ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रतिको दृष्टिकोण र प्रयोग शैली पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीको एक अध्ययन {Attitude and Usage Style Towards Senior Citizen Social Security Allowance Pokhara Municipal Corporation Ward no. 33 A Study of Bharatpokhari}
| dc.contributor.author | थापा Thapa, अप्सरा Apsara | |
| dc.date.accessioned | 2022-06-06T07:41:59Z | |
| dc.date.available | 2022-06-06T07:41:59Z | |
| dc.date.issued | 2020 | |
| dc.description.abstract | प्रस्तुत शोधपत्र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रतिको दृष्टिकोण र प्रयोग शैलीको बारेमा केन्द्रित रहेर पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीका अध्ययन गरिएका छ । यस अध्ययनमा ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्तालाई कुन कुन शिर्षकहरुमा खर्च गर्दछन ? भत्ता बाहेक उनीहरुको आम्दानीको स्रोतहरु छ की छैन ? उनीहरुको स्वास्थ्य अवस्था कस्तो किसिमको छ ? नियमित औषधी सेवन गर्न पर्छ कि पर्दैन ? नियमित औषधीमा कति रकम खर्च हुन्छ ? भत्ता प्रति ज्येष्ठ नागरिकहरु सन्तुष्टि छन कि छनन ? यदि भत्ताको व्यवस्था हुदैन्थ्यो भने ज्येष्ठ नागरिकहरुको जिवनमा कस्तो प्रभाव पर्ने थियो । इत्यादि प्रश्नहरुलाई आधार मानेर अध्ययनको उद्देश्य राखिएको छ । सामाजिक सुरक्षा भत्ता अन्र्तगत पर्ने ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकको जिवन यापनमा परेको प्रभावको अध्ययन गर्नु यो शोधपत्रको साधारण उद्देश्य हो । ज्येष्ठ नागरिकका सामाजिक सुरक्षा भत्ताको प्रयोग शैली र दृष्टिकोणको जानकारी लिने यस शोधपत्रको विशिष्ट उद्देश्य हो । यस अध्ययनमा वुढयालीसगं सम्बन्धित सिद्धान्तको प्रयोग गरिएको छ । यस शोधपत्रमा वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धानको ढाँचा प्रयोग गरिएको छ । प्राथमिक स्रोत र द्धितिय स्रोतवाट तथ्याङ्क संकलन गरिएको छ । अन्तरवार्ता अनुसुची, अवलोकन, वैयक्तिक अध्ययन साथ साथै गुणात्मक र संख्यात्मक अनुसन्धानको ढाँचा प्रयोग गरी आवश्यकता अनुरुप तथ्याङ्क संकलन गरिएका छ । यसरी संकलन गरिएका तथ्याङ्कलाई आवश्यकता अनुसार तालिका र वृत्त चित्रमा प्रस्तुत गरिएको छ । लैङ्गिक आधारमा हेर्ने हो भने पुरुष ३७.३३ प्रतिशत र महिला ६२.६३ प्रतिशत रहेको पाइयो । उत्तरदाताहरुको आम्दानीको स्रोत, भत्ता र कृषि आय स्रोत हुने ३६.५० प्रतिशत, भत्ता र पेन्सन हुने १६.८६ प्रतिशत, वृद्ध भत्ता मात्र हुने ५६.६२ प्रतिशत उत्तरदाताहरु रहेको पाइयो । भत्ता आपैैm खर्च गर्ने उत्तरदाताहरुको संख्या ३६.१४ प्रतिशत, घरपरिवारलाई दिनेको संख्या ६३.८५ प्रतिशत रहेको पाइयो । उत्तरदाताहरुको नियमित औषधीमा हुने खर्च ५०० – १००० खर्च हुने ३४.९३ प्रतिशत, १०००–२००० खर्च हुने ९.६३ प्रतिशत, २००० भन्दा माथि खर्च हुने ४.८१ प्रतिशत र नियमित रुपमा औषधीमा खर्च गर्न नपर्ने ५०.६० प्रतिशत रहेको पाइयो । भत्ता हुदैनथ्यो भने जेष्ठ नागरिकहरुको जिवनमा पर्ने प्रभाव, भोक भोकै मरिने थियो भन्ने उत्तरदाताहरुको संख्या १०.८४ प्रतिशत, गा¥हो हुने थियो भन्ने उत्तरदाताहरुको संख्या ५.०६ प्रतिशत, खासै प्रभाव पर्ने थिएन भन्ने उत्तरदाताहरुको संख्या २४.०९ प्रतिशत रहेको पाइयो । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10860 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | समाजशास्त्र सङ्काय | en_US |
| dc.subject | ज्येष्ठ नागरिक Senior citizen | en_US |
| dc.subject | सामाजिक सुरक्षा भत्ता Social security allowance | en_US |
| dc.title | ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रतिको दृष्टिकोण र प्रयोग शैली पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीको एक अध्ययन {Attitude and Usage Style Towards Senior Citizen Social Security Allowance Pokhara Municipal Corporation Ward no. 33 A Study of Bharatpokhari} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Prithivi Narayan Campus, Pokhara | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
