पाँचथर जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Studying in Class VIII of Panchthar District}

dc.contributor.authorतामाङ Tamang, मन कुमारी Man Kumari
dc.date.accessioned2022-06-07T06:06:40Z
dc.date.available2022-06-07T06:06:40Z
dc.date.issued2019
dc.description.abstractत्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा विभाग अन्र्तगत स्नातकात्तर तह चाथौं सत्र (नपा. शिक्षा ५४४) पाठयांशका प्रयोजनार्थका लागि पाँचथर जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन शीषर्कमा शोधपत्र तयार पारिएको छ । प्रस्तुत शोधमा पाँचथर जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूका पठनबोध क्षमता पहिचान गर्न उक्त जिल्लाका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूका लैङगिकता र विद्यालय प्रकृतिका आधारमा पठनबोध क्षमताका स्थिति पहिल्याउन, जस्ता उद्देश्यहरू राखिएको छ । प्रस्तुत अध्ययन अन्तर्गत पाँचथर जिल्लाका चारवटा सामुदायिक र चार वटा सस्थागत विद्यालयका ४० जना छात्र र ४० जना छात्रा गरी जम्मा ८० जना विद्यार्थीहरूका पठनबोध क्षमताका अध्ययन विश्लेषण गर्ने कार्य गरिएको छ । पाँचथर जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूका पठनबोध क्षमता कस्तो रहको छ ? लैङगिकता र विद्यालयका प्रकृतिका आधारमा उक्त कक्षाका विद्यार्थीहरूका पठनबोध क्षमता के कस्ता छ ? भन्ने विषयलाइ मुख्य समस्या बनाएर प्रस्तुत शोधकार्य तयार गरिएको छ । यिनै समस्यासँग सम्बन्धित भइ पाँचथर जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताका अध्ययन गर्नका लागि यो शोधकार्य कुन्दित रहको छ । यस अध्ययन कार्य पाँचथर जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूका नमूना सर्वेक्षण विधि मार्फत तथ्याङक सङकलन गरी अध्ययनलाइ अगाडि बढाइएको छ । यस अध्ययनका लागि पाचथर जिल्लाका ४ वटा सामुदायिक र ४ वटा सस्थागत विद्यालयबाट ४०÷४० जना गरी जम्मा ८० जना विद्यार्थी सङख्या प्रतिनिधि जनसङख्याका रूपमा चयन गरिएको छ । यसरी प्रस्तुत शोधकार्य मुलत ः क्षेत्रीय सामग्री सङकलन विधि र तथ्याङक सङकलन अध्ययन विधिमा आधारित रहेको छ । उपयुक्त तथ्याङकका वस्तुगत अध्ययनको लागि प्रतिशताङक, मानक विचलन र मध्यमानको आधारमा पठनबोध क्षमताका पहिचान गरिएका छ । यसरी साङख्यिकीय तथ्याङक विश्लषणका आधारमा पस्तत अध्ययन तयार पारिएको छ । सामग्री सङकलन गरिसकेपछि विद्यार्थीहरूको पठनबोध क्षमता कस्ता रह्यो भनी प्रतिशतमा रूपान्तरण गरी प्रतिशतका आधारमा तुलनात्मक रूपमा व्याख्या तथा विश्लेषण गरिएको छ । यसका साथै सामुदायिक र सस्थागत विद्यालय तथा छात्र र छात्राहरूका छट्टाछट्टै विश्लेषण गरिएको छ । जम्मा छ अध्यायमा संरचित शोधकार्यका अध्याय एकमा शोध परिचय, अध्याय दुइमा पुर्वकार्यका पुनरावलोकन र सैद्धान्तिक अवधारणा, अध्याय तीनमा अध्ययन विधि र प्रक्रिया, अध्याय चारमा समगताका आधारमा पठनबाध क्षमताका अध्ययन, अध्याय पाचमा दृष्टाश र अदृष्टाश पठनबोध क्षमताका अध्ययन र अध्याय छमा साराश, निष्कर्ष र उपयोगिता समावेश गरिएको छ । प्रस्तुत अध्ययनबाट निम्नानसारका निष्र्कषहरू प्रस्तुत गरिएको छ ः क) समग्र विद्याथीहरूको पठनबोध क्षमतालाइ प्रतिशतमा गणना गर्दा ८७ प्रतिशत विद्यार्थीहरूको पठनबोध क्षमता ५० प्रतिशत भन्दा बढी देखिएकाले विद्यार्थीहरूको समग्र पठनबोध क्षमता राम्रो रहेको देखिन्छ । ख) सम्रग सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीृहरूमा पठनबोध क्षमता राम्रो पाइयो । ग) विद्यालयका प्रकृतिका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठनबोध क्षमता मध्यम पाइयो भने सस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमता उत्तम पाइयो । घ) लैङगिक कोणबाट पठनबोध क्षमताका मूल्याङकन गर्दा छात्रहरू भन्दा छात्राहरूमा पठनबोध क्षमता बढी रहको पाइन्छ । ङ) दृष्टाश पठनबोध क्षमताका तुलनामा अदृष्टाश पठनबोध क्षमता राम्रो रहको पाइयो । च) सम्रगमा पठनबोध क्षमता राम्रो पाइयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10905
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectपठनबोध क्षमता Reading abilityen_US
dc.subjectतुलनात्मक अध्ययन Comparative studyen_US
dc.titleपाँचथर जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Studying in Class VIII of Panchthar District}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
83.94 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
296.12 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: