प्राथमिक तहमा मुसहर बालबालिकाहरुको सहभागिता {Participation of Musahar Children at Primary Level}

dc.contributor.authorघिमिरे Ghimire, यादव प्रसाद Yadav Prasad
dc.date.accessioned2022-12-12T05:50:02Z
dc.date.available2022-12-12T05:50:02Z
dc.date.issued2013
dc.description.abstractप्र्राथमिक तहमा मुसहर बालबालिकाहरुको सहभागिता नामक शीर्षक राखेर तयार गरीएकाहो । यो शीर्षक रहेको शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र शंकाय अन्तर्गत शिक्षा योजना तथा व्यवस्थापन विभाग स्नातकोत्तर तह द्धितिय बर्षको आंशिक उद्दश्य परिपूर्तिको लागि तयार पारिएको छ । यस अध्ययनका उद्देश्यहरु यस प्रकार रहेका छन । प्राथमिक तहमा मुसहर समुदायका बालबालिकाहरुको भर्ना र उपस्थितिको अवस्था पत्ता लगाउने । कक्षा क्रियाकलापमा कस्तो सहभागिताको अवस्था रहेको छ केलाउनु रहेको थियो भने मुसहर बालबालिकाहरुको शिक्षामा देखिएका सहभागितासँग सम्बन्धीत समस्याहरुको पहिचान र त्यसका सामाधानका बारे सुझावहरु पेश गर्ने रहेको थियो । यो अध्ययनको उद्देश्य पुरा गर्नको लागि सर्लाही जिल्लामा रहेको हरिपुर स्रोत केन्द्रका विद्यालयहरु मध्ये ३ वटा विद्यालयका कक्षा ४ र ५ मा पढने ३–३ जना मुसहर छात्र–छात्राहरु, प्रत्येक कक्षाका कक्षा शिक्षक, विद्यालय व्यवस्थापनका पदाधिकारीहरुलाइ नमुना छनोटको रुपमा लिइएको थियो । विद्यालयमा मुसहर बालबालिकाको भर्ना संख्या, उपस्थिति र कक्षा छोडने दरका तथ्याङ्क संकलन गर्न तथ्याङ्क रेकर्ड फारमको र विभिन्न व्यक्तिहरुसग राय लिन अवलोकन फारम र बन्द प्रश्नावली प्रयोग गरेको थियो । अध्ययनको लागि क्षेत्रको नमुना छनाट गर्दा जिल्ला शिक्षा कार्यालय सर्लाहीसग सम्पर्क राखि भर्नादर र कम शैक्षिक स्तर रहेका झण्डै सदरमुकामबाट ३० कि.मी. टाढा रहेको सर्लाहीजिल्ला जब्दी गा.वि.स. वार्ड नं.–१, ६ र ९ मा पर्ने मुसहर बस्तिमा रहेका ३ वटा विद्यालयलाइछनौट गरीएको थिया । यो अध्ययन प्राथमिक स्रोतका तथ्याङ्कहरु र आवश्यक ठाउमा द्वितिय स्रोतका तथ्याङ्कहरुकाआधारमा गरीएको थिया । अभिभावक, बालबालिका, प्र.अ., कक्षा शिक्षक, जि.शि.का., तथा आवश्यकता अनुसार उद्देश्यमूलक छनोट विधीको पयोग गरी प्रश्नावली र अन्तरवार्ता द्वारा तथ्याङ्क संकलन गरीएको थियो । अध्ययन अनुसन्धानको क्रममा अवलोकनको आधारमा डायरी टिपोटगरीएको थियो । अध्ययन प्रतिवेदन नतिजा अनुसार धेरै जस्तो मुसहर बालबालिकाहरु विद्यालय भन्दा बाहिरछन । विद्यार्थीको विद्यालय नियमिततामा कमी छ । विद्यालय छोडने दर बढी छ र अभिभावकहरुनिरक्षर छनभन्ने कुरा थाहा भएको थियो । मख्य कारक त्तत्वमा बेरोजगारी, गरीबी, अशिक्षा र अभिभावकहरुको प्रवृतिको कारणलबालबालिकाको शिक्षामा पहच न्यून रहेको देखिया । बालबालिकालाई घरेलु काममा संलग्न गराइएको पाइएको छ । शिक्षा प्रति अभिभावकहरुमा चेतनाका कमी पाइएको छ । अध्ययनका आधारमा मुसहर बसोबास गरेका बस्तीमा सघन रुपमा जनचेतनात्मक कार्यक्रम गर्नु पर्दछ । अभिभावकहरुको लागि अनौपचारिक शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । सरकारी र गैर–सरकारी निकायहरुबाट मुसहरहरुको रोजगारीका लागि कार्यक्रमहरु ल्याउनु पर्दछ । बालबालिकाहरुको लागि छुट्टै शिक्षा नीति ल्याउनुपर्ने आदि सिफारिस गर्दा विभिन्न सुझावहरु दिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13627
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectमुसहर बालबालिका Musahar childrensen_US
dc.subjectशैक्षिक सहभागिता Educational participationen_US
dc.titleप्राथमिक तहमा मुसहर बालबालिकाहरुको सहभागिता {Participation of Musahar Children at Primary Level}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
68.68 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
289.85 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: