लक्षित वर्गका लागि प्राप्त छात्रवृत्तिको व्यवस्थापन र शैक्षिक उपलब्धिमा प्रभाव {Impact on Scholarship Management and Educational Achievement for Target Groups}
| dc.contributor.author | कंडेल Kandel, पार्वती Parwati | |
| dc.date.accessioned | 2022-02-01T05:54:02Z | |
| dc.date.available | 2022-02-01T05:54:02Z | |
| dc.date.issued | 2008 | |
| dc.description.abstract | सबैका लागि शिक्षाको अन्तराष्ट्रिय अभियानलाई सार्थक बनाउने कार्यक्रम छात्रवृत्ति कार्यक्रम हो । यस्तो छात्रवृत्ति कार्यक्रमले विशेषत प्राथमिक तहलाई नै प्राथमिकतामा राखेको छ त्यसैले यहाँ “लक्षित वर्गका लागि प्राप्त छात्रवृत्तिको व्यवस्थापन र शैक्षिक उपलब्धिमा प्रभाव” शिर्षकमा यो शोधपत्र तयार गरिएको छ । यसको मुख्य उद्देश्य लक्षित वर्गका लागि प्राप्त छात्रवृत्ति व्यवस्थापन र शैक्षिक उपलब्धिमा प्रभाव रहेको छ । अध्ययनमा तथ्याङ्कहरू सङ्कलनका साथै शोधपत्रलाई पूर्णता प्रदान गर्नको लागि दुई प्रकारका साधनहरू प्राथमिक र द्वितीय लाई अवलम्बन गरी प्राथमिक तथ्याङ्क अन्तर्गत अन्तरवार्ता प्रश्नावली, प्रश्नावली, विद्यालय सर्वेक्षण फाराम, छलफल अवलोकनलाई लिइएको छ भने द्वितीय तथ्याङ्क अन्तर्गत यसै विषयसँग सम्बन्धित रहेर प्रकाशन भएका लेख, रचना, प्रतिवेदन, पुस्तक, पत्रपत्रिका, कार्यान्वय निर्देशिका र नियमावली एवम् इन्टरनेट लिइएको छ । शोधकार्यबाट प्राप्त नतिजा अनुसार छात्रवृत्तिको व्यवस्थापकीय पक्षमा कार्यक्रम निर्देशिका अनुसार कार्यालयको निर्देशन बमोजिम लक्षित छात्र÷छात्रा छनौट गरी प्राप्त छात्रवृत्ति रकमलाई दामासाही हिसाबले वितरण गरेको पाइयो । एक हिसाबले छात्रवृत्ति पाउनबाट लक्षित वर्ग वञ्चित छैनन् तर पूर्ण रूपमा तोकिएको रकम भने प्राप्त गर्न सकेका छैनन् । छात्रवृत्ति कार्यक्रम लक्षित बालबालिकाहरूका निम्ति विद्यालयमा भर्ना पहुँच बढाउन सकृय माध्यम बनेको छ । तर पनि न्यून मात्रामा प्राप्त हुने छात्रवृत्ति रकमले लक्षित तथा विपन्न वर्गलाई पूर्ण रूपमा अझै प्रभाव पार्न नसकेको पाइयो । छात्रवृत्ति कार्यक्रम सञ्चालन निर्देशिकालाई पालना गर्दै अन्य स्थानीय दाताहरूको खोजी गरी अभिभावकलाई सचेत बनाएर अगाडि बढ्न सकेको खण्डमा छात्रवृत्तिको प्रभाव सकारात्मक पर्न जाने सम्भावना देखिएको छ । लक्षित वर्ग भित्र पर्ने बालबालिकाहरू मध्ये पनि गरिब जेहेन्दार, विद्यार्थीलाई वितरण गर्दा प्रभावकारी हुने देखिन्छ । विद्यालयहरूले नियमित कार्यालयबाट आउने छात्रवृत्तिको साथसाथै अन्य छात्रवृत्ति दाताहरूको खोजी गरी छुट्टै छात्रवृत्ति कोष खडा गरी जेहेन्दार र गरिब छात्रवृत्ति वितरण गर्न र गरिसकेपछि उपलब्धिको समिक्षा गर्नुका साथै सम्बन्धित निकायले निगरानी गर्ने गरेमा अरु प्रभावकारी हुने देखिन्छ । समयमा निकासा प्राप्त भएको खण्डमा छात्रवृत्ति कार्यक्रम अझ प्रभावकारी हुने देखिन्छ । दलित वा गैरदलितबाट वास्तविक गरिब पहिचान गर्न सक्ने सूचक तयार गरी लक्षित समूह तय गर्नु पर्ने, एक शैक्षिक सत्रमा अध्ययनका लागि पुग्ने गरी छात्रवृत्ति रकम उपलब्ध गराउनु पर्ने, शैक्षिक गुणस्तरमा समानता ल्याउन र सरकारी विद्यालय गरिब र दलितको मात्र हो भन्ने धारणा हटाउन सामुदायिक र नीजि विद्यालयमा अध्ययन गराउने पाठ्यक्रम एउटै हुनु पर्ने, निकासा समयमा गर्नुपर्ने, छात्रवृत्ति वितरणमा अनुगमनको व्यवस्था गर्नुपर्ने, वितरण पछि विद्यालयमा परेको प्रभावका बारेमा समीक्षा गर्नुपर्ने, विद्यालयलाई राजनीति गर्ने पूर्वाधारको रूपमा हेर्न नहुने जस्ता तथ्यहरूलाई सुझाब स्वरूप प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7970 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङ्काय, शिक्षा योजना तथा व्यवस्थापन | en_US |
| dc.subject | लक्षित वर्ग Target group | en_US |
| dc.subject | छात्रवृत्ति व्यवस्थापन Scholarship management | en_US |
| dc.subject | शैक्षिक उपलब्धिमा Educational achievement | en_US |
| dc.title | लक्षित वर्गका लागि प्राप्त छात्रवृत्तिको व्यवस्थापन र शैक्षिक उपलब्धिमा प्रभाव {Impact on Scholarship Management and Educational Achievement for Target Groups} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
