छाउघर उपन्यासको लैङगिक अध्ययन {Gender Study of Chhaughar Novel}
| dc.contributor.author | कोइराला Koirala, विधा Bidha | |
| dc.date.accessioned | 2022-01-28T06:46:31Z | |
| dc.date.available | 2022-01-28T06:46:31Z | |
| dc.date.issued | 2017 | |
| dc.description.abstract | त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह चौथो सेमेस्टरको पाठयांश नेपा. शि. ५४४ को प्रयोजनार्थ प्रस्तुत शोधपत्र तयार पारिएको हो । प्रस्तुत अध्ययनका छाउघर उपन्यासमा प्रयुक्त समाजको अवस्था पहिचान गर्नु, छाउघर उपन्यासको लैङगिक चेतनाको विश्लेषण गर्नु, लैङगिक दृष्टिले छाउघर उपन्यसमा प्रयुक्त भाषाको मूल्याङकन गर्नुजस्ता उद्देश्यहरू रहेका छन । प्रस्तुत शोधकार्यमा पुस्तकालयीय अध्ययनबाट सामग्री सङकलन गरी व्याख्या विश्लेषण गरिएको छ । यसका लागि प्राथमिक स्रोतका रूपमा फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित छाउघर उपन्यासलाई लिइएका छ भन लैङगिक अध्ययनसँग सम्बन्धित पाठयपुस्तक, शोधप्रतिवेदन, पत्रपत्रिकामा प्रकाशित लखरचना सरकारी एवम गैरसरकारी संघसंस्थाका प्रतिवेदन र विद्वान विशेषज्ञ तथा शोध निर्देशकको राय सुझाव तथा परामर्शलाई द्वितीयक स्रोतका रूपमा लिइएको छ । सात अध्यायमा संरचित प्रस्तत शोधपत्रको अध्याय एकमा शोधपरिचय, अध्याय दुईमा सैद्धान्तिक प्रारूप र पूवकायको पुनरावलोकन, अध्याय तीनमा शोधविधि र प्रक्रिया, अध्याय चारमा छाउघर उपन्यासमा प्रयुक्त समाज, अध्याय पाँचमा छाउघर उपन्यासमा प्रयुक्त लैङगिक चेतना, अध्याय छमा लैङगिक दृष्टिले छाउघर उपन्यासमा प्रयुक्त भाषाको मूल्याङकन र अध्याय सातमा सारांश, निष्कर्ष एवं उपयोगिता प्रस्तुत गरिएको छ । प्रस्तुत शोधकार्यलाई उपन्यासमा प्रयक्त समाजको अवस्था पहिचान, लैङगिक चेतनाको विश्लेषण र उपन्यासमा प्रयुक्त भाषाको मूल्याङकनमा सीमित गरिएको छ । छाउघर उपन्यासमा सुदूरपश्चिमको समाजमा पुरुष वर्गले महिलामाथि गरेको अन्याय, विभेद, धर्म संस्कृतिका नाममा गरिने विभेद, पितृसत्तात्मक मानसिकता, नारीमाथिको कुसंस्कार, पात्रहरूमा प्रतिशोधको भावना प्रस्तुत गरिएको छ । यस आधारमा हेर्दा त्यहाँका अधिकांश पात्रहरू रूढिवादी मानसिकताबाट ग्रसित रहेको पाइन्छ । लैङगिक दृष्टिकोणले महिला र पुरुषलाई फरकफरक तवरले हेरिएको छ । पितृसत्तात्मक सोच र अन्धविश्वासमा जकडिएको समाजका कुसंस्कार र नारीप्रतिको कदृष्टिलाई प्रतिकार गर्दै स्वअस्तित्वसहित स्वतन्त्रताको बाटो अँगाली विद्रोह गर्न सकिन कुरा प्रस्तुत उपन्यासमा पाइन्छ । महिला सशक्तीकरणका दृष्टिकोणबाट हेर्दा पुरुषको तुलनामा महिला बढी सक्रिय भएको पाइन्छ । सामाजिक हक अधिकारका दृष्टिले असमान जीवन बाँचिरहेका ठज्ञ महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट मूलधारमा ल्याउन आवश्यक छ भन्न विचार उपन्यासमा पाइन्छ । भाषिक प्रयोगको दृष्टिकोणले हेर्दा सुदूरपश्चिममा प्रयोग हुने स्थानीय भाषा, आगन्तुक शब्दहरू, अनुकरणात्मक शब्द तथा ठेट नेपाली भाषाको प्रयोग गरिएका छ । सुदूरपश्चिममा पुरुषवादी समाजले महिलामाथि गरेको सामन्ती व्यवहारलाई उतार्न प्रस्तुत उपन्यास सफल रहेको छ । साथै महिलाहरूको उत्थान, आत्मनिर्भरता र स्वस्थ समाज निर्माणका लागि सङघर्षको आवश्यकता छ भन्ने सन्देश दिइएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7782 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र नेपाली भाषा शिक्षा विभाग | en_US |
| dc.subject | छाउघर उपन्यास Chhaughar novel | en_US |
| dc.subject | लैङगिक अध्ययन Gender studies | en_US |
| dc.title | छाउघर उपन्यासको लैङगिक अध्ययन {Gender Study of Chhaughar Novel} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
