सुर्खेत जिल्लाका कक्षा दसमा अध्ययनरत विद्यार्थीहरूको बुदाटिपोट र सारांश लेखन क्षमता{Surkhet Jillaka Kaksha Dasma Adhyayanrat Bidhyarthiharuko Budatipot ra Saramsh Lekhan Kshamata}

dc.contributor.authorराना मगर Rana Magar, कुमार Kumar
dc.date.accessioned2022-06-02T07:38:43Z
dc.date.available2022-06-02T07:38:43Z
dc.date.issued2018
dc.description.abstractप्रस्तुत शोधको शीर्षक ‘सुर्खेत जिल्लाका कक्षा दसमा अध्ययनरत विद्यार्थीहरूकोबुँदाटिपोट र सारांश लेखन क्षमता’रहेको छ । यसमा सुर्खेत जिल्लाका कक्षा दसमा अध्ययनरत विद्यार्थीहरूको बुँदाटिपोट र सारांश लेखन क्षमता पत्ता लगाउनु,विद्यालय प्रकृतिका आधारमा विद्यार्थीहरूको बुँदाटिपोट र सारांश लेखन क्षमताको तुलनात्मक अवस्था पत्ता लगाउनु, लैङ्गिकताका आधारमा विद्यार्थीहरूको बुँदाटिपोट र सारांश लेखन क्षमताको तुलनात्मक अध्ययन जस्ता उद्देश्यहरू रहेका छन् । प्रस्तुत शोधप्रक्रिया शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको पाठ्यांश नेपा. शि. ५४४ को प्रयोजनका लागि प्रस्तुत गरिएको छ । प्रस्तुत शोध कार्यलाई सम्पन्न गर्नका लागि मूलभूत रूपमा सर्वेक्षण विधिको उपयोग गरिएको छ । यस अध्ययनलाई वैज्ञानिक ढङ्गले व्यवस्थित रूपमा अघि बढाई लक्षित उद्देश्य हासिल गर्नका लागि सर्वेक्षण विधि अपनाइएको छ । यस अध्ययनमा लैङ्गिकताका आधारमा ५०÷५० छात्र र छात्राहरू र सामुदायिक ५ वटा र संस्थागत ५ वटा विद्यालयबाट ५०÷५० जना विद्यार्थीहरू गरी जम्मा १०० जना छनोट गरिएको छ । सुर्खेत जिल्लाका कक्षा दसमा अध्ययनरत विद्यार्थीहरूको बुँदाटिपोट र सारांश लेखन क्षमताको अध्ययनको निष्कर्ष निम्नलिखित निकालिएको छ ः १सुर्खेत जिल्लाका कक्षा दसमा अध्ययनरत विद्यार्थीहरूको बुँदाटिपोट र सारांश लेखन क्षमताको अध्ययनलाई समग्रमा हेर्दा सारांश लेखनमा भन्दा बुँदाटिपोटमा विद्यार्थीहरू राम्रो रहेको देखिन्छ । २ विद्यालय प्रकृतिका आधारमा हेर्दात्यसै गरी बुँदाटिपोटमा सामुदायिक विद्यालयका विद्यार्थीहरू संस्थागत विद्यालयका विद्यार्थीहरूभन्दा राम्रो रहेको देखिन्छ भने सारांश लेखनमा सामुदायिक विद्यालयका विद्यार्थीहरूभन्दा संस्थागत विद्यालयका विद्यार्थीहरू राम्रो रहेको देखिन्छ । ३ लैङ्गिकताका आधारमा बुँदाटिपोटमा छात्र र छात्राबराबर रहेको देखिन्छ र सारांश लेखन क्षमतामा छात्रभन्दा छात्रा विद्यार्थीहरू राम्रो रहेको देखिन्छ । ४ बुँदाटिपोटमाभन्दा सारांश लेखनमा विद्यार्थीहरू कमजोर भएकाले लेखाइ सिपलाई विकास गराउनका लागि सारांश लेखनमा अभ्यास गराउनु पर्दछ । ५ यसरी सम्पूर्ण आधारलाई केलाएर हेर्दा सुर्खेत जिल्लाका कक्षा दसमा अध्ययनरत विद्यार्थीहरूको बुँदाटिपोट र सारांश लेखन क्षमतामा एकरूपता देखिदैन । तर पनि विद्यार्थीहरूको स्तर फरक भए तापनि सबै विद्यार्थीहरू उत्तीर्ण भएकाले बुँदाटिपोट र सारांश लेखनमा विद्यार्थीहरू सन्तोषजनक भएको देखिन्छ । ६ सामुदायिक विद्यालयका विद्यार्थीहरूमा धेरै जसोमा भाषिक शुद्धता नभएको पाइयो, यसमा विषय शिक्षक तथा तल्लो स्तरको कक्षादेखि नै सामुदायिक स्तरको विद्यालयहरूमा एउटा दक्ष, अनुभवी, विज्ञ र तालिम प्राप्त शिक्षकको अभाव रहेको अनुभव अनुसन्धानबाट देखिन्छ । ७ यसरी हेर्दा कक्षा दसमा पढ्ने विद्यार्थीहरूको बुँदाटिपोट र सारांश लेखन क्षमतामा संस्थागतभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरूको लेखाइ सिपमा विकास गर्ने, वर्णविन्यास, शुद्धाशुद्धिमा पनि त्यतिकै ध्यान दिनुपर्ने देखिन्छ । ८ यसरी सबै तुलनात्मक आधार व्याख्या विश्लेषण गरेर हेर्दा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको स्थिति मध्यम खालको रहेको देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10705
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा सङ्कायen_US
dc.subjectलैङ्गिकताen_US
dc.subjectसारांश लेखन क्षमताen_US
dc.titleसुर्खेत जिल्लाका कक्षा दसमा अध्ययनरत विद्यार्थीहरूको बुदाटिपोट र सारांश लेखन क्षमता{Surkhet Jillaka Kaksha Dasma Adhyayanrat Bidhyarthiharuko Budatipot ra Saramsh Lekhan Kshamata}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.docx
Size:
41.67 KB
Format:
Microsoft Word XML
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.docx
Size:
324.49 KB
Format:
Microsoft Word XML
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: