कक्षा नाै मा अध्ययनरत विधार्थीहरुकाे भाषिक क्षमता (Kaksha nou ma adhyanrat vidhyarthiharuko Bunda tipot kshamatako adhyayan)
| dc.contributor.author | आचार्य Acharya, सुजाता Sujata | |
| dc.date.accessioned | 2023-09-29T10:30:37Z | |
| dc.date.available | 2023-09-29T10:30:37Z | |
| dc.date.issued | 2015 | |
| dc.description.abstract | शोधशीर्षक : कक्षा नौमा अध्ययनरत विदयार्थीको बुँदाटिपोट क्षमताको अध्ययन शोधार्थी : सुजाता आचार्य स्नातकोत्तर तह (एम. एड.) दोस्रो वर्ष शोध निर्देशक : सहायक प्राध्यापक तेजप्रसाद खनाल विभाग÷क्याम्पस ः त्रिभुवन विश्वविदयालय, शिक्षाशास्त्र सङकाय, कनकाई बहुमुखी क्याम्पस, सुरुङगा शैक्षिक सत्र ः २०७१ पृष्ठ सङख्या ः ४५ शोधको उददेश्य ः क) कक्षा नौमा अध्ययनरत विदयार्थीहरुकाे बुँदाटिपोट क्षमताको स्थिति पत्ता लगाउनु, ख) निम्न आधारमा बुँदा टिपोट क्षमताको तुलनात्मक स्थिति पत्ता लगाउनु अ) मातृभाषी र दोस्रोभाषी विदयाथीहरु, आ) सामुदायिक र संस्थागत विदयालयका विदयाथीहरु, इ) छात्र तथा छात्रा, ग) कक्षा नौमा अध्ययनरत विदयाथीहरुमा रहेका बुँदाटिपोट क्षमता सम्बन्धी कमजोरीहरु पहिल्याई न्यूनीकरण्का लागि आवश्यक सुझावहरु प्रस्तुत गर्नु । शोधको सीमा ः क) झापा जिल्लाको अनारमनी स्रोतकेन्द्र अन्तरगत पर्ने विर्तामोड नगरपालिका, गोलधाप गा. वि. स. र गरामनी गा.वि.स. मा माध्यमिक तथा उच्च माध्यमिक तह सञ्चालन गर्ने विदयालयहरुमध्ये ३ वटा सामुदायिक मा.वि./उच्च मा.वि. तथा ३ वटा संस्थागत मा.वि.÷उच्च मा.वि. हरुका कक्षा नौमा अध्ययनरत विदयाथीहरुमा मात्र यो अध्ययन सीमित गरिएको छ । ख) यो अध्ययन कक्षा नौमा अध्ययनरत विदयाथीहरुको बुँदाटिपोट क्षमतासँग मात्र सीमित रहेको छ । ग) यो अध्ययन नमुना छनोटमा परेका विदयालयमा कक्षा नौमा अध्ययन गर्ने ७२ जना विदयाथीहरुलाई प्रतिनिधि नमुना मानी सम्पन्न गरिएको छ । घ) यस अध्ययनको निष्कर्ष निर्धारित नमुना जनसङख्याबाट प्राप्त तथ्यका आधारमा गरिने गुणात्मक विश्लेषणमा मात्र आधारित रहेको छ । शोध प्रक्रिया ः प्रस्तुत अध्ययनका लागि झापा जिल्लाका सामुदायिक तथा संस्थागत विदयालयहरुमा कक्षा नौमा अध्ययन गर्ने सम्पूर्ण विदयाथीहरुलाई पूर्ण जनसङख्या रूपमा लिई अनारमनी स्रोतकेन्द्रमा पर्ने ३ वटा सामुदायिक र ३ वटा संस्थागत विदयालयमा कक्षा नौमा अध्ययनरत प्रत्येक विदयालयबाट १२ जनाका दरले जम्मा ७२ जना विदयाथीहरुलाई नमुना रूपमा लिइएको छ । प्रस्तुत अध्ययनमा प्राथमिक र दवितीय स्रोतका तथ्याङकको प्रयोग गरिएको छ । अभिलेख अध्ययन, प्रश्नावली, प्रयोगात्मक अभ्यास, प्रत्यक्ष अवलोकन जस्ता अनुसन्धानका साधनहरु उपयोग गरिएको प्रस्तुत शोधमा मिश्रित विधिबाट तथ्याङकको व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएको छ । निष्कषकै आधारमा सुझावहरु प्रस्तुत गरी शोध प्रक्रिया समापन गरिएको छ । निष्कर्ष ः सामुदायिक तथा संस्थागत विदयालयका विदयाथीहरुको बुँदाटिपोट क्षमताको तुलनात्मक अध्ययनका साथै छात्र र छात्रा तथा नेपाली मातृभाषी र नेपाली दोस्रोभाषी विदयाथीहरुको समेत बुँदाटिपोट क्षमताको अध्ययन गरी विश्लेषण गरिएको छ । प्राप्त निष्कर्ष अनुसार सामुदायिक विदयालयका विदयाथीहरुको तुलनामा संस्थागत विदयालयका विदयाथीहरुको बुँदाटिपोट क्षमता राम्रो, छात्राको तुलनामा छात्रको बुँदाटिपोट क्षमता राम्रो र नेपाली दोस्रोभाषी विदयार्थीको तुलनामा नेपाली मातृभाषी विदयार्थीको बुँदाटिपोट क्षमता राम्रो पाइएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/20091 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली भाषा शिक्षा विभाग | en_US |
| dc.subject | बुँदाटिपोट क्षमता Bundatipot kshamata | en_US |
| dc.subject | नेपाली मातृभाषी Nepali Matribhashi | en_US |
| dc.title | कक्षा नाै मा अध्ययनरत विधार्थीहरुकाे भाषिक क्षमता (Kaksha nou ma adhyanrat vidhyarthiharuko Bunda tipot kshamatako adhyayan) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | कनकाई बहुमखी क्याम्पस सुरुङ्गा, झापा | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
