प्राथमिक तहको गणित विषयको वर्तमान विद्यार्थी मूल्याङ्कन प्रणालीको तुलनात्मक अध्ययन {Prathamik tahako ganit bishayko bartaman bidyarthi mulyankan pranaliko tulanatmak adhyayan}

dc.contributor.advisorNot available
dc.contributor.authorकोइराला, शान्ता (Koirala, Shanta)
dc.date.accessioned2026-03-15T10:46:25Z
dc.date.available2026-03-15T10:46:25Z
dc.date.issued2016
dc.description.abstractप्राथमिक तहमा अधिकतर विद्यार्थीहरु गणित विषयमा अनूतिर्ण हुने, सामुदायिक तथा संस्थागत विद्यालयको उपलब्धिबिच फरक हुने, छात्र र छात्राको गणित विषयको उपलब्धी फरक हुने जस्ता विद्यमान समस्याहरुका कारक तत्वहरु उत्खनन गर्ने मनसायले ‘प्राथमिक तहको गणित विषयको वर्तमान विद्यार्थी मूल्याङ्कन प्रणालीको तुलनात्मक अध्ययन’ शीर्षकमा यो शोध पत्र तयार पारिएको हो । यो शोध पत्रको अध्ययनबाट शिक्षक, विद्यार्थी, अभिभावक लाई लाभ पुग्नाको साथै मन्त्रालय, विभाग, क्षे.शि.नि., जि.शि.का. तथा अन्य सबै सरोकारवाला शैक्षिक योजनाकारहरुलाई संस्थागत र सामुदायिक विद्यालय बिच बढ्दै गएको दुरी वा खाडल कम गर्न सहयोग पु्ग्ने छ भन्ने विश्वास राखिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको प्राथमिक तहको गणित विषयको उपलब्धी लेखाजोखा गर्ने, परीक्षाको परिणाम बिच फराकिलो खाडल हुनाका कारणहरु पत्तालगाउने र गणित विषयको शैक्षिक उपलब्धीमा देखा परेका खाडल कम गर्न सुझावहरु प्रस्तुत गर्ने उद्देश्यका साथ शोध पत्र तयार गरिएको छ । यो अध्ययन २०७१ सालको विद्यार्थीको परीक्षाफलमा केन्द्रित गरी सुनसरी जिल्लाको इटहरी उप–महानगर पालिकामा अवस्थित स्रोत केन्द्र अन्तर्गतका ६ वटा विद्यालयहरुमा ३ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयको प्राथमिक तहमा सिमित गरिएको छ । नमूना छनौटमा परेका विद्यालयका ६ जना प्रधानाध्यापक र सम्बन्धित विद्यालयका प्राथमिक तहको गणित विषयको विषय शिक्षकलाई उद्देश्यात्मक नमूना छनौट विधिबाट छनौट गरी अन्तरवार्ता, अनूसुचि मार्फत प्रतिकृया लिइएको छ भने नमूना छनौटमा परेका विद्यालयका विद्यार्थीहरुलाई समान सम्भाव्यता नमूना छनौट विधिबाट गरिएको छ । अन्तरवार्ता, अनूसचि, प्रश्नावली तथा अवलोकन फारमबाट प्राथमिक सूचना तथा विभिन्न पत्र–पत्रिकाबाट, सहायक सूचना तथा तथ्याङ्कहरु प्राप्त गरी तालिकीकरण गरी स्थम्भ चित्र र रेखा चित्र मा प्रस्तुत गरिएृको छ । यसका अतिरित्त समग्र सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले गणित विषयमा प्राप्तगरेको उपलब्धीको विस्वसनिय परीक्षण गर्न र ति विद्यार्थीहरुको मध्यको अन्तरको विश्वसनियता परीक्षण गर्न तथ्याङ्क शास्त्रिय विधिहरुको उपयोग गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका जम्मा ६० जना विद्यार्थीहरुकै औसत उपलब्धी ७० र प्रमाणिक त्रुटी २.१६ पाइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले गणित विषयमा प्राप्त गरेको औसत उपलब्धी ७० को ५ प्रतिशत लेबल र १ प्रतिशत लेबलमा विश्वसनियता परीक्षण गर्दा क्रमशः ६३.५९ देखि ७६.४० भन्दा बाहिर र ६४.४३ देखि ७५.५७ भन्दा बाहिर पर्ने दखिएको छ । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले गणित विषयमा प्राप्त गरेको औसत उपलब्धी (मध्यक) को अन्तरको विश्वसनियता परीक्षण गरिएको छ । वर्तमान सामुदायिक र संस्थागत विद्यालयमा प्राथमिक तहको गणित विषयको विद्यार्थी मूल्याङ्कन प्रणालीको तुलनात्मक अध्ययन गर्दा विद्यार्थी मूल्याङ्कनका साधनहरु मध्ये सामुदायिक विद्यालयले शतप्रतिसत शिक्षक निर्मित साधनहरुको प्रयोग गर्ने गरेको देखियो भने संस्थागत विद्यालयले ३३.३३ प्रतिशतले शिक्षक निर्मित र बाँकी ६६.६७ प्रतिशतले सबै साधनहरुको प्रयोग गरेको देखिएको छ । त्यसैगरी मूल्याङ्कनका साधनहरु मध्ये निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई सबैभन्दा बढी सामुदायिक विद्यालयबाट शतप्रतिसत तथा संस्थागत विद्यालयले पनि शतप्रतिसत नै प्रयोग गर्ने गरेको पाइयो । पोर्टफोलियोको प्रयोगको सन्दर्भमा सामुदायिक विद्यालयका ३३.३३ प्रतिशतले प्रयोग गर्ने गरेको र ६६.६७ प्रतिशतले प्रयोग नगरेको पाइयो भने संस्थागत विद्यालयका ६६.६७ प्रतिशतले प्रयोग गर्ने गरेको र ३३.३३ प्रतिशतले प्रयोग नगर्ने गरेको पाइयो । प्रश्नपत्र निर्माण सम्बन्धी सामुदायिक विद्यालय ६६.६७ प्रतिशतले लिखित र ३३.३३ प्रतिशतले लिखित र मौखिक निर्माण गर्नेगरेको पाइयो भने संस्थागत विद्यालयका १०० प्रतिशतले नै लिखित र मौखिक दुवै खालका प्रश्न निर्माण गर्ने गरेको पाइयो । त्रुटी विश्लेषणको सन्दर्भमा सामुदायिक विद्यालयका ३३.३३ प्रतिशतले विरलै र ६६.६७ प्रतिशतले कहिलेकाँही गणित विषयको त्रुटी विश्लेषण गर्ने गरेको पाइयो भने अर्को तिर संस्थागत विद्यालयले ३३.३३ प्रतिशत कहिलकाँही र ६६.६७ प्रतिशतले प्रायः त्रुटी विश्लेषण गर्ने गरेको पाइयो । सामुदायिक तथा संस्थागत विद्यालका विद्यार्थीहरुको गणित विषयको शैक्षिक उपलब्धी बिच भिन्नता (खाडल) देखिनुका कारणहरुमा विद्यालयले परीक्षाफल विश्लेषण नगरेको, शिक्षण सामग्रीको राम्रो प्रबन्ध नभएको, कक्षाकोठा व्यवस्थापनमा कमिकमजोरी रहेको, गणित संग सम्बन्धित अतिरिक्त सन्दर्भ सामग्रीको प्रयोग नगरिएको, विद्यालय खुलाई नियमित नभएको, तल्ला कक्षाहरुमा गणित विषय अनुत्तिर्ण हुँदै आएको, विद्यार्थीको कक्षाकोठामा नियमित उपस्थिति नभएको, गणित शिक्षण सामग्रीको प्रयाग जती प्रयोग गुर्न पर्ने हो त्यती प्रयोग नगरेको, आश्यक शैक्षिक सामग्री पर्याप्त मात्रामा उपलब्ध नभएको, अतिरिक्त पाठ्यपुस्तकको प्रयोग नगरिएको, सबै शिक्षकहरु तालिम प्राप्त नभएका तथा अन्य विषयहरुको तलनामा गणित विषको विद्यार्थी मूल्याङ्कन अति उत्तम नभएको, अनुगमन र सुपरिवेक्षण संधै गर्ने नगरेको गणित विषयको परीक्षाफलहरु निरासाजनक हुनुका विभिन्न कारक तत्वहरु रहेको, सरकारी तवरबाट हुने अनुगमन र सुपरिवेक्षाण बढी मात्रामा नभएको शिक्षक तथा विद्यालय प्रशासनद्वारा शैक्षणिक योजनाको उचित कार्यन्वयन नगरिएको, निरन्तर मूल्याङ्कन प्रणालीलाई शिक्षण शिकाई क्रियाकलापको अभिन्न अंगको रुपमा नलिइएको जस्ता कारक तत्वहरु फेला परेका छन् । उक्त कारक तत्वको पहिचान गरी समस्याको न्यूनिकरण वा निराकरण गर्नका लागि सामुदायिक विद्यालयमा नियमित रुपमा विद्यालय खोल्नु पर्ने, कक्षामा शिक्षकको उपस्थिति वृद्धि गर्नुपर्ने, शिक्षकको योग्यतामा वृद्धि गर्नुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउनुपर्ने, पुनरताजगी तालिमको व्यवस्था गर्नुपर्ने, परीक्षा तथा मूल्याङ्कनमा सुधार गर्नुपर्ने जस्ता सुझावहरु औंल्याएका छन् ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25927
dc.language.isone
dc.subjectप्राथमिक तह (Prathamik taha)
dc.subjectतुलनात्मक अध्ययन (Tulanatmak adhyayan)
dc.titleप्राथमिक तहको गणित विषयको वर्तमान विद्यार्थी मूल्याङ्कन प्रणालीको तुलनात्मक अध्ययन {Prathamik tahako ganit bishayko bartaman bidyarthi mulyankan pranaliko tulanatmak adhyayan}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस, इटहरी

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
430.3 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: