ल्होमी जातिको वर्तमान शैक्षिक अवस्था {Lhomi jatiko bartaman saikshik abastha}

dc.contributor.advisorसंतोषकुमार बराल (Santoshkumar Baral)
dc.contributor.authorभोटे, छिरिङ्ग तेम्बा (Bhote, Chhiring Temba)
dc.date.accessioned2026-02-23T09:40:01Z
dc.date.available2026-02-23T09:40:01Z
dc.date.issued2014
dc.description.abstractशिक्षा देशनिर्माणको लागि दक्ष , सिपयुक्त, चरित्रवान् एवंम् नैतिकवान् नागरिक तयार गर्ने मुख्य आधार हो । संयुक्त राष्ट्र संघले सन् १९४८ मानै शिक्षालाई मानवअधिकारको रुपमा घोषणा गरिसकेको र नेपालको अन्तरिम संविधान २०६३ को धारा १७ मा शिक्षालाई मौलिक हकको रुपमा मान्यता प्रदान गरिसकेको कारणले एंव सन् २०१५ सम्म सबैका लागि शिक्षा कार्यक्रम लागु गरिसकेको अवस्थामा नेपालका आदिवासी जनजाती अन्र्तगत सिमान्तकृत समुदायमा पर्ने आदिवासी जनजातिहरुलाई मध्यनजर गरि “ल्होमी जातिको वर्तमान शैक्षिक अवस्था ” भन्ने शिर्षकमा यो शोधपत्र तयार गरिएको छ । यसका उदेश्यहरु ल्होमी जातिको वर्तमान शैक्षिक अवस्था पत्ता लगाउनु , यी जातिको जिवनस्तरमा शिक्षाले ल्याएको परिवर्तनको खोजी गर्नु , ल्होमी जातिहरु शिक्षामा पछाडी पर्नुका कारणहरु प्हिचान गरि शिक्षाको मुलधारमा ल्याउन अपनाउनु सकिने उपायहरु प्रस्तुत गर्नु रहेको छ । यी उदेश्यहरु प्राप्तीका लागि यस सँग सम्बन्धित अनुसन्धानात्मक प्रश्ननिर्माण गरी उक्तर खोज्ने प्रयास गरिएको छ । अनुसन्धानलाई अगाडी बढाउन यस विषयसंग सम्बन्धित शोधपत्र, दस्तावेज, लेख ,पुस्तक तथा अन्य सन्दर्भ सामाग्रीहरुको अध्ययन गरिएको छ । अध्ययनको क्रममा ल्होमी जातिहरुको उत्पति थलो र हाल अधिकांश ल्होमीहरु बसोबास गरिरहेको क्षेत्र संखुवासभा जिल्लाको उत्तरी दुर्गम गा.वि.स चेपुवाका चेपुवागाउँ र गुम्बागाउँ त्यस्तै गरि हटिया गा.वि.स वडा नं. २ र ३ को हुगुङ्गगाउँ, लिंगम स्रोतकेन्द्रका स्रोत व्यक्ति , सो स्रोत केन्द्र अन्र्तगतका ३ वटा विद्यालय, विद्यालयका वि.व्य.स र शि.अ.सका अध्यक्षहरु, , विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरु , ४० जना अभिभावकहरु , २ जना बुद्धिजिवीहरु र हालसम्म ल्होमी जातिहरु मध्येबाट उच्च शिक्षा हासिल गरिसकेको १ जना पुरुष र १ जना महिलालाई जनसङ्ख्याको रुपमा लिइ यो अध्ययन कार्य गरिएको छ । समग्र जनसंख्याबाट नमुना छनोट गर्दा उदेश्यपूर्ण नमुना छनोट तथा छ्यसमिसे नमुना छनोटका आधारमा गरिएको छ । अनुसन्धान कार्यका लागि तथ्याङ्क सङ्कलन गर्न प्रश्नावली , जनसंख्या सर्वेक्षण फाराम , मत सर्वेक्षण फाराम ,अन्र्तवार्ता फाराम , अवलोकन फाराम तथा छलफल सुचि जस्ता सुचना सङ्कलनका साधन प्रयोग गरी प्राथमिक र द्धितिय दुवै स्रोतहरुबाट तथ्याङ्क सङ्कलन गरिएको छ । यसरी प्राप्त तथ्याङ्कहरु लाई तालिककरण गरि तालिका ,वृत्त चित्र र चार्टहरुको माध्यम द्धारा विश्लेषण एंव प्रस्तुतीकरण गरिएको छ । यस अध्ययनबाट अध्ययन क्षेत्रको ६ वर्ष भन्दा माथिको ल्होमी पुरुषको साक्षरता प्रतिशत ४६ % र महिलाहरुको साक्षरता प्रतिशत ३८.८८ % रहेको र वर्तमान समयमा समग्र अध्ययन क्षेत्रका ल्होमीहरुको साक्षरता प्रतिशत ४२.२१ % मात्र रहेको पाइयो , जुन नेपालको साक्षरता प्रतिशत र अध्ययन क्षेत्रको जिल्लाको साक्षरता प्रतिशत भन्दा अत्यन्त न्युन रहेको छ । शिक्षाको कारणले यस जातिको स्वास्थ्यको स्थिती, व्यक्तिगत सरसफाई, खानपानको अवस्था, भाषिक अवस्थामा ,रोजगारमा र आर्थिीक स्तरमा विगतको तुलनामा व्यापक परिवर्तन भइरहेको पाइयो । अध्ययनबाट प्राप्त सुचनाको आधारमा वर्तमान समयमा पनि ल्होमी जातिहरु गरिबी, भौगोलिक विकटता, राज्यको निति, अशिक्षा , भाषिक समस्या, राजनितिका कारणले गर्दा शिक्षामा पछाडी परिरहेको देखिन्छ । ल्होमी जातीहरुलाई शिक्षाको मुलधारमा ल्याई शैक्षिक हकबाट यस जातिलाई कुण्ठित हुन नदिनको लागि वर्तमान समयमा सबैका लागि शिक्षा कार्यक्रमको प्रभावकारी कार्यन्वयनका लागि शिक्षक तालिम ,विद्यालयको भौतिक, आर्थिक ,शैक्षिक पक्षको उचित व्यवस्थापन, शिक्षा सम्वन्धि विभिन्न अभिभाव क सचेतना कार्यक्रम , शिक्षालाईअनिवार्य एवं नि : शुल्क बनाउनु , वालमैत्री विद्यालय वातारण कायम गरि पूर्णरुपमा छात्रवृत्ति तथा दिवा खाजाको व्यवस्था, प्रत्येक गाउँमा प्रा.वि. तहको विद्यालय स्थापना, विभिन्न अनौपचारिक शिक्षाकार्यक्रम संचालन , वि.व्य.स., शि.अ.स., प्र.अ. तथा शिक्षकहरुमा दायित्ववोध बनाउनका लागि सम्वन्धित निकाय वाट निरन्तर सुपरिवेक्षण र अनुगमन गर्नु पर्ने साथै नीतिगत तह ,कार्यन्वयन तह ,अनुसन्धान तह र राष्ट्रिय स्तरबाट नै सिमान्तकृत ल्होमी जातिहरुलाई शिक्षाको मुलधारमा ल्याउनको लागि पहल गर्नु पर्ने सुझाउ सहितको निष्कर्ष निकालिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25668
dc.language.isone
dc.subjectल्होमी जाति (Lhomi jati)
dc.subjectशैक्षिक अवस्था (Saikshik abastha)
dc.titleल्होमी जातिको वर्तमान शैक्षिक अवस्था {Lhomi jatiko bartaman saikshik abastha}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleवरुण बहुमुखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
558.88 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: