्द्रस्तरीय कार्यक्रमको योगदानको वारेमा अध्ययन गर्ने जमर्को गरिएको छ । पाठ्यक्रमले निर्धारण गरे अनुसार यस शोधपत्रलाई पाँच भागमा विभाजन गरिएको छ । पहिलो परिच्छेदमा परिचय, दोस्रो परिच्छेदमा सम्बवन्धित साहित्यको पुनरावलोकन, तेस्रो परिच्छेदमा अध्ययन ढाँचा, चौथो परिच्छेदमा तथ्याङ्कको प्रस्तुतिकरण तथा विश्लेषण र पाँचौँ परिच्छेदमा प्राप्ति निष्कर्ष सुझावहरु राखिएको छ । यस अध्ययनमा स्रोतकेन्द्रवाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारिता, स्रोतकेन्द्रस्तरीय कार्यक्रम कार्यन्वयन गर्दा दे खिएका समस्याहरु एवं कार्यक्रमहरुलाई प्रभावकारी वनाउने उपायहरु पत्ता लगाउने उद्देश्य राखिएको छ । यो शोध तयार गर्ने क्रममा अब्राहम मास्लोको अभिप्रेरणाको सिद्धान्तका े प्रयोग गरिनुका साथै नमुना छनौटको रुपमा छयासमिसे नमुना छनौट विधिको उपयोग गरिएको छ । यस शोधमा राखिएका उद्देश्यहरु पुरागरी निचोड निकाल्नका लागि संखुवासभा जिललाका ३ वटा स्रोतकेन्द्रहरु उक्त स्रोतकेन्द्र का स्रोतव्यक्ति, उक्त स्रोतकेन्द्र भित्र का १२ वटा विद् यालय, ६ जना प्र.अ., १२ जना शिक्षक एवं २४ जना विद्यार्थीहरुलाई नमुनाको रुपमा छनौट गरिएको छ । अध्ययनलाई पुरा गर्नका लागि आवश्यक सूचना एवं तथ्याङ्कहरुको संकलन गर्नेक्रममा प्रत्यक्ष स्रोतकेन्द्र र विद्यालयहरु अवलोकन, स्रोतव्यक्ति, प्र.अ., शिक्षक एवं विद्यार्थीहरसँग अन्गरवार्ता प्रश्नावली, समूह छलफल, अवलोकन फारम आदिका े माध्यमवाट स्थलगत सर्वेक्षण गरी निष्कर्ष निकालिएको छ । प्रस्तुत शोध तयार गर्ने क्रममा विभिन्न लेख, रचना, पुस्तक एवं सन्दर्भ सामग्रीहरुको दर्जनौ अध्ययन गरिनुका साथै परिच्छेद २ अन्तरगतको सम्बन्धित सााहित्यको पुनरावला े कन गर्ने क्रममा स्रोतकेन्द्र सँग प्रत्यक्ष सन्दर्भ जोडिएका ५ वटा सामग्रीहरुको विश्ले षण गरिएको छ । यसै गरी प्राप्त भएका तथ्याङ्कहरु मध्ये परिमाणात्मक लाई तालिका तथा चार्टमा र गुणात्मक लाई व्याख्यात्मक रुपमा विश्ले षण गरिएको छ । अध्ययनको परिणाम अनुसार सबै जसो स्रोतके न्द्रले स्र ोतके न्द्रस्तरीय कार्यक्रम सञ्चालन गर्ने गरेको अतिरिक्त क्रियाकलाप सबै विद् यालयहरुमा सञ्चालन गर्ने गरेको, पाठ् यक्रम, पाठ् यपुस्तक, सन्दर्भ सामग ्र ीहरु स्रोतकेन्द्र मार्फत विद् यालयहरुमा पु¥याउने गरेको पाइयो । स्रोतकेन्द्रस्तरीय कार्यक्रमहरुले विद् यालयको अवस्थामा सुधार गरेको भएता पनि नियमित रुपमा विद् यालय निरीक्षण हुन नसकेको, ६६, ६७% मा मात्र कक्षा अवलोकन भएको कक्षा अवलोन पश्चात ३८.८८% शिक्षकहरुसँग बसेर छलफल हुन नसके को अवस्था पाउनुका सार्थै स्रोतव्यक्तिहरुलाई स्रोतकेन्द्रस्तरीय कार्यक्रम सञ्चालन सम्बन्धि तालिमको अभाव भएको, उनीहरुलाई प्रदान गरिएको से वा सु विधा कामको आधारमा कम भएको कार्यक्रम भए नभएको निरीक्षण हुन नसके को, विषयगत स्रोतव्यक्तिहरु नियुक्ति गर्ने परिपाटी नभएको, स्रोतकेन्द्र स्तरीय कार्यक्रम सञ्चालन पश्चात जि.सि.कामा दिइएको प्रतिवेदन कार्यन्वयन हुन नसकेको आदि जस्ता कुराहरु समस्याको रुपमा पाइएको छ । त्यस्तै गरी आवश्यकताको आधारमा स्रोतव्यक्तिहरुलाई नियमित तालिमको व्यवस्था गर्नुपर्ने, आर्थिक सहुलियत र सुविधा थप गर्नुपर्ने स्रोतव्यक्तिको योग्यताको मापदण्डमा सुधार गरिनु पर्ने, विशुद्ध सुपरीवेक्षण नीति निर्माण गर्नु पर्ने, विषयगत स्रोतव्यक्तिहरु नियुक्ति गर्नु पर्ने, निरीक्षण प्रतिवेदनको कार्यन्वन हुनु पर्ने जस्ता कुराहरु समाधानको उपायको रुपमा प्राप्त भएको छन् । स्रोतकेन्द्र र स्रोतव्यक्तिको सन्दर्भमा रहेका उपर्युक्त समस्याहरु यस अध्ययनबाट पत्ता लगाईएका विषयवस्तुहरु ह ु न् । यी समस्याहरुलाई विस्तृत रुपमा अध्ययन गरी विद् यालय निरीक्षण कार्यलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ । साथै शिक्षकहरुको पेशागत दक्षता र विद् यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले खोलिएका स्रोतकेन्द्रमा रहेका स्रोतव्यक्तिहरुले विद् यालय निरीक्षण, कक्षा खष्ष् अवलोकन, नमुना पाठ प्रदर्शन गर्नुका साथै सबै विद् यालयहरुमा समान रुपले स्रोतकेन्द्रस्तरीय कार्यक्रम सञ्चालन गर्न सके को खण्डमा कार्यक्रमले थप योगदान पु¥याउन सक्छ भन्ने कुरामा अत्युक्ति नहोला । | |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/23310 | |
dc.language.iso | ne | |
dc.subject | प्राथमिक विद्यालय Prathmik bidyalay | |
dc.subject | विद्यालय निरीक्षण Bidyalay nirikshan | |
dc.title | प्राथमिक विद्यालयहरुमा स्राेतकेन्द्र स्तरीय कार्यक्रमकाे प्रभावकारिता {Prathamik bidyalayharuma sroatkendra stariya karyakramko prabhavkarita} | |
dc.type | Thesis | |
local.academic.level | Masters | |
local.affiliatedinstitute.title | बरुण बहुमुखी क्याम्पस, सँखुवासभा |