आधारभूत शिक्षामा बैकल्पिक विद्यालय शिक्षा कार्यक्रमको प्रभावकारिता {Effectiveness of Alternative School Education Program in Basic Education}
| dc.contributor.author | भट्टराई Bhattarai, शम्भुप्रसाद Shambhuprasad | |
| dc.date.accessioned | 2022-03-06T05:09:08Z | |
| dc.date.available | 2022-03-06T05:09:08Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | आधारभूत शिक्षामा बैकल्पिक विद्यालय शिक्षा कार्यक्रमको प्रभावकारिता शीर्षक राखी बैकल्पिक विद्यालय शिक्षा कार्यक्रमको उपलव्धि विश्लेषण गर्नु, मुख्य उद्देश्यमा केन्द्रीत भई यो शोधपत्र तयार गरिएको हो । यो अध्ययन परिमाणात्मक गुणात्मक दुबै ढाँचामा आधारित छ । आवश्यकता अनुसार व्याख्यात्मक र विश्लेषणात्मक पद्धतिलाईसमेत अंगालिएको छ । धनकुटा जिल्लाभरि ग्रामीण क्षेत्र, शहरी क्षेत्र, सुगम–दुर्गम, विभिन्न लक्ष्यित बर्ग आदि जनसंख्या छनौटका आधारहरु लिइएकोे अवस्थामा हाल सञ्चालन भइरहेका प्राथमिक शिक्षा विस्तार कार्यक्रम ११ ओटा सबै र संभावना आधारित छनौट प्रक्रिया अपनाई सञ्चालन भइसकेका अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममध्ये २ ओटा कक्षाहरू तथा यस कार्यक्रमसँग सम्बन्धित सरोकारवालाहरु यस अध्ययनमा जनसंख्याको रुपमा लिइएको छ । साथै यस अध्ययनमा तथ्याङ्क सङ्कलनका लागि अन्तर्वार्ता÷प्रश्नावली, अवलोकन, कक्षाकेन्द्र सर्बेक्षण फाराम, अभिलेख अध्ययन जस्ता साधनहरूको प्रयोग गरिएको छ । अध्ययनबाट प्राप्त मूख्य प्राप्तिहरुमा कक्षाकेन्द्रहरु सुविधाविहीनहरुका लागि खोलिएको देखियो । बर्षभरिमा कक्षाकेन्द्र खुल्ने दिन र सहभागीको नियमितता दर न्यून हुनु, शैक्षिक उपलव्धि दर मध्यम स्तरको हुनुले केन्द्रहरुमा पढाइको स्तर न्यून भएको पाइयो । विषयगत औषत उपलव्धि दरलाई हेर्दा भाषा विषयहरुमा अंग्रेजीको तुलनामा नेपाली विषयको उपलव्धि केही सुधारात्मक देखिएको छ । सहभागीहरु अनुकूल पढाइको समय भएको । मातृ विद्यालयले सहयोगी कार्यकर्ताको पारिश्रमिक माग र भुक्तानी, परीक्षा व्यवस्थापन तथा सञ्चालनमा सहयोग एवम् अभिलेख व्यवस्थापनमा सहयोग जस्ता कार्यहरुमा सहयोग गरेको । सुधारका लागि दिइएका मूख्य सिफारिसहरुमा कक्षाकेन्द्र सञ्चालन गर्दा स्थलगत सर्वेक्षण तथा सरोकारवालाहरुको मागका आधारमा कक्षाकेन्द्रका लागि तोकिएको संख्या पुग्नेगरी कोटा वितरण गरिनु पर्ने । अभिभावक तथा समुदाय जागरण कार्यक्रम कक्षाकेन्द्र चल्ने स्थानमा अनिवार्य रुपमा सञ्चालन गरिनु पर्ने, राज्यबाट प्रदान गरिने सेवा सुविधा र सामग्रीमा बृद्धि गरी समय सापेक्ष बनाउनु पर्ने । भर्ना भएका बालवालिकाहरुको कक्षा छाड्ने प्रवृत्तिको कारण पत्तालगाई समाधानका लागि केन्द्रमा बालमैत्रीपूर्ण सिकाइ वातावरण सिर्जना गर्ने । तोकिएको दिन भन्दा कम दिन कक्षाकेन्द्र खुल्ने प्रबृत्तिलाई रोक्न कक्षा व्यवस्थापन समिति, मातृविद्यालय, स्रोतकेन्द्र लगायत सम्बन्धित पक्षबाट नियमित निरीक्षण अनुगमन गरी पृष्ठपोषण प्रदान गर्नुका साथै शिक्षण समयमा आवश्यक सुधार गर्नुपर्ने । सहयोगी कार्यकर्तालाई पुनर्ताजगी तालिम, परीक्षाफल विश्लेषण र सरोकारवालाहरुसँग समीक्षा जस्ता कार्यक्रमहरु आवधिक रुपमा सञ्चालन गर्ने । तुलनात्मक अध्ययनले सामाजिक रुपमा पिछडिएको समुदायका बालवालिकाहरुको नियमितता, टिकाउपन, तह उत्तीर्ण दर, सिकाइउपलब्धि दर न्यून देखाएकोले कक्षाकेन्द्रको स्वमूल्याङ्कन तथा अनुगमन सूचकका आधारमा स्तरीकरण गरी कमजोर कक्षाकेन्द्रको सुधारका लागि नविनतम विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने । सहयोगी कार्यकर्ताको दक्षता र लगाव अभिबृद्धि गर्नुका साथै हालको पारिश्रमिक ज्यादै न्यून रहेको हुँदा समयसापेक्ष वृद्धि गरिनुपर्ने । मातृ विद्यालयले आफ्नोे भूमिकालाई प्रभावकारी बनाउनु पर्ने कक्षाकेन्द्रमा सिकाइका लागि आवश्यक पर्ने विषयगत सिकाइ सामग्री तथा खेल सामग्रीहरुको व्यवस्थापन गरी बालवालिकाहरुले गरेर सिक्ने वातावरण सिर्जना गर्नुका साथै साप्ताहिक रुपमा सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने । निरीक्षण, अनुगमन, कार्यक्रमको अभिमुखीकरण तथा समुदाय सचेतीकरण कार्यक्रमको भूमिका सशक्त हुनुपर्ने । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8759 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन संकाय | en_US |
| dc.subject | आधारभूत शिक्षा Basic education | en_US |
| dc.subject | तुलनात्मक अध्ययन Comparative study | en_US |
| dc.title | आधारभूत शिक्षामा बैकल्पिक विद्यालय शिक्षा कार्यक्रमको प्रभावकारिता {Effectiveness of Alternative School Education Program in Basic Education} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
