सार्की जातिका बालबालिकाहरुको विद्यालय शिक्षामा सहभागिता {Participation of Saraki Children in School Education}

dc.contributor.authorश्रेष्ठ Shrestha, खिलदेव Khildev
dc.date.accessioned2022-12-12T04:11:23Z
dc.date.available2022-12-12T04:11:23Z
dc.date.issued2013
dc.description.abstractप्रस्तुत शोधकार्यको क्रममा सिन्धुली जिल्ला लाम्पन्टार गा.वि.स.का सामदायिक प्राथमिक तहमा अध्ययन गर्न सार्की जातिका बालबालिकाहरुको विद्यालय शिक्षामा सहभागिताका एक अध्ययन गरिएको छ । सार्की जातिका बालबालिकाहरुको विद्यालय तहकाशिक्षामा सहभागिताको स्थिति कस्तो छ ? यस जातिका बालबालिकाहरुको विद्यालयमा भनादर के कति छ ? सार्की जातिका बालबालिकाहरुल प्राथमिक तहको विद्यालय छोडने, कक्षा दोहो¥याउने, नियमित रुपमा विद्यालय नआउने जस्ता कारणहरु पत्ता लगाउनु यसशोधकार्यको केन्दविन्दु हो । सार्की समुदायको शिक्षामा सहभागिता एक अध्ययन विषयक यस अनुसन्धान कार्यमा प्राथमिक तथा द्वितीय स्रोतहरुबाट प्राप्त तथ्याङ्कहरुलाई परिमाणात्मक र गुणात्मक रुपमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । पस्तुत शोध कार्यका लागि सिन्धुली जिल्ला लाम्पन्टार गा.वि.स.का सामुदायिक प्राथमिक विद्यालयलाई अध्ययनको जनसंख्याको रुपमा लिईएका छ । लाम्पन्टार गा.वि.स.का चार वटा प्राथमिक विद्यालय जहाँ सार्की बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाई गुणात्मक अध्ययन विधिद्वारा अध्ययन गरिएको छ । यसका लागि नमना छनौटमा परेका चारवटा सामुदायिक प्राथमिक विद्यालयहरुवाट कक्षा ५ वाट ४ जना, कक्षा ४ वाट ४ जना, कक्षा ३ वाट २ जना गरि जम्मा ४०जना सार्की जातिका बालबालिकाहरु छनौट गरिएको छ । त्यसैगरी ५ वटा विद्यालयबाट २÷२ जना शिक्षक शिक्षिका गरी जम्मा जम्मा ८ जना शिक्षक शिक्षिकालाई समावेश गरिएको छ । त्यसैगरि चारवटै विद्यालय क्षेत्रवाट ६÷६ जना सार्की अभिभावकबाट गरी जम्मा २४ जना अभिभावक र प्रत्येक विद्यालयबाट १÷१ जना शिक्षाप्रेमी गरी जम्मा ४ जना शिक्षाप्रेमी उद्देश्यमूलक नमूना छनौट विधिद्वारा प्राथमिक तथ्याङ्कको रुपमा समावेश गरिएको छ । यस शोधकार्यका क्रममा शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमी लगायत सरोकारवालाहरुसँग प्रत्यक्ष भेटघाट, अन्तरवार्ता, पश्नावली आदीबाट प्राप्त सूचना एव जानकारीहरुलाई गुणात्मक अध्ययन विधिद्वारा व्याख्या गरिएको छ भने परिमाणात्म कतथ्याङ्कहरुलाई तालिकीकरण र प्रतिशतको उपयोग गरी व्याख्या एवं विश्लेषण गरिएको छ । यसरी लाम्पन्टार गा.वि.स. अन्र्तगत सार्की सामदायको बस्ती भएका क्षेत्रमा सामुदायिक प्राथमिक विद्यालयकहरुमा सार्की जातिका बालबालिकाहरुको भर्ना र औसत उपस्थिति कम देखिएको छ । विद्यालयमा सार्की जातिका बालबालिकाहरुको भर्ना र औसत कम देखिएको छ । विद्यालयमा सार्की जातिका बालबालिकाहरुको भर्ना औसत उपस्थिति कम हुनुमा आर्थिक, सामाजिक, पारिवारिक तथा साँस्कृतिक आदि कारणहरु देखियो । छनौटगरिएका विद्यालयहरुमा प्राथमिक तहका सार्की जातिका बालबालिकाहरुको बिचैमा कक्षाछोडन दर (१९.६४%), कक्षा दोहो¥याउन दर (१०.७१%) देखियो । सार्की जातिका बालबालिकाहरुको भर्ना दर हेर्दा प्राथमिक तह अन्र्तगत कक्षा १ मा भर्ना भएका बालकालिकाहरु मध्ये कक्षा ५ सम्म पुग्ने सार्की विद्यार्थीको दर(७९.४८%) कम देखियो ।जुन अन्य जातिका बालबालिकाहरुको भन्दा कम छ । यसरी लाम्पन्टार गा.वि.स.मा सार्की जातिका बालबालिकाहरुको विद्यालयमा भर्ना तथा उपस्थिति कम देखिएकोले प्राथमिक शिक्षाको आवश्यकताका बारेमा समाजका प्रतिष्ठित व्यक्ति, अभिभावकहरुलाई शिक्षाप्रति अभिप्रेरित हुने खालका चेतनामूलक कार्यक्रमहरु जस्तै गोष्ठि, सेमीनार, छलफल सञ्चालन गर्नुपर्ने देखिन्छ । सार्की जातिका बालबालिकाहरुको उत्र्तिण प्रतिशत कम भएकोले उत्तिर्ण प्रतिशत बढी गराउन विद्यार्थिहरुलाई प्रशंसापत्र तथा पुरस्कारको व्यवस्था विद्यालयले गर्नुपर्दछ । यसका साथै नियमित रुपमा कक्षामा उपस्थिति हुन विद्यार्थीहरुलाई थप आन्तरिक कक्षा अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । त्यस्तै सरकारी तथा गैरसरकारी संस्थाहरुले बढी सक्रिय भइ सार्की जातिको आर्थिक पक्षमा टेवा पु¥याउने खालका कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13613
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectसार्की बालबालिका Saraki childrenen_US
dc.subjectशैक्षिक सहभागिता Educational participationen_US
dc.titleसार्की जातिका बालबालिकाहरुको विद्यालय शिक्षामा सहभागिता {Participation of Saraki Children in School Education}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover page.pdf
Size:
121.15 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
307.85 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: