परिवार नियाेजनका साधन र गर्भपतनकाे ज्ञान, धारणा र प्रयाेग { Priwar niyojanka sadhan ra garbhapatanko gyan, dharana ra pryog}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

शोधसार यो शोधपत्र सुनसरी जिल्ला धरान उपमाहानगरपालिका वार्ड १६ का सुकुमबासी समुदायमा महिलामा परिवार नियोजनका साधान र गर्भपतनको ज्ञान, प्रयोग र धारणा शिर्षक राखी तयार पारिएको हो । यसको मुख्य उद्देश्य परिवार नियोजनका साधनहरूको प्रयोग र धारणको अवस्था पत्ता लगाउनु तथा परिवार नियोजनका साधनको प्रयोगमा देखिएका समस्या र यसका असरहरू खोजि गरी समाधानका उपायहरू पत्ता लगाउनु रहको छ । यस अध्ययन वर्णनात्मक ढाँचामा तयार पारिएको छ । यो शोधपत्र सुनसरी जिल्ला धरान उपमाहानगरपालिका वार्ड १६ का सुकुमबासी समुदायका १५–४९ वर्षका जम्मा १२०० महिला मध्ये ३६० जनालाई सामान्य सम्भावनायुक्त नमुना छनौटको चिठ्ठा विधिबाट छानियो यसले प्रत्यक घरबाट १ ÷१ जना महिलाको प्रतिनिधित्व गरेको छ । अध्ययनलाई पूरा गर्न प्राथमिक र द्वितीय दुवैस्रोतहरूको प्रयोग गरी अन्तवार्ता, बन्द र खुल्ला प्रश्नहरुको माध्यमबाट आवश्यक तथ्याङ्क संकलन गरिएको छ । अध्ययनका क्रममा प्राप्त तथ्याङ्कलाई स्पष्ट पार्न तालिका, वृत्तचित्र, स्तम्भचित्र आदिको प्रयोग गरी विश्लेषण गरिएको छ । छनोटमा परेका विवाहित महिलाहरूसँगको प्रत्यक्ष अन्तवार्ताबाट ७६.३८ प्रतिशतलाई परिवार नियोजनका साधनको बारेमा थाहा भएको र २३.६२ प्रतिशतलाई परिवार नियोजनका साधनको बारेमा थाहा नभएको पाइयो । त्यस्तै उक्त समुदायका ६३.८९ प्रतिशत महिलाहरूले साधन प्रयोग गर्ने गरेको र ३६.११ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग नगरेको पाइयो । अध्ययनमा परेका महिलाहरूमा परीवार नियोजनका साधन प्रयोग गर्ने २३० महिलाहरूमध्ये २६.०८ प्रतिशतलाई रक्तश्राव वढि हुने, १० प्रतिशतलाई यौन सन्तुष्टि प्राप्त नहुने, महिलालाई तल्लो पेट दुख्ने १७.३९ प्रशित, खाना नरूच्ने १३.०४ प्रतिशत, रिंगटा चल्ने २३.९१ प्रतिशत र ९.५६ प्रतिशतलाई अन्य समस्या देखा परेको पाईयो । परिवार नियोजनका सधानहरूको प्रयोग र धारणाको बारेमा ज्ञान दिन तथा प्रयोगदरमा वृद्धि गराउन यस सम्बन्धी जनचेतना जगाउनु पर्ने, आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई निःशुल्क सेवा उपलब्ध गराउन ठाउँठाउँमा विभिन्न संघसंस्था सञ्चालन गरिनुपर्ने, महिलाहरूको जीवनस्तर उकास्न विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, आफ्ना छोराछोरीको उपयुक्त उमेरमा विवाह गर्न आमाबाबु तथा स्वंय किशोरकिशोरीलाई सल्लाह दिनुपर्ने, उच्च प्रजननदरको प्रमुख कारणको रूपमा रहेको उच्च शिशुमृत्युदरलाई रोक्न सुइ तथा खोप निःशुल्क रूपमा प्रदान गरिएको जानकारी गराउनु पर्ने जस्ता सुझावहरू दिई यस शोधपत्रलाई पूरा गरिएको छ ।

Description

Citation

Collections