पागल-बस्ती उपन्यासमा भाषिक विचलन एक अध्ययन {Pagal-basti upanyasma bhashik bichalan ek adhyayan}

dc.contributor.advisorभानुभक्त गुरुङ्ग (Bhanubhakta Gurung)
dc.contributor.authorसिंह, संजीव कुमार (Singh, Sanjeev Kumar)
dc.date.accessioned2026-02-27T05:21:35Z
dc.date.available2026-02-27T05:21:35Z
dc.date.issued2013
dc.description.abstractशोधशीर्षक — पागल—बस्ती उपन्यासमा भाषिक विचलन एक अध्ययन शोधकर्ता — संजीवकुमार सिंह शोधनिर्देशक — भानुभक्त गुरुङ विभाग÷क्याम्पस — सिन्धुली बहुमुखी क्याम्पस, नेपाली भाषा शिक्षा विभाग सिन्धुली शैक्षिक वर्ष — २०६४÷०६६ पृष्ठ सङ्ख्या — ११¸४३¸२ शोधको प्रक्रिया : प्रस्तुत शोधपत्र त्रि.वि. शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभाग अन्तर्गत नेपा.शि. ५९८ पाठयाँशको प्रयोजनका लागि तयार पारिएको हो । यस शोधपत्रमा पागलबस्ती उपन्यासमा देखा परेका विभिन्न भाषिक विचलनलाई सूक्ष्म रुपले केलाइएको छ । विचलन के हो ? भन्ने सन्दर्भमा चलनचल्तीबाट, मानकबाट, नमुनाबाट हट्नु नै विचलन भनेका छन् । विचलन विभिन्न प्रकारका भएतापनि यस शोधपत्रमा व्याकरणिक विचलन, कोशीय विचलन र अर्थतात्विक विचलनबाट मात्र पागल बस्ती उपन्यासलाई हेरिएको छ । विश्वमा अस्तित्वमा रहेका सम्पूर्ण भाषाहरुको आ—आफ्नै भाषिक व्यवस्था हुने गर्दछ । त्यस भाषालाई व्यवस्थित गर्ने यस्ता नियम वा व्यवस्थालाई व्याकरणिक व्यवस्था भनिन्छ र स्रष्टाले अभिव्यक्तिको क्रममा व्याकरणिक व्यवस्थालाई अर्थात लिङ्ग, वचन ,पुरुष, काल, पदक्रम, वाक्य आदि एकाइहरुमा अतिक्रमण गर्दछ भने त्यसलाई व्याकरणिक विचलन भनिन्छ । यस शोधपत्रको चौथो अध्यायमा कोशीय विचलनलाई पनि प्रस्तुत गरिएको छ । कोशमा प्रयुक्त शब्दबाट मात्र स्रष्टाले भाषिक अभिव्यक्ति प्रकटगर्न नसकेमा स्रष्टाले नयाँ शब्दको निर्माण गर्दछ वा पुरानै शब्दलाई नयाँ रुप दिएर प्रयोग गर्दछन् भने त्यसलाई कोशीय विचलन भनिन्छ । यस परिच्छेदमा रौसी, मरो, त्यौहार जस्ता कोशीय विचलनहरु खोजेर राखिएका छन् । यस शोधपत्रको पाँचौ अध्यायमा अर्थतात्विक विचलनलाई प्रस्तुत गरिएको छ । भाषिक अभिव्यक्तिको क्रममा अभिधामूलक अर्थ नआएर अन्य विशिष्ट वा व्यञ्जित अर्थ आउनु अर्थतात्विक विचलन हुन्छ । यस अध्यायमा म्याराथन दूरी छिचोलेको छु , हत्केलामा मुटु राखेर शरीरमा एउटा न्यानो गाउन सिउरेर जस्ता अर्थतात्विक विचलनहरु रहेका छन् । विचलनले साहित्यिक कृतिलाई पृथक, उत्कृष्ट साथै जीवन्त बनाउँछ यो कुनै अर्थहिन भने हुँदैन । शोधको प्रयोजन ः प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय नेपाली शिक्षा विभागअन्र्तगत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश नेपा.शि ५९८ को पूरक प्रयोजनको उद्देश्यले यो शोधपत्र प्रस्तुत गरिएको छ । समस्या कथन ः प्रस्तुत पागल–बस्ती उपन्यास आधुनिक नेपाली औपन्यासिक क्षेत्रमा देखिएका सुप्रसिद्ध प्रगतिशील उपन्यासकार सरुभक्तद्वारा लिखित उत्कृष्ट उपन्यास हो । बहुमुखी साहित्यका धनी सरुभक्तले नेपाली साहित्यका नाटक, उपन्यासजस्ता विविध विधामा कलम चलाए पनि प्रगतिशील विचारधाराले ओतप्रोत भएको उपन्यास हो पागल–बस्ती । नेपाली उपन्यासको फाँटमा प्रगतिशील कथावस्तु बोकेर आएको यस पागल–बस्ती उपन्यासमा प्रयोग गरिएको भाषिक विचलनको अध्ययन विश्लेषण र मूल्याङ्कन गर्नु यस शोधपत्रको प्रमुख समस्या रहेको छ । जसलाई निम्न बुँदाहरूमा देखाउन सकिन्छ । १ पागल–बस्ती उपन्यासमा के–कस्ता व्याकरणिक विचलन भएका छन् ? २ पागल–बस्ती उपन्यासमा के–कस्ता कोशीय विचलन भएका छन् ? ३ पागल–बस्ती उपन्यासमा के–कस्ता अर्थतात्विक विचलन भएका छन् ? शोधको उद्देश्य ः शोध समस्यामा आधारित रहेको उपन्यासकार सरुभक्तद्वारा लिखित यस पागल–बस्ती उपन्यासको भाषिक विचलनको अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य रहने छ । जसलाई निम्नलिखित बुँदामा प्रस्तुत गरिन्छ ः क) पागल–बस्ती उपन्यासमा प्रयुक्त व्याकरणिक विचलनको विश्लेषण गर्नु ? ख) पागल–बस्ती उपन्यासमा प्रयुक्त कोशीय विचलनको विश्लेषण गर्नु ? ग) पागल–बस्ती उपन्यासलाई प्रयुक्त अर्थतावित्वक विचलनको विश्लेषण गर्नु ? अध्ययनको सीमाङ्कन ः प्रस्तुत शोधकार्य पागल–बस्ती उपन्यासमा प्रयुक्त भाषाशैलीअन्तर्गत भाषिक विचलनको मात्र अध्ययन गरिएको छ । जसलाई बुँदागत रूपमा यसरी प्रस्तुत गरिएको छ ः क) यस शोधपत्रमा पागल–बस्ती उपन्यासको व्याकरणिक विचलननको अध्ययन गरिएको छ । ख) यस शोधपत्रमा पागल–बस्ती उपन्यासको कोशीय विचलनको अध्ययन गरिएको छ । ग) यस शोधपत्रमा पागल–बस्ती उपन्यासको अर्थतात्विक विचलनको अध्ययन गरिएका छ । शोधपत्रको रूपरेखा यस शोधपत्रलाई ६ अध्यायमा विभाजन गरिएको छ । ती अध्यायहरूलाई विभिन्न शीर्षक–उपशीर्षकहरूमा छुट्याइएको छ । शोधपत्रको अन्तिम रूपरेखा निम्नानुसार रहेको छ ः १. पहिलो अध्यायः शोधको परिचय २. दोस्रो अध्यायः शैली विज्ञानको परिचय ३. तेस्रो अध्यायः पागल–बस्ती उपन्यासको ब्याकरणिक विचलनको अध्ययन ४. चौथो अध्यायः पागल–बस्ती उपन्यासको कोशीय विचलनको अध्ययन ५. पाँचौँ अध्यायः पागल–बस्ती उपन्यासको अर्थतात्विक विचलनको अध्ययन ६. छैठाँै अध्यायः निष्कर्ष (अ) सन्दर्भसूचि
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25750
dc.language.isone
dc.subjectउपन्यास (Upanyas)
dc.subjectभाषिक विचलन (Bhashik bichalan)
dc.titleपागल-बस्ती उपन्यासमा भाषिक विचलन एक अध्ययन {Pagal-basti upanyasma bhashik bichalan ek adhyayan}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
fulltext.pdf
Size:
305.6 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: