सामुदायिक विद्यालयको एस.एल.सी. परीक्षामा गणित विषयको परिणाम एक अध्ययन{Samudayik bidyalayko S.L.C. parikshama ganit bisayako parinam eak adhyayan]
dc.contributor.author | माेची, सुरतलाल Mochi, Suratlal | |
dc.date.accessioned | 2022-05-18T04:44:19Z | |
dc.date.available | 2022-05-18T04:44:19Z | |
dc.date.issued | 2017 | |
dc.description.abstract | सामुदायिक विदयालयका एस.एल.सी.परीक्षामा गणित विषयको परिणाम एकअध्ययन शीर्षक अन्तर्गत गरिएको यस शोध कार्यको मुख्य उद्देश्य ः सामुदायिक विदयालयको एस.एल.सी.परीक्षामा गणित विषयको समस्या र समाधानको उपाय रहेको छ ।यस अध्ययनको परिसीमा मा सुनसरी जिल्लाका भा.सी.,इटहरी,र बालाहा स्रोतकेन्द्र भित्र सञ्चालित५ वटा सामुदायिक विदयालयमा शैक्षिक बर्ष २०६९, २०७० र २०७१ सालकाएस.एल.सी. परीक्षा परिणाममा मात्र सीमित गरिएको छ । सम्बन्धित साहित्यकापुनरावलोकन तथा सैध्दान्तिक खाकामा सरिड,प्याजे आदिको लेखलाइसमेटिएका छन । यस अनसन्धान कार्यमा परिमाणात्मक र गुणात्मक दुवै विधिको प्रयोग गरिएका छ ।तथ्याङकको सङकलनका लागि प्रश्नावली, स्थलगत अध्ययन अवलाेकन फारम,लक्षित समूह छलफल निर्देशिका र अन्तरवार्ता जस्ता साधनको प्रयोग गरिएको छ । जनसङख्या छनोटकालागि ५ ओटा सामुदायिक विद्यालयका, ५ जना प्रधानाध्यापक÷प्राचार्य, ५जना विद्यालयव्यवस्थापन समितिका अध्यक्ष, ५जना गणित शिक्षक र कक्षा १० का ४÷४जनाको दरले जम्मा २० जना विद्यार्थी र १जना स्रोत व्यक्ति गरी कुल जम्मा ३६जनालाई तथ्याङकका स्रोतका रुपमा प्रयोग गरिएको छ । तथ्याङकको स्रातको रुपमा प्राथमिक र द्वितीय स्रोतकाप्रयोग गरिएको छ । तथ्याङक विश्लेषण गरी तालिका र प्रतिशतमा प्रस्तुत गरिएको छ । याे अध्ययन पूरा गर्ने क्रममा उद्देश्यमुलक छनोट विधिको प्रयोग गरिएको छ । छनौटमा परेका विदयालयहरुको गणित विषयका परिणाम औषत रुपमा २३% रसिकाइउपलब्धि १८.०६ रहेकोले परिणाम ज्यादै न्यून देखिन्छ । गणित विषयमा देखिएका प्रमुख समस्याहरुमा विदयार्थीहरुको अनियमित उपस्थिति,पूर्वज्ञानको कमी, शिक्षण सामग्रीका अभाव,अभ्यासको कमी रहेका छन । समस्या समाधानका उपायहरुमा विद्याथीहरु नियमित उपस्थिति हुन वातावरण बनाउनुपर्ने, पूर्वज्ञान बढाउनमा जोड दिनुपर्ने, शिक्षण सामग्रीका ब्यवस्था हुनुपर्ने, पटक–पटक अभ्यासमा जोड दिनुपर्ने आदिरहेका छन । मुख्य प्राप्तिहरुमाविदयालयले अनियमित उपस्थिति रोक्न कुनै ठोस पहल नगरेको, आवश्यक र उपयुक्तशिक्षण समग्रीको ब्यवस्था नगरेको, पूर्वज्ञान बढाउनमा जोड नगरेको, गणित विषयकासिकाइ उपलब्धि ज्यादै न्यून रहेको, अभिभावकहरुको पढाइ प्रतिको अभिरुचि कम रहेका देखिन्छ । निष्कर्षमा अनियमित उपस्थिति, शिक्षण समग्रीको अभाव, पूर्वज्ञानका कमीले गदायोजना अनुसार काम नभइ गणित विषयको परिणाम एवं सिकाइ उपलब्धि ज्यादै न्यूनदेखिन्छ । प्रमुख सुझावहरुमा नीतिगत तहले पाठयक्रम, पाठयपुस्तक, शिक्षक निर्देशिका र सन्दर्भ सामग्री पर्याप्त मात्रामा सवै विदयालयमा उपलब्ध गराइगणित शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रमहरु र गाष्ठिहरु सञ्चालन गर्नुपर्ने देखिन्छ, पूर्वज्ञानलाइ ध्यान दिदै याेजनाका साथ शिक्षण गर्नुपर्ने देखिन्छ, गणित विषयको अन्य तहमा पनि अध्ययन अनुसन्धान गर्नुपर्ने दखिन्छ । | en_US |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10407 | |
dc.language.iso | ne | en_US |
dc.publisher | पाठयक्रम तथा मूल्याङकन संकाय | en_US |
dc.subject | सामुदायिक विद्यालय Samudayik bidyalaya | en_US |
dc.subject | गणित विषय Ganit bisya | en_US |
dc.title | सामुदायिक विद्यालयको एस.एल.सी. परीक्षामा गणित विषयको परिणाम एक अध्ययन{Samudayik bidyalayko S.L.C. parikshama ganit bisayako parinam eak adhyayan] | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | Janta Multiple Campus, Itahari, Sunsari | en_US |
Files
License bundle
1 - 1 of 1
No Thumbnail Available
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description: