विद्यालयकाे शैक्षाणिक व्यवस्थापनमा प्रधानाध्यापक { Bidhyalayako saikshanik byabsthapanma pradhanadhyapak}
Date
2017
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोधसार
विद्यालयको व्यवस्थापनमा विद्यालयको शैक्षणिक व्यवस्थापनमा प्रधानाध्यापक विषयको अनुसन्धानमूलक
यस शोध पत्रमा विद्यालयका प्रधानाध्यापकले अवलम्वन गरेका नेतृत्व शैलीको पहिचान गर्नु, उचित नेतृत्व शैली अप्नाउन सुझाव दिनु, नेतृत्व शैलीका कारण विद्यालयको व्यवस्थापनमा परेको प्रभावको खोजि गर्नु साथै नेतृत्व वहन गर्दा प्रधानाध्यापकलाई आई पर्ने समस्याहरु पत्ता लगाई सुृझाव दिनु यसको महत्वपूर्ण उद्देश्य रहेको छ ।
यो शोध कार्य परिमाणात्मक र गुणात्मक दुवै मिश्रित ढाँचामा आधारित भई सम्पन्न गरिएको छ । मोरङ जिल्ला स्थित इन्द्रपुर स्रोतकेन्द्र अन्तर्गतका ४५ वटा विद्यालयहरूलाई जनसंख्या मानि त्यसमध्य उद्देश्यमूलक विधिबाट नमुना छनौट गरी यो अध्ययन अनुसन्धान कार्यलाई पूरा गरिएको छ । अध्ययनका लागि आवश्यक तथ्याङ्क संकलन गर्न इन्द्रपुर श्रोत केन्द्रका ५ वटा विद्यालयको छनोट गरिएको छ । नमुना छनोटमा परेका विद्यालयका प्रधानाध्यापकहरु ५ जना वि.व्य.स. अध्यक्षहरु ५ जना शिक्षक १० जना, विद्यार्थी २५ जना , सरोकारवाला अभिभावहरुमध्येवाट १० जना छनोट गरी अध्ययन कार्य पूरा गरिएको छ ।
यस अध्ययनबाट प्राप्त तथ्य तथ्याङ्कहरूको आधारमा विश्लेषण गर्दा विद्यालयका प्रधानाध्यापकहरूले प्रजातान्त्रिक, स्वच्छाचारी र स्वतन्त्र तीनै किसिमको नेतृत्व शैली अवलम्वन गरेको देखिन्छ । नेतृत्वशैलीमा बढि जसो प्रजातान्त्रिक त्यसपछि स्वेच्छाचारी र स्वतन्त्र शैली अपनाइएको पाइएको छ । योजनाहरु निर्माणमा धेरै जसो प्रधानाध्यापकले अन्य सारोकारवाला पक्षसंग छलफल गर्ने गरेको देखिन्छ भने धेरै जसो प्रधानाध्यापकहरु प्रशासनिक काममा नै व्यस्त भएको पाइयो । शैक्षिक काममा प्रधानाध्यापकले धेरै कम समय दिएको साथै मूल्याङ्कन तथा सुपरिवेक्षणमा समेत कम समय दिने गरेको देखिन्छ । धेरै जसो सामुदायिक विद्यालयका प्रधानाध्यापकको शैली अझै पनि परम्परागत शैलीमा आधारित देखिन्छ । शैक्षिक योग्यता अनुभव तथा तालिमको अभावको कारण धेरै जसो विद्यालयका प्रधानाध्यापकहरू विद्यालय व्यवस्थापन समिति तथा अभिभावकसँग राम्रो घुलमिल हुन सकेको देखिदैन । सो कारणले प्रधानाध्यापकलाई नेतृत्व वहन गर्नका लागि प्रतिकुलता भएको पाइन्छ ।
विद्यालय सञ्चालन गर्ने जिम्मेवारी पाएका प्रधानाध्यापकले अवलम्वन गर्ने नेतृत्वशैली प्रजातान्त्रिक हुनु पर्ने र सरोकारवाला पक्षसँग रचनात्मक सहयोग लिएर योजना निर्माणसम्मका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्य सम्पन्न गर्न नेतृत्वदायि भुमिका निर्वाह गर्न अनिवार्य हुन्छ । शिक्षा ऐन तथा नियमावलीमा तोकिएका प्रधानाध्यापकका काम कर्तव्य र अधिकारहरूलाई आत्मसात गरी राजनैतिक स्वास्र्थ भन्दा आफ्नो योग्यता क्षमता र अनुभवलाई प्रयोग गर्नु पर्दछ । मातहतका शिक्षक कर्मचारीहरूको मनोवल उच्च राख्न उनिहरूको सहभागिता, योग्यता तथा क्षमताको कदर गर्दै शिक्षक, विद्यार्थी र अभिभावहरूलाई विद्यालयको हितमा अभिप्रेरित गर्न सक्नु पर्दछ । यसरी नेतृत्वशैलीमा देखिएको विभिन्नतालाई कम गर्न उपयुक्त नेतृत्व प्रदान गर्न सक्ने प्रधानाध्यापकको छनौट गर्न सम्बन्धित निकायबाट आवश्यक पहल हुन आवश्यक देखिन्छ । विद्यालयसँग सम्बन्धित समसामयिक ज्वलन्त समस्याहरूप्रति गम्भिर, संयमित, विवेकशील भई समस्या समाधान तर्फ उन्मुुख हुनु पर्ने सुझावहरू अध्ययनका आधारमा समावेश गरिएको छ ।
Description
Keywords
शैक्षिक व्यवस्थापन Saikshik byabsthapan, विद्यालय व्यवस्थापन Bidhyalaya babsthapan