पोखरा महानगरपालिका वडा नं.१९, लामाचौरमा बसोवास गर्ने छन्त्याल जातिका आर्थिक तथा शैक्षिक अवस्थाको अध्ययन{A study of the economic and educational condition of the Chhantyal caste living in Lamachaur, Ward No. 19 of Pokhara Metropolitan City}

dc.contributor.authorछन्त्याल Chhantyal, तारा Tara
dc.date.accessioned2022-07-12T05:37:44Z
dc.date.available2022-07-12T05:37:44Z
dc.date.issued2020
dc.description.abstractछन्त्याल समदायको शिक्षामा आर्थिक पक्षले पारेको प्रभावलाई पत्ता लगाउनका लागि छन्त्याल जातिको ऐतिहासिक पृष्ठभमि कस्तो रहेको छ ? यस समुदायको आर्थिक एवं शैक्षिक अवस्थाकस्तो छ ? आर्थिक अवस्थाले शिक्षामा कस्तो प्रभाव पारेको छ ? जस्ता समस्याको समाधानकानिम्ति छन्त्याल समदायका आर्थिक अवस्थाको अध्ययन गर्नु र छन्त्याल जातिका आर्थिकतालशैक्षिक अवस्थामा पारेको प्रभाव बारे विश्लेषण गर्नु उद्देश्य लिइ यो शोध अध्ययन गरिएको हो ।पोखरा म.न.पा. वडा नं. १९, लामाचौरमा बसोबास गर्ने ४० घरपरिवारको आर्थिक र शैक्षिकपक्षसँग सम्बन्धित तथ्याङक सङकलन गरिएको छ । यो जाति अन्य जातिको तुलनामा आर्थिक,शैक्षिक रुपल पिछडिएको देखिन्छ । विद्यालयको पहुँच क्षेत्रभित्र रहेर पनि शिक्षा आर्जनमा किनपछाडि परेको छ? भन्ने विषयवस्तुलाई उनीहरुको आर्थिक पक्षसँग सम्बन्धित अध्ययन गरी यथार्थ पत्ता लगाउन अनसन्धानकर्ताल यस वस्तीलाई अध्ययन क्षेत्रको रुपमा छनोट गरिएकाछ । यस अनुसन्धानमा मुख्यतः वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धान ढाँचा प्रयोगमाल्याइएको छ ।प्रस्तुत अनसन्धानको लागि कास्की जिल्ला अन्तर्गत पोखरा म.न.पा वडा नं. १९,लामाचौरका ४० घरधुरीलाई अध्ययन क्षेत्रको रुपमा छनोट गरिएको छ । प्राथमिक स्रोतअन्तर्गत अध्ययनको उद्देश्यमा आधारित भएर अवलोकन, अन्तरवार्ता अनसूचिको माध्यमबाटतथ्याङक संकलनगरिएको छ । द्वितीय स्रोत अन्तर्गत छन्त्याल समुदायसँग सम्बन्धित लेखरचना विद्यालय प्रोफाइल गा.वि.स. प्रोफाइल जि.वि.स.को तथ्याङक, विभिन्न शोधपत्रहरु,स्थानीय पत्रपत्रिकाहरु साथै सम्बन्धित साहित्यको सहयोग लिइएको छ । कुल ४० जना उत्तरदाता मध्ये एकल परिवार भएका उत्तरदाताहरु बढी रहेको पाइयो । समग्रमाहेर्दा एस.ई. ई. भन्दा कम पढेका अर्थातसाक्षर मात्र रहेका बढी संख्या र उच्च शिक्षा हासिलगर्ने संख्या अती न्यून रहेको पाइयो । साक्षरताको हकमा महिला भन्दा बढी पुरुष नै साक्षररहेको पाइयो । आफना जातीय संघसंस्थामा पूरै घरधुरी आवद्ध भएको पाइयो भने बाहिरीसंघसंस्थामा केही घरधुरीका सदस्यहरु मात्र आवद्ध भएका त्यसमा पनि आमा समुह र टोलविकास सस्थाको सदस्यका रुपमा रहेको पाइयो । आफनो संस्थामा आफना विचारहरु प्रष्ट राख्नसक्ने भएता पनि बाहिरी सघसंस्थामा अझ घुलमिल हुने सकको पाइएन । अध्ययन क्षेत्रकाछन्त्यालहरुक धेरैजसोको आफनै पक्की घर रहेको र न्यून संख्या मात्र भाडामा बसेको पाइयो । खष्ष्ष् समग्रमा छन्त्याल समुदायको शैक्षिक स्तर कमजोर भएकै कारण जागिरमा प्रवेशको लागिआवश्यक योग्यता बनाउन नसकेका कारण विदेश गएपनि हाल आएर केही युवाहरू १० जोड२, उच्च शिक्षासम्म पढेकाले शैक्षिक गुणस्तरमा सुधार आएको छ । स्थलगत अध्ययनबाट उक्तछन्त्याल समुदायमा शिक्षाको अवस्था कमजोर हुनुमा उनीहरूको आर्थिक अवस्था नै जिम्मेवाररहेको पुष्टि हुन्छ । राम्रो आर्थिक अवस्था भएको परिवार र कमजोर आर्थिक अवस्था भएकापरिवारका बिच तुलनात्मक शैक्षिक अवस्थालाई विश्लषण गर्दा पनि थप पष्टि भएको पाइन्छ । आर्थिकताको मुख्य कारण बैदेशिक रोजगार र पेन्सन नै मानिन्छ भने व्यापार र जागिरबाटआम्दानी गर्ने कम रहेको पाउन सकिन्छ । आर्थिकताको हिसावले मासिक रुपमा ५० हजार देखि१ लाखसम्म र १ लाख भन्दा बढी आम्दानी गर्ने उत्तरदाताहरुको संख्या बढी पाइयो । आफनाबालबालिकाहरुलाई पठनपाठनको लागि सामुदायिक विद्यालय भन्दा निजी विद्यालय नै रोजेकाअर्थात निजी विद्यालयप्रति बढी अभिरुचि देखाएको पाइन्छ । आफनो बालबच्चाहरुको भविष्यकालागि समय सुहाउँदो शिक्षा दिन सामुदायिक विद्यालय भन्दा निजी विद्यालय न सक्षम छनभन्नजानकारी पाउन सकिन्छ । सबै उत्तरदाताहरु आफना बालबालिकाहरुलाई उच्च शिक्षासम्म ज्ञानदिन आवश्यक छ भन्ने जानकारी पाइयो । त्यसैल अबको शिक्षा भनेको उच्च शिक्षासम्म नदिनुपर्छ भन्ने मान्यता यस अध्ययनबाट पाइन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11648
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र संकायen_US
dc.subjectछन्त्याल जाति Chhantyal Jaatien_US
dc.subjectशैक्षिक अवस्था Saikshik Awasthaen_US
dc.titleपोखरा महानगरपालिका वडा नं.१९, लामाचौरमा बसोवास गर्ने छन्त्याल जातिका आर्थिक तथा शैक्षिक अवस्थाको अध्ययन{A study of the economic and educational condition of the Chhantyal caste living in Lamachaur, Ward No. 19 of Pokhara Metropolitan City}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
111.09 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
396.02 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections