सामाजिक, आर्थिक विकासमा महिला साक्षरताको भूमिका {Role of Women Literacy in Social, Economic Development}

dc.contributor.authorअधिकारी Adhikari, सुरजराज Suraj Raj
dc.date.accessioned2022-12-12T07:08:02Z
dc.date.available2022-12-12T07:08:02Z
dc.date.issued2013
dc.description.abstractसमाजमा पिछडिएका तथा निम्न आय भएका व्यक्तिहरुको जीवनस्तर उठाउन आय आर्जनका लागि व्यवसायमूलक सीप प्रदान गर्न तथा निरक्षरभएका कारण महिलाहरुले दैनिक जीवनमा भोग्नु परेका समस्याहरु सुल्झाउन साक्षरता शिक्षाको विशेष महत्व रहँदै आएको छ ।यसै सन्दर्भमा समाजिक–आर्थिक विकासमा महिला साक्षरताको भूमिका विषयक शीर्षक राखी गरिएको यो अध्ययनको मुख्य उद्देश्य सामाजिक, आर्थिक विकासमा साक्षर महिलाको भूमिका पहिचान गर्नु रहेको छ । यो अध्ययन गुणात्मक तथा परिमाणात्मक तथ्याङ्कहरुलाई विश्लेषण गरी वर्णनात्मकढाँचाको माध्यमबाट तथ्याङ्कको विश्लषण र प्रस्तुतीकरण गरिएको छ । अध्ययनको क्रममा सिन्धली जिल्ला रानिचुरी गा.वि.स. वडा नं. १ भीरगाउँ र वडा नं. ७ मोरङ्गेटारमा संचालित साक्षरता अभियान महिला साक्षरता शिक्षामा सहभागी ४० जना महिला सहभागीहरुलाइउद्देश्यपूण नमूना छनौट विधिको आधारमा छनौट गरिएको थियो । यस अध्ययनकाउद्देश्यहरुलाई प्राप्त गर्नको लागि प्राथमिक तथा द्वितीय दुवै श्रोतको प्रयोग गरिएको थियो । साअध्ययनका लागि आवश्यक सूचना तथा तथ्याङ्कहरु प्राप्तगर्न सहभागी महिलाहरु, सहयोगी निरिक्षक तथा जिल्ला शिक्षा कार्यालयका अनौपचारिक शिक्षा हेर्ने कर्मचारीलाई नमूनाका रुपमाछनौट गरी विभिन्न साधनहरु जस्तै घरधुरी सर्वेक्षण फाराम, अवलोकन फाराम, प्रश्नावली,अन्र्तवार्ता तथा समूह छलफलको माध्यमबाट स्थलगत सर्वेक्षण गरी निष्कर्ष निकालिएको थियो । यस अध्ययनको परिणाम अनुसार समग्रमा ९३ प्रतिशत महिलाहरु साक्षर भएको पाइयो भने पूरा साक्षर जनसंख्यामा ४९ प्रतिशत महिलाहरुर ५१ प्रतिशत पुरुषहरु साक्षर रहेको पाइयो । अझ पनि पुरुषहरु सरह महिलाहरुको साक्षरता दर पाउन सकिएन । महिला साक्षरता शिक्षा पश्चात यहाँका महिलाहरुमा साक्षरता, समानता र सशक्तिकरणको स्थितिमा वृद्धि भएकापाइयो । महिला साक्षरताले सामाजिक–आर्थिक अवस्था उकास्नमा सकारात्मक भुमिका खेलेकापाइयो । कनै पनि कार्य एक्लै गर्नु भन्दा समुदायमा रहेको व्यक्तिहरु मिलेर गर्दा पक्कै पनिसफल भइन्छ भन्ने विश्वास सहभागी महिलाहरुमा पाइएको छ । पुरुषको प्रतिनीधिको रुपमा समेत उपस्थित भएर प्रस्तावहरु राख्न र निर्णयहरु गर्न÷गराउन समेत सक्षम भएकाले साथै बाहिरियाहरुसँग समेत स्पष्ट र निर्धक्क कुरा गर्न सक्ने भएकोले महिलाहरुलाई शिक्षा दिलाउनर कुनै पनि कार्यमा महिला सहभागिता छुटाउनु हुँदैन भन्ने दष्टिकोण समग्र समुदायबाट पाइएको छ । प्रस्तुत अध्ययन, अवलोकन एवं सहभागीहरुको भनाइ अनसार पनि छोराछोरीका शिक्षा, लैङ्गिक समानता, सरसफाइ एवं पोषण, जनसंख्या शिक्षा, कषि शिक्षा, स्थानिय स्रोत र साधनको परिचालन एवं सीपमूलक आयआर्जन तथा सामाजिक विकास कार्य जस्ता विषयवस्तुहरुमा सहभागीहरुले बढी चाख राखेको पाइएको छ । साक्षरता अभियान अन्र्तगतको महिला साक्षरता शिक्षा कार्यक्रमलाई अझ सशक्तिकरणतर्फ उन्मुख बनाई सहभागीहरुको रुचि र आवश्यकता एवं स्थानीय मागको आधारमा साक्षरता कार्यक्रमका कक्षाहरु संचालन गरिनुपन दखियो । अनौपचारिक शिक्षा साक्षरता अभियान अन्र्तगत महिला साक्षरता कार्यक्रमलाइ राम्रोसग कार्यान्वयनमा लगियो भने यसले अवस्य पनिसामाजिक, आर्थिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ । तसर्थ, साक्षरता कार्यक्रमलाइ तालिम र सिपको माध्यमबाट व्यवहारिक शिक्षा दिइ गुणस्तरीय जीवन जिउन सहयोग पु¥याउने हेतुले सञ्चालन गरिनु जरुरी देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13640
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectमहिला साक्षरता Women's Literacyen_US
dc.subjectलैङ्गिक समानता Gender equalityen_US
dc.titleसामाजिक, आर्थिक विकासमा महिला साक्षरताको भूमिका {Role of Women Literacy in Social, Economic Development}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
98.7 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
379.27 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: