सामुदायिक विद्यालयमा विद्यार्थी सहभागिताले पारेको प्रभाव {Samudayek vidhyalayama biddyarthi sahavagitale pareko pravab]

dc.contributor.authorसापकोटा sapakaṭa, लक्ष्मीप्रसाद Laxmiprasad
dc.date.accessioned2022-02-23T10:16:39Z
dc.date.available2022-02-23T10:16:39Z
dc.date.issued2009
dc.description.abstract“सामुदायिक विद्यालयमा विद्यार्थी सहभागिताले पारेको प्रभाव” शीर्षकमा यो शोधपत्र तयार गरिएको छ । यो शोधमा सामुदायिक विद्यालयमा विद्यार्थी सहभागिताको अध्ययन गर्ने क्रममा विद्यार्थीको संख्यात्मक अवस्थालाई आधार क्षेत्र वनाईएको छ । जनसंख्याको बढ्दो अवस्थामा विद्यार्थीहरुको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ, तर नगर क्षेत्रको सामुदायिक विद्यालयको प्रा.वि तहमा विद्यार्थी संख्या घट्दै जानु र संस्थागत विद्यालयमा बढ्दै जानुले शोधको समस्या सृजना भएको छ । सरकारको लगानी भएको सामुदायिक विद्यालयको क्षमता अभिवृद्धि, मानव संसाधन व्यवस्थापन गर्ने, नेतृत्वदायी भूमिकाको लागि पेशागत विकास गरी सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्न यो शोधले सम्वन्धित क्षेत्रमा सुझाव पेश गर्ने भएकोले यसको विशेष औचित्य रहेको छ, यस शोधमा विद्यार्थी सहभागिताको अवस्था पहिचान गर्नु, विद्यार्थीको संख्यात्मक सहभागिता न्युन हुने कारण पत्ता लगाउनु, यसको प्रभाव विश्लेषण गुर्न र समस्या समाधनका लागि सुझाव दिनु सोधका उद्देश्यहरु रहेका छन् । धनकुटा नगरपालिका का तीन उच्च मा.वि. र ५ ओटा प्रा.वि हरुमा सिमित यो शोधमा वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यो शोधको सैद्धान्तिक खाकाको रुपमा फ्रेडरिक टेलरको बैज्ञानिक व्यवस्थापनको सिद्धान्त, म्यारी पार्कर फोलेटको मानव सम्वन्ध सिद्धान्त र मास्लोको अभिप्रेरणाको सिद्धान्त प्रयोग गरिएको छ । शोधमा नगर क्षेत्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थी सहभागिताको अवस्थाको पहिचान गर्न नमुनामा परेका ८ ओटा विद्यालयहरुको ५ ओटा शैक्षिक सत्रमा रहेका विद्यार्थी संख्या संकलन गरी विश्लेषण गरिएको । यसवाट वर्षैपिच्छे विद्यार्थी संख्या घट्दो आवस्थामा रहेको पाईएको छ । त्यसैगरी नमुूनामा परेका ८ ओटा विद्यालयका प्र.अ. ८ जना, वि.व्य.स. अध्यक्ष ८ जना सम्वन्धित क्षेत्रका अभिभावक १० जना शिक्षाविद १० जना प्रत्येक विद्यालयवाट १ महिला र १ पुरुष शिक्षक गरी १६ जना समेत जम्मा ५२ जना व्यक्तिहरुसँग छलफल, भेटवार्ता तथा प्रश्नावली भराई जवाफ प्राप्त गर्ने तथा विद्यालयको भौतिक अवस्थाको अवलोकनवाट विद्यार्थी संख्याको न्यूनताको कारण, यसवाट पर्ने प्रभाव र विद्यार्थी संख्या बढाउने उपायहरुवारे सुझाव पेश गरिएको छ । सामुदायिक विद्यालयको पाठ्यक्रम समयसापेक्ष नभएको, व्यवस्थापन सुधार्न नसकिएको, मानव शंसाधन व्यवस्थापनमा कसैको ध्यान नगएको, विद्यालय समुदाय सम्वन्ध सुदृढ वन्न नसकेको, अंग्रेजी शिक्षाको चाहना बढ्दै गएको कारण सामुदायिक विद्यालयमा दिनदिनै विद्यार्थी संख्या घट्दै गएको पाईयो । यसरी विद्यार्थी संख्या घट्दै जादा विद्यालयमा शिक्षकको दरबन्दी कट्ने, कम शिक्षकले धेरै ओटा कक्षा संचालन गर्नु पर्दा गुणस्तर कायम गर्न सकिदैन जसवाट दिनदिनै विद्यार्थी संख्या घट्ने र अभिभावकहरुको सामुदायिक विद्यालय प्रति वितृष्णा बढ्दै जान्छ । यो अवस्थामा विद्यालय सार्नु, गाभ्नु वा बन्द गर्ने अवस्था सिर्जना हुन जान्छ । यो समस्याको समाधानका लागि व्यवस्थापनमा आधुनिकिकरण, वालमैत्री कक्षा संचालन र व्यवस्थापन, पाठ्यक्रमको समयसापेक्ष परिमार्जन, शिक्षकहरुको क्षमताको विकास गर्नु पर्ने सुझावहरु दिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8451
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectसामुदायिक विद्यालय Samudaek vidyalayaen_US
dc.titleसामुदायिक विद्यालयमा विद्यार्थी सहभागिताले पारेको प्रभाव {Samudayek vidhyalayama biddyarthi sahavagitale pareko pravab]en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
124.72 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
433.88 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: