कक्षा सातमा अध्ययनरत सतार भाषी विद्यार्थीहरूले नेपाली वाक्यगठनमा गर्न त्रुटिहरूको अध्ययन {Satar Speaking students studying in class seven study the errors in Nepali syntax}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा
Abstract
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकायअन्तर्गत नेपाली भाषाशिक्षा विभाग स्नातकोत्तर तह दोस्रावर्षको नेपा.शि. ५९८ पाठयांशको प्रयोजनार्थ प्रस्तुत कक्षा सातमा अध्ययनरत सतारभाषी विद्यार्थीहरूलेनेपाली वाक्यगठनमा गर्ने त्रुटिहरूको अध्ययनशीर्षकको शोधपत्र निम्नलिखित समस्यामा केन्द्रित रहेका छ :
(क) सतारभाषी विद्यार्थीहरूले नेपालीभाषाको वाक्यगठनमा के कस्ता त्रुटिहरू गर्छन?(ख) त्यस्ता त्रुटिहरूलाई कसरी वर्गीकरण गर्न सकिन्छ ?(ग) त्यस्ता त्रुटिहरू क काररणले हुन्छन?(घ) त्यस्ता त्रुटिहरू निराकरणका लागि के कस्ता उपायहरू सुझाउन सकिन्छ ?
उपर्युक्त समस्यामा केन्द्रित रहेको यो शोधपत्र निम्नलिखित उददेश्य प्राप्तिका दिशामा केन्द्रित रहेको छः
(क) सतारभाषी विद्यार्थीहरूले नेपाली भाषाको वाक्यगठनमा गर्ने त्रुटिहरू पहिल्याउनु,
(ख) त्यस्ता त्रुटिहरूका वर्गीकरण गर्नु,
(ग) त्यस्ता त्रुटिहरू हुनका कारणहरू पत्ता लगाउनु,
(घ) त्यस्ता त्रुटिहरू निराकरणका लागि उपायहरू सुझाउनु ।
सतारभाषी विद्यार्थी नेपालको झापा जिल्लामा मात्र सीमित नभई मोरङ र सुनसरीमा अधिक मात्रामा र अन्य जिल्लामा फाटटफुटट रूपमा रहेका छन भने नेपाल बाहिर छिमेकी राष्ट्र भारतको विहारका केही भागमा यिनीहरूको राम्रो उपस्थिति रहेको देखिन्छ । यी विभिन्न भागमा छरिएर रहेका सम्पूण सतारभाषी विद्यार्थीहरूले स्तरीय नेपाली शब्द निर्माण गर्दा गर्ने त्रुटिहरूको अध्ययन गर्न यस शोधपत्रमा असम्भव या कठिन हुने हुनाले यहाँ झापा जिल्लामा पर्ने बैगुन्धुरा गा.वि.स.का श्री अमर उ.मा.वि., श्रीलेखनाथ नि.मा.वि. र श्री बैगुन्धुरा इङलिस स्कुल त्यसैगरी, माहाभारा गा.वि.स.मा पर्ने श्री बालकल्याणउ.मा.वि. र श्री जनकल्याण नि.मा.वि. का कक्षा सातमा अध्ययनरत ६० जना सतारभाषी विद्यार्थीहरूले नेपाली वाक्यगठनका लिङग, वचन, पुरुष र आदरमा गर्ने त्रुटिहरूमा मात्र सीमित रहेर तयार पारिएको छ ।पूर्ण रूपमा क्षेत्रीय सामग्री सङकलन विधि र आंशिक रूपमा पुस्तकालयीय विधिमा आधारित रहेर तयार पारिएको प्रस्तुत शोधपत्र निम्न पाँच अध्यायमा प्रबन्धन गरिएको छ :
अध्याय :एक
शोधपरिचय शीर्षकको यस अध्यायमा शोधशीर्षक, शोधको प्रयोजन, समस्याकथन, शोधकार्यको उददेश्यहरू, पूर्वकार्यको समीक्षा, अध्ययनको औचित्य, शोधकार्यको सीमा, शोधविधि र शोधपत्रको रूपरेखामा आधारित भई अध्ययन विश्लेषण गरिएको छ ।
अध्याय : दुई
त्रुटि विश्लेषण मूल शीर्षक रहेको यस अध्यायमा त्रुटि विश्लेषणको सद्धान्तिक पृष्ठभूमि, त्रुटिको वर्गीकरण,भाषाकोटिका आधारमा, स्रोतका आधारमा र गम्भीरताका आधारमा आधारित भई अध्ययन विश्लेषण गरिएको छ ।
अध्याय : तीन
सङगतिका आधारमा नेपाली र सतार भाषाका वाक्यगठनको व्यतिरेकी अध्ययन मूल शीर्षक रहेको यस अध्यायमा व्यतिरेकी अध्ययन, लिङगका आधारमा नेपाली भाषा र सतार भाषाको वाक्यगठन, वचनकाआधारमा नेपाली भाषा र सतार भाषाको वाक्यगठन, पुरुषका आधारमा नेपाली भाषा र सतार भाषाकावाक्यगठन, आदरका दृष्टिले नेपाली भाषा र सतार भाषाको वाक्यगठन र सारांशका आधारमा आधारितभई अध्ययन विश्लेषण गरिएको छ ।
अध्याय :चार
सबैभन्दा महत्वपूर्ण अध्यायको रूपमा रहेको यस अध्यायमा वाक्यगठनसम्बन्धी समग्र त्रुटिहरूका व्याख्या तथा विश्लेषण भित्र परिचय, लिङगगत त्रुटि, वचनगत त्रुटि, पुरुषगत त्रुटि, आदरगत त्रुटि,समग्रमा वाक्यगठनगत त्रुटिको तथ्याङकीय विश्लेषण, लिङगका विभिन्न पक्षमा देखिएका त्रुटिहरूका तथ्याङकीय विश्लेषण,वचनका विभिन्न पक्षमा देखिएका त्रुटिहरूको तथ्याङकीय विश्लेषण र प्रश्नका आधारमा वाक्यगठनगत त्रुटिहरूको तथ्याङकीय विश्लेषणमा आधारित भई विस्तृत अध्ययन विश्लेषण गरिएको छ ।
अध्याय :पाँच
यस अध्यायमा सम्पूर्ण अध्ययनको निष्कर्ष र सुझावहरूका साथै थप अध्ययनको आवश्यकता एवम शैक्षिक प्रयोजन उल्लेख गरिएको छ ।